ठाकुरप्रसाद अधिकारीसडक बत्ती निभेपछि
हामीलाई हाम्रै सुसेली कुसंस्कारको प्रशंसा नै हार बनेको छ हामीलाई गुलाफको सूचीमा सुगन्ध थप्न परको छैन ।
सडक बत्ती निभेपछि
अँध्यारो पनि रिसाएको छ
त्यसैले आस्थाको मनले एकाएक भन्यो
हाम्रो धरमर मुहारलाई अध्यारो नै पियारो छ
विगतको दुःख सुख होइन
हामीलाई हाम्रा अस्तव्यस्ते दिनहरू गौरवपूर्ण लाग्छ
रातको समयमा
को हौ तिमी डाँडा पारिको सूर्य खोज्ने तिमी
जूनेली ताराहरू पनि निस्कृय छन्
दुनियाले उदाङ्गो चन्द्रमा टेकिसके भन्ने को हौ ?
त्यो इतिहास सुन्ने चाहना छैन
निर्माणको सूत्रमा सडक सुधारको साँचो खोज्ने को हौ ?
वर्तमानको योजनाकार हौ तिमी ?
विदेशीको रङ्गीन अलमल सम्यता छोप्न परको छैन
हाम्रो कुहिगन्धे आकाशमा ज्योति पंख रेल उडाउन खोज्ने को हौ ?
हामीलाई हाम्रो दुर्गतिको विलासी नै प्यारो छ
हामीलाई गणतन्त्रको घामले विगत विर्साएको छ
हामीलाई हाम्रै सुसेली कुसंस्कारको प्रशंसा नै हार बनेको छ
हामीलाई गुलाफको सूचीमा सुगन्ध थप्न परको छैन
तर हाम्रो पछुतो भत्काउन म त्यसो भन्दिन
सडक बत्ति निभेको बेला ।
०००
हाल : सिड्नी अस्ट्रेलिया
२०७९ आश्विन २६
Subscribe
Login
0 Comments
Oldest




































