दिव्य गिरीचार ठोक्तक
आउनुस् बिरालो र बाँदरको मेल गराउँ आउनुस् स्याल र कुखुराको मीत लगाउँ कोशिस गर्ने हो, गर्दैमा केही बिग्रन्न आउनुस् हात्ती र मुसालाई लडाउँ ।

१.
दाह्री पालेका सबै जोगी, बाबा हुने भए
रुखका हाँगाबिँगा सबै खम्बा हुने भए
तिनको हैसिएत र मूल्य कति बढ्दो हो
सिस्नुको फूल चमेली र चम्पा हुने भए ।
२.
कोही देशलाई ऊखु सम्झेर चुसिरहेछन्
कोही देशलाई सिनो ठानेर लुछिरहेछन्
निरिह जनता तमासा हेरेर बसेको हेर
कोही देशको स्वाभिमान बेचिरहेछन् ।
३.
कोही राष्ट्रपति, कोही पतिको खोजीमा
कोही सुरुवाल, कोही धोतीको खोजीमा
आवश्यक अनुसारको खोज जारी छ
कोही रोटी, कोही सम्पत्तिको खोजीमा ।
४.
आउनुस् बिरालो र बाँदरको मेल गराउँ
आउनुस् स्याल र कुखुराको मीत लगाउँ
कोशिस गर्ने हो, गर्दैमा केही बिग्रन्न
आउनुस् हात्ती र मुसालाई लडाउँ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































