साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रैजात्रा !

Nepal Telecom ad

जात्रै– जात्रा सबतिर हुँदा गाईजात्रा हरायो
त्यो जात्राले स्तुतिमय कुरा लेख्नुपर्ने गरायो
नेता, मन्त्री, दलहरू सबै भाग्यका छन् विधाता
जस्का छायामुनि गइ बसे बन्छ रे ! विश्वज्ञाता ।

नेता राम्रा असल गुणले शोभिएका चटक्क
कुर्सी हेरी पद यदि मिले बस्दछन् क्या थपक्क
गर्छन् मीठा फलसरि कुरा विश्व हाँक्ने विशाल
सानो मात्रै त्रुटि हुनगए बाल्न सक्छन् मशाल ।

सेवा गर्छन् हरदिन खटी माफिया– खूफियाको
पाए खान्छन् छल–कपटले नोट त्यो रूपियाँको
बस्छन् ज्यादा ‘मिटिङ’तिर ती धाइ–धाई ‘रिसोर्ट’
वार्ता गर्छन् तर पनि कुनै ल्याउँदैनन् निचोड ।

बोली फेर्छन् प्रतिकुल परे ‘पार्टी’ सिद्धान्त फोर्छन्
मौका पर्दा मुलुक– जनतालाइ नौनी निचोर्छन्
फाटो पार्छन् सुख र सुविधा भाग लागी नपुग्दा
मिल्छन् कैल्हे कलह जति होस् स्वार्थलेपूर्ण बन्दा ।

पालो गर्दै दलहरू यहाँ मन्त्री, सर्खार फेर्छन्
आफ्नै ‘पार्टी’ उपर कहिले फ्याट्ट विद्रोह गर्छन्
मन्त्री भन्नू अपठित तथा स्वाँठ छन् मूर्खजस्ता
साह्रै तल्लो तहतिर झरे आलु झैं खूब सस्ता ।

बर्सेनी त्यो असहज अवस्थामा सर्खार बन्छ
नाता–गोता, कति त फरियाको त्यो हुङ्कार बढ्छ
जम्बो मन्त्री परिषद, कुनै ख्याउटे होस् तथापि
चुक्दैनन् ती रकम गतिलो खानलाई कदापि ।

ल्याप्चेधारी कतिपय बने लासजस्ता सभासद्
रातो ‘पास्पोर्ट्’ अनुचित भई बेचिएथे भकाभक्
कोही सुत्थे सडक बिचमा जाँडले मात्तिएर
कोही गुण्डा बनिकन हिँडे बैंसले पात्तिएर ।

सत्ता, भत्ता कतिपय कुरा चाहिए एक हुन्छन्
आँखा चिम्ली अरु समयमा मौन भै मस्त सुत्छन्
अन्धा हुन् वा सटिक बहिरा, थेत्तरा हुन् हरामी ?
बुझ्नै गाह्रो अझ पनि भयो क्यान पर्छन् बिरामी ?

फस्टाएको यिनकन सधैं कस्तरी लोकतन्त्र !
लुट्दै खाने दल–विदलको मात्र भो मूलमन्त्र
जात्राजस्तै बनिकन तुह्यो देशको सम्विधान
कैल्हे बन्ला गरिब–गुरुवा–निम्सराको विधान ?

कस्तो हाम्रो गति–मति भयो, देश यो व्यङ्ग्य जस्तो
हाँसै– हाँसो सबतिर छ रे ! छैन काहीँ गुनासो ?
लेखौँ के यो अब कलमले देशको गाइजात्रा ?
जात्रा लेखेपछि हुन गयो लेखनी यो नियात्रा !
       महाकवि देवकोटा आश्रम, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
एक ज्येष्ठ नागरिकको कथा

एक ज्येष्ठ नागरिकको कथा

ज्यो. रत्ननिधि रेग्मी
सुन्ने समय

सुन्ने समय

ज्यो. रत्ननिधि रेग्मी
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x