साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्यार्थी अपहरण अभियान

Nepal Telecom ad

हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा– भन्ने नाराका साथ दारा देखाएर बिद्यार्थी भर्ना अभियान तपाई हाम्रो घर दैलोमा टेकिसक्यो {{read_more}} तर मुतिसक्यो दैलो देख्यो भन्ने उखानको अर्को रुप यहाँ खोज्नु पर्दैन होला । मलाई त यो भर्ना अभियान अभियानमा सिमित रहेर अभिनय बन्छ कि जस्तो पो लागिरहेको छ त गाँठे । कारण धुमधडाकसँग विद्यार्थीलाई पन्चै बाजा बजाएर, टिका र माला लगाएर विद्यालयमा भर्ना गरे पनि के भो र हाम्रा माड्सापका पुरानै ढर्राले विद्यार्थीको पढाईमा छर्रा हालेको पक्कै हो । अझ निजी विद्यालयले यो नारालाई कुल्चेर विद्यार्थी अपहरण अभियान पो चलाएका रहेछन् । वाह, राज्यको नीति बिरुद्धका निजी विद्यालयको गज्जबको महानता अझ निजी विद्यालयका संचालक नै गाउँपालिका र नगरपालिकाका महामहिम बनिदिएपछि यो अपहरण अभियान निजी विद्यालयले टेवा दिइरहेको छ । 

हिजो मेरो श्रीमानले मेरा तीन जना छोरा छोरीलाई सरकारी विद्यालयमै भर्ना गर्छु भनेर बाहिर निस्कनु भएको थियो तर बेलुका आउँदा सदरमुकामको यौटा निजी विद्यालयमा भर्ना पो गरेर आउनु भएछ । अनि उहाँलाई किन यस्तो गर्नु भएको हो भनेर प्रश्नको बर्षा गर्दा उहाँले भन्नु भयो– फलाने बोर्डिङमा ३ जना बिद्यार्थी लगेमा १ जना सित्तैमा पढाउन पाइने रहेछ, तर अहिले बच्चा भर्ना गरेको बोर्डिङमा चाहिँ ३ बच्चा भएमा २ जना लाई सित्तैमा पढाउने रे, २ जना बच्चा मात्र लगे पनि १ जना बच्चालाई सित्तैमा पढाउने रे, अनि हाम्रा ३ मा २ जना सित्तैमा पढ्न पाउने भएपछि मैले त बोर्डिङमा हाल्दिए है बच्चालाई …. । वाह, बच्चा त बीच बाटो बाटै अपहरणमा परेछन् । यो अपहरण निजीले गर्न कत्ति सिपालु है ? तपाईले ख्याल गर्नु भएकै होला, एक बोर्डिङ पढ्न गएको विद्यार्थी अर्को बोर्डिङका संचालकले नाना भाँतिका कुरा गरेर आफ्नोमा तानेर लैजाने र अपहरण शैली मच्चाउने तरिका पनि यही भर्ना अभियानको बेला चल्ने गर्दछ । निजी विद्यालयले बार्षिकोत्सवमा यति जना नयाँ विद्यार्थी भर्ना भए भनेको सुन्ने हो भने म मोरीको बुझाईमा यति जना विद्यार्थी अपहरण गरिएर भर्ना भए भन्ने पो बुझ्छु त मैले । अनि सरकारी विद्यालयको बार्षिकोत्सवमा यति जना विद्यार्थी यो साल घटेभन्दा यति जना विद्यार्थी अपहरणमा परेर निजीले खुइँक्याएछन् भने बुझ्छु, के मेरो बुझाई गलत नै हो त ?

बाबुनानीलाई राम्ररी सिकाउने, बिकाउने र श्रम बजारमा टिकाउने जनशक्ति निर्माण मेरो मुलुकमा भएको छैन । नत्र भने किन विदेशमा हाम्रा विद्यार्थी पढ्न जान्थे हँ ? अझ सस्तो प्रतिस्पर्धामा उत्रेर निजी विद्यालयले नयाँ विद्यार्थीलाई पोषाक सित्तैमा दिने अभियान चलाएको पाइन्छ । सरस्वती पूजाको दिनदेखि अक्षरारम्भको च्याँखे थापेर बाबुनानीलाई भर्ना अभियान अगावै अपहरणकारी शैली अग्रिम बुकिङ गरेर पढाई रहेको पाइन्छ यहाँ । यसरी सस्तो र तल्लो निच प्रतिस्पर्धामा होमिने निजी विद्यालयलाई कारबाही गर्ने कस्ले ? आखिर गाउँपालिकाका वा नगरपालिकाका प्रमुख, उप प्रमुख वा कुनै न कुनै सदस्य नै निजी विद्यालयका संचालक छन् । अझ उता सरकारी विद्यालयमा पनि ढिस्काना पार्टीका जिल्ला सचिव नै संचालक बनेका पनि छन् । ती जिल्ला सचिवले व्यबस्थापन गरेको सरकारी विद्यालय पक्कै राम्रो हुनु पर्ने हो नि हैन र ? किनकी मेरो अनुमानमा ति जिल्लास्तरका नेता त पछि संसद बनेर देश बिकासको खाका कोर्ने हुन् । आखिर गाउँको जाबो स्कुलको खाका कोर्न नसक्नेले देशको नाका के कोर्न सक्लान् है ? 

यसरी विद्यालयमा राजनीतिको नाउँमा लाजनीतिलाई प्रश्रय दिएर सरकारी विद्यालयका विद्यार्थीलाई निजीमा भाग्न बाध्य बनाउने अनि निजीलाई अपहरण गर्न सिकाउने पक्षको पनि राम्रै लेखा जोखा राख्ने चित्रगुप्त कहाँ होलान् र खै ? अझ आफ्ना बाबुनानी निजीमा पढाएर सरकारी विद्यालयको बिद्यार्थी भर्ना अभियानमा सरिक हुने बडा माड्सापको चर्तिकला पनि हेर्न लायकको हुन्छ । अझ बिहान भर क्याम्पसमा पढाएर थाकेर आएका राजनीतिक कार्यकर्ताहरू सरकारी विद्यालयको कुर्सीमा १० बजे देखि ४ बजेसम्म बुढो साँढे थाकेको झैं लत्रङ्ग परेर झुलेर थकाई मार्न पुगेको बेला हाम्रा नयाँ भर्ना भएका बाबु नानीले ति माड्साप बाट के पढ्ने हँ ? झन् ४ बज्न नपाई ट्युसन पढाउन निस्कने र ४ बजे भित्रै विद्यालय हातामै ट्युसन पढाएर विद्याभन्दा लक्ष्मी ठूलो भन्ने निबन्धको व्यवहारिक प्रयोग यी महामहिम ठूलाठालु माड्सापबाट भएको पाईन्छ । कतै तपाईले बाबुनानी भर्ना गर्ने सरकारी बिद्यालयमा यस्ता प्रबृत्ति भएका मानिसका चंगुल त छैन ? एक पटक सोच्ने कि ? तर सरकारी विद्यालयमा विद्यार्थी भर्ना अभियानमा सहभागी हुनुस् है नकि अपहरण अभियानमा हैन । तारेमाम् ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x