साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभासद् महात्म्य

Nepal Telecom ad

मुखले देशको औतार सेकेन्डमै फेरियो,
भदौको गाइजात्रा वर्षैभरी हेरियो ।
त्यो सभासद् जो तीनपाथी खाएर चारपाथी डकार्छन् ।
हामीले बोल्नै हुन्न उल्टै झपार्छन् ।

सभासद्को पीडा धेरै छ, त्यसैले यो रोगी छ,
माननीय सभासद् भइसक्यो बाबुचाहिँ जोगी छ ।
चरित्र र नैतिकता फिटिक्कै छैन,
भ्रष्टाचारीको सूचीमा नाम, सुरुकै लाइनमा ।

विकास र संविधानको भाषण भन्थ्यो,
दिनभरि लुट्थ्यो रातभरि गन्थ्यो ।
संसदमा दन्त्यकथाका नाटक देखाउँछन्,
भेडा नाच्छन गधा, बाँदरहरू हेर्न आउँछन् ।
आफ्नो इज्जत राखे कि फाले ?
तर मनको घाउ चाहिँ धनले टाले ।

चुनाव हारेपछि सभासद् बन्यो,
सभासद् बनेपछि बाह्रखरी पढ्यो ।
एसएलसी दिन, नोकरलाई लगायो,
सिग्नेचरको ठाउँमा ल्याप्चे लगायो ।

जनताको घरमा आगो लाका,
सब जलेर सत्यानास भाको ।
पोथीले बोलाको भए ऊ जान्थ्यो ।
भालेले बोलाको किन मान्थ्यो ?
जाति, धर्म, छुवाछुत, देश, प्रदेश, सङ्घीयता,
चार वर्षमा नौ अर्ब, आधी उता, आधी यता ।

हनुमान बन्ने रहरले पुच्छरमा आगो लगायो ।
आफ्नो रुपलाई डढेको ठुटोझैं बनायो
कुनैदिन पार्टी परे निमन्त्रणा बिनै पुगिहाल्छ,
घरमा कुकुर्नी ब्याउँछे, ऊ सुत्केरी भत्ता लिन कुदिहाल्छ ।

सभासद् भन्छः
थाहा छ बुढी ? साउनमा जन्मदिन रे वैशाखदेखि गरेछ पार्टी ।
घरमा चामल जोगिन्छ, धत् । जानुपर्छ लाटी ।
जनताले मानेकै छन्, सरकारले पैसा खन्याइहाल्छ,
संविधानको के वास्ता ? भत्ता भने आइहाल्छ ।

सभासद्को पछि लागे नेता बन्न पाइन्छ,
पार्टी खोलेपछि त झन् प्रधानमन्त्री नै भ्याइन्छ,
त्यसैले आउनोस् सबै नयाँ पार्टी खोलाँै,
पैसाको पछि कुदौँ, देशको बारे बोलौँ ।
भन्दै दौड्यो सडकमा झोला बोकी सभासद्,
हेर्दाहेर्दै चिया पसलेको खायो दुई झापड ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x