साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुम्भ मेला

Nepal Telecom ad

आज साहित्यको कुम्भ मेला थियो
दीप नै लाख पर्ने बलेको थियो
ब्ल्याक लेभल् त खोलो बगेको थियो
शव्द बेपार राम्रै जमेको थियो ।

को कता को कता खूब चर्चा थियो
झुण्डपिच्छे कुनै एक झण्डा थियो
धेर यात्री थिए एक पण्डा थियो
भाउ मिल्ने कुरा मात्र चन्दा थियो ।

शव्दका पारखी भावका पारखी
मानका पौरखी हाटका पौरखी
मूल्यको मान्यता खूब चल्दै थियो
साँच्चिकै लेखनी चाहिं गल्दै थियो ।

भोजको मोजमा मातको खोजमा
बात बल्दै थियो हात मल्दै थियो
नोटको सामु साहित्य मर्दै थियो
शीत भै व्योमको आँसु झर्दै थियो ।

आज साहित्यको कुम्भ मेला थियो । 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x