साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खर्क

Nepal Telecom ad

भेडीगोठको कुकुरले स्याललाई स्याल भनेर कहिल्यै चिन्न सकेन । टाढाटाढा दचक मात्र पाउँदा त नाइटो खुस्किने गरी कराउँथ्यो । {{read_more}} जब उसको  height=नजिक पर्थ्यो, लजावन्तीको मुण्टा बन्थ्यो ऊ ।

भेडाहरू आक्रोशित थिए कुकुरदेखि । आफुआफू कुरा गर्थे “यो कुकुरले हाम्रो रख्खे गर्ला भनेर के सोच्नुँ, भुक्नसम्मको मात्र हो यो । हैन भने कस्तो बिर्सेको हँ स्यालको करामत ! हाम्रा बाजेकै पालादेखी चैनले बस्न दिएको छ र हाम्लाई !” यो कुरो कुकुरलाई भन्ने हिम्मत भने कसैको थिएन ।

एक दिन मूली नभएको मौका छोपेर भेडाहरू एकान्तमा बैठक बसे । स्यालसंगको व्यवहार मन नपरेको कुरा मूली मार्फत् कुकुरसमक्ष पेश गर्ने निर्णय गरे । र त्यसै अनुसार गरे ।

आफ्ना मतियार भेडाको असन्तुष्टि र गुनासो सुनेपछि मूलीको पनि घैंटामा घाम लाग्यो ।

भेडाहरू खर्कमा चर्दै थिए । एकछिन् अघिसम्म भुकेको कुकुर ठप्पै रोकियो । यही मौका छोपेर मूलीले कुकुरलाई एकान्तमा बोलायो र भेडाको जमातको तर्फबाट गुनासो राख्यो ।

निकै बेर सुनिसकेपछि कुकुरले मूलीलाई शान गरेर उसको टाउको नजिकै तान्यो र कानमा फुस्फुसायो–

“मैले पनि त यही खर्कमा बाँच्नु पर्छ नि ठूला !”

२०७५ बैशाख २९
कौसलटार, भक्तपुर ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x