फित्काैली डटकममाइतजाने श्रीमतीको चिठी
जब उ घर पुग्यो त उसले टिभीमाथि एउटा कागज टाँसिएको भेट्यो, जसमा लेखिएको थियो- म बच्चाहरू लिएर माइत जाँदैछु, तल लेखिएका कुराहरू ध्यान दिएर पालना गर्नुः

एकजना मानिस अफिसमा भएको बेलामा उसकी श्रीमती माइत गइन् ।
जब उ घर पुग्यो त उसले टिभीमाथि एउटा कागज टाँसिएको भेट्यो, जसमा लेखिएको थियो-
म बच्चाहरू लिएर माइत जाँदैछु, तल लेखिएका कुराहरू ध्यान दिएर पालना गर्नुः
१. साथीहरूलाई घरमा बोलाएर बितण्डा मच्चाउने हैन, पछिल्लो पटक सोफामुनि अनलाइन अर्डरका चारवटा बिल भेटेको थिएँ ।
२. काम गर्ने महिलालाई तलब दिइसकेको छ, धेरै दयामाया देखाउने बन्नु पर्दैन ।
३. तिम्रा अण्डवयरहरू दराजको सबैभन्दा तल राखिएको छ, पहिलाको जसरी बच्चाको लगाएर अफिस जाने हैन ।
४. तिम्रोे मेडिकल रिपोर्ट नर्मल छ, घरी घरी त्यो महिला डाक्टरकोमा गईराख्ने हैन ।
५. मेरो बहिनी र मम्मीको बर्थडे गएको महिनामा नै गैसक्यो, मध्यराती फोन गरेर उनीहरूलाई विस गर्ने कुनै जरुरत छैन, न कुनै गिफ्ट लिएर मेरो पछि पछि ससुराली आउने ।
६. वाइफाईको पासवर्ड चेन्ज गर्देको छ, राती छिट्टै सुत्नु, धेरै खुसी भएर चम्किनी जरुरत छैन, किनकि,
छिमेकीका श्रीमती पौडेल, नेपाल, थापा, कार्की सबैजना बाहिर जाँदैछन् ।
७. चिनी, चियापत्ती, कफी माग्ने बहानामा त्यो घोप्टीको घरमा बारम्बार जाने हैन, मैले सबैकुरा ल्याएर किचनमा राखिदिएको छु ।
र सबैभन्दा जरुरी कुरा, ओभर स्मार्ट बन्नी कोसिस बिलकुल नगर्नु….
तिम्रो एटीएम, भिसा कार्ड सबै मसँग छन् र तिम्रो मोबाईल बैंकिंङको पिन कोड पनि चेन्ज गर्देको छु ।
तिम्रो पर्समा ५००० रुपैयाँ छ चेक गर्नु,
म कुनै पनि बेला आईपुग्न सक्छु ।
०००
– टिपनटापन
Subscribe
Login
0 Comments
Oldest









































