साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पृथ्वीलाई चिठी

Nepal Telecom ad

१  height=
हे पृथ्वी ! जनता निरीह विचरा भेडा र बाख्रा बन्यौँ
स्वार्थी, नीतिविहीन, दुष्ट, कपटी, निर्लज्ज नेता चुन्यौँ {{read_more}}
तिम्रो देश अखण्ड निर्मल थियो बेचेर खायौँ सब
बुद्धि भ्रष्ट भयो, र्पयौँ शरणमा सद्बुद्धि देऊ अब
२ 
औँलो त्यो ठडिई खुला सडकमा भन्दैछ आफू चिन
पाखण्डी, पटमूर्ख, नीचमतिका मान्छे बनेका किन ?
तिम्रा दिव्य विचार भारसरिका ठानेर फाल्यौँ सबै
बन्दै व्यर्थ विवेकहीन बबुरा विश्वास बाल्यौँ सबै
३ 
नेता नित्य बिकाउमा र जनता छन् खालका दाउमा
पैसा मात्र भए पुग्यो ऋतुपिछे बिक्छन् नयाँ भाउमा
तिम्रो लक्ष्य थियो स्वदेश हितमा उक्साउने जाँगर
हामी मानिस रूप बाँदर बनी भत्काउँदैछौँ घर
४ 
सानो चित्त भयो र मानसिकता सारै भयो सीमित
साँच्चै नै मनका दरिद्र गनियौँ क्यै छैन हामीसित !
गर्थ्यौ देश विकास, सीप र कला उत्थान गर्ने कुरा
आफैँ जाल बुनेर जेलिन पुग्यौँ हामी बनी माकुरा !
५ 
“सानो दुख्ख गरेर आर्जित भने नेपाल यो होइन
सारासाथ सचेतता यदि भए“( भन्थ्यौ तिमीले किन ?
हामी छौँ असमर्थ आज गतिलो अर्ती सकेनौँ लिन
साँच्चै नै गतिहीन दीन नभए भोग्थ्यौँ र यो दुर्दिन ?
६ 
भन्थ्यौ घूस लिने(दिनेकन दुवै हुन् राष्ट्रघाती जन
हामी इज्जतसाथ बस्नु कसरी घूसै नखाईकन ?
हाम्रो राष्ट्रिय लक्ष्य एक अहिले खाऊँ, कमाऊँ अनि
थुप्य्राऊँ जसरी भए पनि धनै बेचेर देशै पनि
७ 
भन्थ्यौ – देश तरूल रूपसरि हो, ढुङ्गा दुईबीचको
त्यो संवेदनशीलता जुन थियो दुष्कार्यले मेटियो
तिम्रा ती उपदेश सार्थक थिए पोलेर खायौँ सबै
मानौँ आज मसानघाट लगियौँ हामी बिरामी नभै !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x