अमर अधिकारीचार चुनावी खित्कौली
ललितः ओहो ! छोरा त ठूलै भएछ नि, नाम के राखेको बाबुको ? भक्तः गएको चुनावमा बुढीले भोट हाल्दाबित्तिकै मतदान केन्द्रमै जन्माएकीले भोटेन्द्र शर्मा राखेको नाम।

अमर अधिकारी :
(साथीसाथी चुनावी गफमा मस्त)
लेखकः सिसि गमलाले पुछारबाट अग्रता हासिल गरेछन् नि ! जम्मा ९ भोट रे।
पाठकः नाम, थर भूइँमा झर्दाबित्तिकै फुट्नेखालको छ त्यै भएर होला।
१
(देशभक्तद्वय बीचको कुराकानी)
भीरकोटेः देशको हालत झनपछि झन किन खस्कोको होला ?
रुखबोटेः भोट, चोट, नोटकै कारणले हो देश बिग्रिएको। रक्सी मासुले भोट तान्ने, एउटाले अर्कोलाई चोट पुर्याउने, अनि रातारात कालो धन अर्थात् नोट छाप्ने कामले गर्दा देश खस्केको हो।
२
(पिपलचौतारा मतदान केन्द्रमा बुढाबुढीले भोट हालेपछि)
गौँथलीः ए बूढा भोट केमा हाल्यौ ?
भँगेराः केमा हाल्नु नि ? छाप लगाएको छेउँमा रहेको बाकसमा।
३
ललितः ओहो ! छोरा त ठूलै भएछ नि, नाम के राखेको बाबुको ?
भक्तः गएको चुनावमा बुढीले भोट हाल्दाबित्तिकै मतदान केन्द्रमै जन्माएकीले भोटेन्द्र शर्मा राखेको नाम।
४
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest




































