साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच थान ठाेक्तक

कुनै बेला प्रहरीले छाम्दा छाम्दै पनि ऊ जोगिएको थियो कुनै बेला अख्तियारले डाम्दा डाम्दै पनि ऊ जोगिएको थियो लिन जानेको, दिन जानेको, सत्ताले छानेको मान्छे हो नि ऊ...

Nepal Telecom ad

नवराज कार्की :

१.
यता त्रिभुवन विश्वविद्यालयमा ताला लागेको छ
उता त्रिभुवन विमानस्थलमा मेला लागेको छ
जता हेर्यो उतै किन अँध्यारो छ अचेल ?
घाम पनि खै किन हो ? अबेला लागेको छ ।

२.
अहा ! मान्छे त त्यो पनि साह्रै मजाको रै”छ
पाएका ठाउँमा त त्यसले पनि , साह्रै मजाले बजा”को रै”छ !
बाक्लाे, ठूलो, न्यानो खास्टो ओढेको हुनाले
यस्तो जाडोमा पनि त्यै खास्टोले बचाको रै”छ !

३.
कुनै बेला प्रहरीले छाम्दा छाम्दै पनि ऊ जोगिएको थियो
कुनै बेला अख्तियारले डाम्दा डाम्दै पनि ऊ जोगिएको थियो
लिन जानेको, दिन जानेको, सत्ताले छानेको मान्छे हो नि ऊ
कुनै बेला डरले थरथर काम्दा काम्दै पनि ऊ जोगिएको थियो ।

४.
“गाडी” सत्ताको प्रतीक हो, जलाउनु पर्छ !
“गाडी” सत्ताको प्रतीक हो, जोगाउनु पर्छ !
गाडी बन्दैन नेपालमा, मान्छे त बन्छ नि !
मान्छे बनाउने उमेरका जति छन्, तिनलाई धपाउनु पर्छ !!

५.
“असल” पनि तपाईं नै हुनोस्
“सफल” पनि तपाईं नै हुनोस्
म एउटा अपवाद हूँ, अपवाद भैरहन्छु
के के हुनु छ सबै, तपाई नै हुनोस् ।

०००
हाल- अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x