साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सावधान जहाज डुब्दैछ(२)

Nepal Telecom ad

(मुसाहरूको भनाइ)

हामी मुसाहरू
आफूखुशी यहाँ आएनौं
चामलका बोराहरू सँगै
जहाजभित्र थन्क्याइएछौं
कसैले बोकेर ल्याएछ
किन ल्याुो हामी जान्दैनौं
यत्ति जान्दछौं हामी यहाँ छौं ।
जोखिन्थ्यौं हामी चामल सँगै
बस्थ्यौं हामी चामल सँगै
सायद जन्मेका थियौं
चामलकै बोराभित्र
बिना कुनै परिश्रम
चामल खाँदै
चामलमै बाँच्नका लागि ।
आँखै त हो
मोहनी लगाइदिन्छ
यै आँखाले गरेर
महाभारत पनि सिर्जिन्छ
हाम्रा निरीह आँखा देखेर
करुण भएका माझीहरू
बुद्ध बन्न खोज्दा बुद्धू भए।
मूर्ख नाविकहरूले
हामीमाथि दया गरे
हाम्रा पेट मीठा मीठा
रोटीहरूले टन्न भरे
उनीहरूकै साना साना
नानीलाई जस्तै
हामीलाई पनि मायाँ गरे।
तर हामीलाई
आज मात्र खाएर पुग्दैन
भोलि पनि खानका लागि
आजै व्यवस्था नगरे
चोरेरै पनि सञ्चय नगरे
यी मान्छेहरूको
के भरोसा गर्न सकिन्छ र?
सञ्चय गर्नु पर्छ
भोलि र झन् भोलिका लागि
हामीहरूले आफ्नै लागि
छोरा नाति पनातिहरू
जनाति र खनातिका लागि
नत्र हामी जन्मनुको
सार के मात्र हुन्छ र ।
मूर्ख छन् नाविकहरू
एक टुक्रा रोटी दिएर
हामीलाई किनेझैं ठान्छन्
तर हामी मुसा हौं
बाँच्छौं आफ्नै चतुराइले
आफ्नै बल र पौरुषले ।
हाम्रो बुद्धिमा
डाह गर्ने कसको अधिकार
हामीसँग रिसाएर
भाला हान्नेलाई धिक्कार
किन बुझ्दैनन् तिनीहरू
भालाले पनि जहाज नै छेडिन्छ
आगाले पनि जहाजै डढ्छ ।
तिनीहरू भोकाएमा
खान नपाएर मर्न लागेमा
हामीले पनि दया मानेर
हाम्रा सञ्चित
अन्न र फलका भण्डारबाट
केही दान दिन्थ्यौं होला
मूर्खहरूले किन आगो लगाए ।
अब वार्ता हुनै सक्तैन
जो भएको हामीले खानु पर्छ
खरानी हुनुभन्दा पहिले
जहाज डुब्नुभन्दा पहिले
मोज गरिहाल्नु पर्छ
अनि त मरिहाल्नु पर्छ
सावधान ! जहाज डुब्दैछ ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x