साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ता ब्रह्मचारी

Nepal Telecom ad

(गीत)
आँखा,नझिम्क्याउ सान्नानी म ता ब्रह्मचारी
मलाई,नबोलाउ सान्नानी असुराको घारी ।

मेरो जातै भाले प-यो तिमी प-यौ पोथी
तिमी देख्ता रातो हुन्छ मेरो कानको लोती
अनि,लत्रक्क त्यसै गल्छन् मेरा नवै नारी । आँखा …

यस्ती राम्री तरुनीलाई लान मन त लाग्छ
आफ्नो हालत सम्झंदैमा मायाँ पिर्ती भाग्छ
अनि,त्यसैले बस्छु नानी एक्लै निहुँ पारी । आँखा …

तलब ल्याउँछु डेरा भारै तिर्न धौधौ पर्छ
केले किन्नु लाली पाउडर केको पाकेट खर्च
मैले, काहाँ पाउनु कुर्ता सुरुवाल केले किन्ने सारी । आँखा …

मेरो डेरा गल्लीभित्र भत्केको छ भरेङ
कठबारको सानो कोठा चुइँ चुइँ गर्ने पलङ
मेरा,छिमेकी कान थापी बस्छन् वारिपारि । आँखा …

टेबुलमाथि फाइलैको सिम्भुजत्रो ढिस्को
टेबुलमुनि फुट्टी छैन केले जाने डिस्को
भैगो,खरानी घस्छु अब पाल्छु लामा दाह्री । आँखा …

मेरा जुत्ता आँ आँ गर्ने तिमीलाई चाहिने हाइ हिल
तिमी खोज्छ्यौ पजेरो ता आफ्नो छैन साइकिल
अनि,पन्युँले हान्ल्यौ भोलि यत्रो पोको पारी । आँखा …

मायाँ पिर्ती लाउने भए गरौं यौटा सल्ला
अंश लेर आउने भए विचार गर्नु पर्ला
लौ है,नत्र ता जोवन जाला उसै डाँडापारि । आँखा …

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x