सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच थान ठाेक्तक

कुनै बेला प्रहरीले छाम्दा छाम्दै पनि ऊ जोगिएको थियो कुनै बेला अख्तियारले डाम्दा डाम्दै पनि ऊ जोगिएको थियो लिन जानेको, दिन जानेको, सत्ताले छानेको मान्छे हो नि ऊ...

Nepal Telecom ad

नवराज कार्की :

१.
यता त्रिभुवन विश्वविद्यालयमा ताला लागेको छ
उता त्रिभुवन विमानस्थलमा मेला लागेको छ
जता हेर्यो उतै किन अँध्यारो छ अचेल ?
घाम पनि खै किन हो ? अबेला लागेको छ ।

२.
अहा ! मान्छे त त्यो पनि साह्रै मजाको रै”छ
पाएका ठाउँमा त त्यसले पनि , साह्रै मजाले बजा”को रै”छ !
बाक्लाे, ठूलो, न्यानो खास्टो ओढेको हुनाले
यस्तो जाडोमा पनि त्यै खास्टोले बचाको रै”छ !

३.
कुनै बेला प्रहरीले छाम्दा छाम्दै पनि ऊ जोगिएको थियो
कुनै बेला अख्तियारले डाम्दा डाम्दै पनि ऊ जोगिएको थियो
लिन जानेको, दिन जानेको, सत्ताले छानेको मान्छे हो नि ऊ
कुनै बेला डरले थरथर काम्दा काम्दै पनि ऊ जोगिएको थियो ।

४.
“गाडी” सत्ताको प्रतीक हो, जलाउनु पर्छ !
“गाडी” सत्ताको प्रतीक हो, जोगाउनु पर्छ !
गाडी बन्दैन नेपालमा, मान्छे त बन्छ नि !
मान्छे बनाउने उमेरका जति छन्, तिनलाई धपाउनु पर्छ !!

५.
“असल” पनि तपाईं नै हुनोस्
“सफल” पनि तपाईं नै हुनोस्
म एउटा अपवाद हूँ, अपवाद भैरहन्छु
के के हुनु छ सबै, तपाई नै हुनोस् ।

०००
हाल- अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पुरस्कार

पुरस्कार

नवराज कार्की
चार ठोक्तक

चार ठोक्तक

नवराज कार्की
कुरा काट्नेका कुरा

कुरा काट्नेका कुरा

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
चार दनक

चार दनक

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली