साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अझै छान्न सकिएन

Nepal Telecom ad

कस्तो गजल राम्रो हुन्छ ? जान्नै सकिएन
सबैलाई गजलकार मान्नै सकिएन ।

बनेका छन् ज्ञानीहरू भीम–दुर्योधन
यिनका अर्ती उपदेश धान्नै सकिएन ।

कोही भन्छन् गन्धेझार कोही वनमारा
यसो भन्ने प्रभुलाई हान्नै सकिएन ।

काफियामा रमाउने यहाँ कति कति
सच्चा गजलप्रेमी अझै छान्नै सकिएन ।

उज्यालिन्थ्यो होला पक्कै गाउँ गजलको
जूनलाई धरतीमा तान्नै सकिएन ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x