साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोकौं ताली

Nepal Telecom ad

(शालिनी छन्द)
लण्ठ्याङ् लण्ठ्याङ् हल्लिंदै मात्र आएँ
केही भन्नै पर्छ आदेश पाएँ
के भन्ने हो जिल्ल पर्दैछु मित्र
दोधारैमा तर्क छन् चित्तभित्र ।

जे देखेको भन्नु केही हुँदैन
जे खोजेको पाइँदै पाइँदैन
मात्रै हाँसी खिस्स बत्तीस दन्त
बाजा बज्छन् साथ जाँदैछु जन्त ।

मुर्कट्टाको नाच नाङ्गो म हेर्छु
आहा भन्दै मात्र तारीफ गर्छु
यस्तो राम्रो हुन्न भन्नै भएन
राम्रो सुन्ने चाहनै जन्मिएन ।

भत्काएकै बेश हत्या अहा ! छ
मायाँ भन्ने चीज खै ता कहाँ छ ?
सिस्नोलाई भन्नु पर्ने गुलाब
जो पापी ऊ हुन्छ हाम्रो जनाब ।

यस्तै पर्दा भित्र बोली फुटेन
के लेख्ने हो शव्द जुट्तै जुटेन
भैगो, यै हो ठान्नुहोस् उच्च काव्य
ठोकौं ताली भो सभा भव्य भव्य ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x