सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सडक बत्ती निभेपछि

हामीलाई हाम्रै सुसेली कुसंस्कारको प्रशंसा नै हार बनेको छ हामीलाई गुलाफको सूचीमा सुगन्ध थप्न परको छैन ।

Nepal Telecom ad

सडक बत्ती निभेपछि
अँध्यारो पनि रिसाएको छ
त्यसैले आस्थाको मनले एकाएक भन्यो
हाम्रो धरमर मुहारलाई अध्यारो नै पियारो छ

विगतको दुःख सुख होइन
हामीलाई हाम्रा अस्तव्यस्ते दिनहरू गौरवपूर्ण लाग्छ
रातको समयमा
को हौ तिमी डाँडा पारिको सूर्य खोज्ने तिमी
जूनेली ताराहरू पनि निस्कृय छन्
दुनियाले उदाङ्गो चन्द्रमा टेकिसके भन्ने को हौ ?

त्यो इतिहास सुन्ने चाहना छैन
निर्माणको सूत्रमा सडक सुधारको साँचो खोज्ने को हौ ?
वर्तमानको योजनाकार हौ तिमी ?
विदेशीको रङ्गीन अलमल सम्यता छोप्न परको छैन
हाम्रो कुहिगन्धे आकाशमा ज्योति पंख रेल उडाउन खोज्ने को हौ ?

हामीलाई हाम्रो दुर्गतिको विलासी नै प्यारो छ
हामीलाई गणतन्त्रको घामले विगत विर्साएको छ
हामीलाई हाम्रै सुसेली कुसंस्कारको प्रशंसा नै हार बनेको छ
हामीलाई गुलाफको सूचीमा सुगन्ध थप्न परको छैन

तर हाम्रो पछुतो भत्काउन म त्यसो भन्दिन
सडक बत्ति निभेको बेला ।

०००
हाल : सिड्नी अस्ट्रेलिया
२०७९ आश्विन २६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रोएका बाटो

रोएका बाटो

ठाकुरप्रसाद अधिकारी
सोच्दा सौच्दै

सोच्दा सौच्दै

ठाकुरप्रसाद अधिकारी
कसौँडी मोह

कसौँडी मोह

ठाकुरप्रसाद अधिकारी
साथी ! चिन्ने हो

साथी ! चिन्ने हो

ठाकुरप्रसाद अधिकारी
नयाँ मन्त्री

नयाँ मन्त्री

ठाकुरप्रसाद अधिकारी
झोलाका झोले कुरा !

झोलाका झोले कुरा !

ठाकुरप्रसाद अधिकारी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)