सुलसुलेबर्दिबासमा बहुभाषिक कविगोष्ठी
वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलको प्रमुख आतिथ्यमा सम्पन्न सम्पन्न कार्यक्रममा विशेष अतिथि साहित्यकार मञ्जु मञ्जुभाषिणीलाई रु ११,१११/- राशीको शिशिर घिमिरे स्मृति प्रतिभा पुरस्कार ०७९ समर्पण गरि सम्मान गरिएको हो ।

बर्दिबास, महोत्तरी, ०८० वैशाख ९ । स्थानीय शिशिर घिमिरे स्मृति प्रतिष्ठानले २८औँ राष्ट्रिय छन्द दिवस बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान एवम् पुरस्कार समर्पण कार्यक्रमको आयोजना गरी मनाएको छ ।
वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलको प्रमुख आतिथ्यमा सम्पन्न सम्पन्न कार्यक्रममा विशेष अतिथि साहित्यकार मञ्जु मञ्जुभाषिणीलाई रु ११,१११/- राशीको शिशिर घिमिरे स्मृति प्रतिभा पुरस्कार ०७९ समर्पण गरि सम्मान गरिएको हो ।
त्यसैगरी प्रमुख अतिथि डा. राजेन्द्र विमल र विशेष अतिथि बर्दिवास उद्योग वाणिज्य संघ एवम् पद्म, शमसेर स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णु खड्कालाई प्रतिष्ठानका संरक्षक तथा कार्यक्रमका सभाध्यक्ष प्रेम घिमिरे ‘अग्निकवच’ ले दोसल्ला ओढाएर कदर पत्र प्रदान गरि सम्मान गर्नुभयो ।
कार्यक्रममा मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, कोशी प्रदेशको उदयपुर र वाग्मती प्रदेशको रामेछाप जिल्लाका कवि एवम् साहित्यकारहरूको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि डा. राजेन्द्र विमलले मन्तव्यको क्रममा साहित्यकारहरूले राजनीतिक पार्टीको झोले नबनी निस्वार्थ भावले कलम चलाउनु पर्ने वर्तमान समयको आवश्यकता भएको बताउनु भयो । नेपालको जय जयकार गर्न लगाई समाजमा फुट होइन एकता स्थापित गर्नु आजको आवश्यकता भएको तथ्य उजागर गर्दै डा. विमलले सबै साहित्यकारहरूलाई त्यसतर्फ ध्यान दिन आव्हान गर्दै बर्दिबासलाई साहित्यको जक्सन बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
साहित्यकार मञ्जु मञ्जुभाषिणीले आफूलाई पुरस्कृत गरेर सम्मान गरेकोमा गौरवान्वित भएको विचार व्यक्त गर्दै छन्द कविता वाचन गर्नुभयो । अर्का सम्मानित व्यक्तित्त्व विष्णु खड्काले साहित्यको क्षेत्रमा काम गरेर प्रतिष्ठानले सह्रानीय काम गरेकोे कुरा बताउनु भयो ।
कार्यक्रमका संयोजक कवि नारायण घिमिरेले शिशिर घिमिरेको संक्षिप्त परिचय दिँदै प्रतिष्ठानले बर्दिबासको साहित्यको श्रीवृद्धिमा महत्त्वपूणर् भूमिका खेल्ने बताउँदै आफ्नो कविता वाचन गर्नु भयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र पोखरेल लगायत विभिन्न साहित्यिक संगठनमा आवद्ध कविहरू कविता वाचन गर्नु भएको थियो ।
नेपाली भाषामा कविता वाचन गर्ने कविहरूमा महोत्तरीका भीम राउत, सानू शाही, रमा शर्मा, शान्ता अधिकारी, प्रेम घिमिरे, सुरेन्द्र पोखरेल, नारायण घिमिरे, लालबाबु शर्मा, नारद काफ्ले, मञ्जु श्रेष्ठ, प्रविणा पल्लवी, विपुल विद्रोही; सर्लाहीका लम्बोदर काफ्ले, कुमार कुसुम, लक्ष्मण पौडेल, जीवन आचार्य, मिना देवकोटा, अम्बिका पौडेल हुनुहुन्थ्यो र तामाङ भाषामा घनश्याम पन्त हुनुहुन्थ्यो । उदयपुरबाट माधवप्र. पोखरेल र सागर श्रेष्ठ त्यसैगरी मगही भाषामा सिरहाबाट श्यामबाबु यादव, मुरली प्र. यादव, श्रवणकुमार कापर, सुरेन्द्र यादव, वसन्तकुमार यादव, महोत्तरीका राजकरण महतो, श्यामबाबु यादव, कृष्ण कुमार धनुषाका फुल्गेन मगही, मैथिलीमा महोत्तरीका धर्मेन्द्रकुमार यादव र निलम यादव, धनुषाबाट नेपालीमा गणेश तिमल्सिना गति, बिपीराज दहाल र निला घिमिरे, मगहीमा विजयकुमार सिँह रोशन मगही लगायत हुनुहुन्थ्यो ।
प्रतिष्ठानका सचिव उद्धव अविचलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको बाक्लो उपस्थिति थियो । समारोहको अन्तमा सभापतिको आसनबाट बोल्दै कार्यक्रम भव्यरूपमा सफल भएकोमा सबैलाई धन्यवाद दिँदै साहित्यको श्रीवृद्धिमा प्रतिष्ठानले आगामी दिनमा अझ बढी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै समापन गर्नु भयो ।
०००
– माधवप्रसाद गोज्याङ्ग्रे
Subscribe
Login
0 Comments
Oldest












































