साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डसे हुन्छ डस्नु होस्

शक्ति पछि सत्ता आउँछ सत्ता पछि सन्तुलन अन्तर्घातको तिखो छुरा ढुक्क भई धस्नुहोस्

Nepal Telecom ad

आयो मौका केन्द्र छोडी जिल्ला तिर पस्नुहोस्
बगलीमा कपट राखी खुबै चिल्लो घस्नुहोस्

सोझालाई स्वप्न देखाई मतलब पूरा हुन्छ भने
भाषणको जाल फिजाई फन्दाभित्र कस्नुहोस्

आफ्नु दुनु सोझ्याउन विनम्रता देखाएर
सोफा छोडी सुकुलमा खसे हुन्छ खस्नुहोस्

रणनीतिमा कुटनीति मिलाएर पिलाएर
निश्चिन्त भै पाँच वर्ष गजधम्म बस्नुहोस्

शक्ति पछि सत्ता आउँछ सत्ता पछि सन्तुलन
अन्तर्घातको तिखो छुरा ढुक्क भई धस्नुहोस्

वीरभोग्या बसुन्धरा ब्रम्हवाक्य सम्झिएर
निर्धक्क भई मित्रलाई डसे हुन्छ डस्नु होस् ।

०००

धनगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x