अमर अधिकारीचार खित्कौली
छोरीः बुवा ! म त आज नदी छेउँमा आनन्दसँग रमाएँ। बुवाः हैन के भन्छे यो ? कुन चाहिँ नकच्चरो परेछ त्यो आनन्द भन्ने केटो ?

अमर अधिकारी :
(पसलमा ग्राहक-साहुको संवाद)
ग्राहकः यो चनाको दाल कति सिठीमा पाक्छ साहुजी ?
साहुः (श्रीमतीको नम्बर दिदै) ल यो नम्बरमा मेरो बुढीलाई सोध्नुस्, उनले यै दाल पकाउदैछिन्।
ग्राहकः मेरो मोबाइलमा व्यालेन्स नै छैन, तपाईंले नै सोधिदिनुस्।
साहुः आखिर घाटामै पर्ने भएँ, व्यवसायिक सिद्धान्त विपरित।
१
(गाउँमा दुई साथी भेट भए)
बलवीरः हाम्रो गाउँका मान्छे साह्रै अल्छी भएछन्।
वीरबलः किन ? के भो र ?
बलवीरः टुक्रा पार्न अल्छीले कागती नै खाँदा रहेनछन्, बोटमै सडेर जाँदोरहेछ।
२
(प्रेमी-प्रेमिका पार्कमा)
प्रेमिकाः प्रेम भन्ने कुरा दिलसँग हुन्छ, स्वार्थसँग हुनुहुँदैन।
प्रेमीः ए ! कसको छोरा रहेछ त्यो दिल भन्ने केटा ?
३
(बुवा-छोरीको कुराकानी)
छोरीः बुवा ! म त आज नदी छेउँमा आनन्दसँग रमाएँ।
बुवाः हैन के भन्छे यो ? कुन चाहिँ नकच्चरो परेछ त्यो आनन्द भन्ने केटो ?
४
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest




































