साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भगवानभन्दा जान्ने

तिमीलाई चुनौती दिन हामी पनि के कम तिम्रो सृष्टिलाई हामीले सुधार्‍यौँ कि बिगार्‍यौँ हे भगवान् ! तिमीले बनाएभन्दा संसारलाई त बेग्लै पार्‍यौँ ।

Nepal Telecom ad

भगवान् तिमीले मान्छेलाई नाई पठायौ धर्तीमा
लाज मानेर मान्छेले लुगा लगाउने भो
भगवान् तिमीले अन्नपात काँचै पठायौ धर्तीमा
जान्ने भएर मान्छेले खाना पकाउने भो
धेरै थिएन धर्तीमा त्यसै पठायौ तिमीले
कत्रो मेहनत गरेर सहर बनायो मान्छेले
आफूलाई मात्र कहाँ हो र भगवान् तिम्रो निमित्त
मन्दिर, मस्जिद, गुम्बा र चर्च बनायो मान्छेले
बनाउँदा बनाउँदा कतिथरी देउतै बनायो मान्छेले
घरबार बनायो, दरबार बनायो,
मान्छे काट्ने तरवार बनायो
काइयो, छुरा र साबुन नभए
कस्तो हुँदो हो मान्छे
ओ ! भगवान् तिमीले बनाउन खोजेको
मान्छे हो कि वनमान्छे ?
ओठमा कलेटी थियो,
हामीले लिपिस्टिक बनायौँ
आँखामा चिप्रा थियो
हामीले गाजल बनायौं
गहना लगायौ, शृङ्गार गयौं
तिमीले त देखे पनि चिन्ने छैनौ अब
अर्कै भयौं, हामी झन् अर्कै भयौं
पखेटा थिएन, जहाज बनायौँ
मोटर बनायौँ, डुङ्गा बनायौँ
प्रभु ! तिमीलाई त हामीले
मात्र ढुङ्गा बनायौँ
तिम्रो खटनमा सन्तान नपाउने ‘नियोजन’ बनायौँ
अरू प्राणीलाई निमोठेर हाम्रा लागि ‘भोजन’ बनायौँ
तिमीले भीर बनाएका ठाउँमा
हामीले सडक बनायौँ
तिमीले रात बनायौ
हामीले बिजुली बनायौँ
तिम्रो सृष्टिलाई नै पड्काइदिने
बम् बनायौँ बम्
तिमीलाई चुनौती दिन हामी पनि के कम
तिम्रो सृष्टिलाई हामीले सुधार्‍यौँ कि बिगार्‍यौँ
हे भगवान् ! तिमीले बनाएभन्दा
संसारलाई त बेग्लै पार्‍यौँ ।

०००
‘वनिता’ २०६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x