साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखाको तिरिमिरीमा, बाबुछोराको संवाद

Nepal Telecom ad

अचेल आँखा तिरमिराउन थालेको छ । नेपाल नयाँ भएर तिरमिराएको हो कि आँखा पुरानो भएर ? पत्ता लगाउन झनै कठिन भएको छ । साउन महिनामा दुईपटक आँखा तिरमिरायो र कान धर्मरायो । पहिलो पटक साउनको अन्तिम सातातिर– एउटा भव्य दरवारको पटाङ्गिनीमा दुई महापुरुषहरू देखिए । एकजना सफेद कालो टोपि, दौरासुरुवाल र कोटमा थिए भने अर्का चाहिँ नयाँ दिल्लीको संसदभवनमा देखिने पोसाकमा । ती महानुभाव कसरी नेपालमा आइपुगे होला ? कि कुनै विशेष भ्रमण परे छ कि वा ती नेपाली पोसाकमा महानुभावको कार्यक्रममा सहभागी हुन आएका होलान् भनेर सोच्दै के थिएँ उनै पो शपथ खान तम्सिए । आँखा जोडले तिर्मिरायो । आँखा त तिर्मिरायो सही कानले के ले भेटेको हो कुनी कान पनि धर्मरायो । ती खाँटी नेपाली हाम्रै भाषामा बोल्दै थिए तर उनी पछि पछि पढ्ने ती विदेशीजस्ता लाग्ने व्यक्ति जर्वजस्ती हिन्दीमा कन्न थाले । अब भने कान र आँखा दुबै गुमराहमा परे । को हुन् ती ? न नेपाली बोल्छन् न त हिन्दीकै शुद्ध उच्चारण ?
मेरो मनको सङ्कटलाई सानो छोराले नियालेको रहेछ उसले फ्याट्ट भन्यो– नो कन्फ्युजन बाबा, ती मानिस आधा यताका हुन् आधा उताका । त्यसैले ती रिमीक्स पर्सन हुन् । रिमिक्स पर्सनको रिमिक्स भर्सन के अनौठो भयो त ? आँखा तिर्मिराउने रोगले फेरि आक्रमण ग¥यो । स्थान त्यही, एकजना खाँटी नेपाली अनुहार, अर्को मेरो छोराको शब्दमा रिमिक्स पर्सन, सामुन्ने अर्का व्यक्ति देखिए, दुम्सीकाँडे जुँगा चिटिक्क परेका सर्टपाइन्ट कोट अनि टाई झट्ट हेर्दा पश्चिमी देशका मानिसजस्तो तर अनुहार भने नेपालीजस्तो, टाउकामा भादगाउँले टोपी पनि देखिएपछि मैले छोरालाई सोधें– बाबु, यी मानिस लामो समय नेपालमा बसेर यतैको बेशभूषामा रमाउन थालेका विदेशी हुन् कि को हो ? यीनलाई कसैले सम्मान गरेर टोपी पो लगाइदिएका हुन् कि ? कि यी मलेशिया तथा फिलिपिन्सतिरका मानिस हुन् ? त्यताकाले पनि यस्तै गरी टोपी लगाउँछन् क्यारे, तर लबाइको तरिका त नेपालीजस्तो छ ।’ मैले सोधें ।
“बाबा ! तपाईं पनि किन हतारिनुभएको ? यो त हामीले गाइजात्रा देखाउँदा लगाउने गरेको कपडाजस्तो पो छ त, पोहोर साल दादाले हाफपेन्ट, शर्ट, टाई र कोटमा भादगाउँले टोपी लगाएर प्रर्दशन गर्नुभएको होइन ? तर यो मान्छेले चाहि“ फुल पाइन्ट लगाएको छ र कपडाहरू सफा छन् । सायद त्यहाँ पनि गाइजात्राको तयारी हुँदै छ क्यारे ।” छोरो पनि निकै कन्फ्युज भएर बोल्यो । हेर्दा हेर्दै त्यहाँ त पहिलेको जस्तै दृश्य देखियो । ती खाँटी नेपाली एकातिर उभिए अर्कातिर ती गाईजात्रे पोसाकका मानिस । नेपालीले कागज पढे अर्का गाइजात्रेले त्यही कुरा दोहो¥याए । पहिलेकोले ठस ठस कन्दै हिन्दी बोलेका थिए तर यसपटकका ती महानुभावले नेपाली नै बोले । मात्र एक शब्दचाहिँ पढाउनेको भन्दा फरक सुनियो । मेरा आँखा फेरि तिर्मिराए र कान फेरि थर्थरायो । के हुँदै छ त्यहाँ ? “ती भादगाउँले टोपी लगाएका मानिस त खाँटी नेपाली पोसाक लगाएकाको तुलनामा लिलिपुट जस्ता पो देखिए ।” मेरो छोराको मुखबाट भाषण निस्क्यो ।
“अँ ठीक भनिस्, संसार मै अद्वितीय मानिएको पोसाक लगाएर पनि कहीँ विकास हुन्छ ? यो त पुराना मानिसले पो लगाउने भनेपछि यो टाई र सर्टपाइन्ट चाहिँ मौेलिक प¥यो क्यारे । भन् त छोरा ! यी मान्छेको कार्यालय पनि सिंहदरबारमा हुँदैन होला हकि ? त्यो त पुरानै ठाउँ भइगो नि ।” म त फुच्चे छोरासँग पो खुसखुस गर्न थालेछु । ऊ खितिती हाँस्दै बोल्यो– बाबा अब त सि“हदरबार पनि हाम्रो बोर्डिङ स्कुलजस्तै भयो हकि ?

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x