साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजकर्णिकारकाे `सम्झनामा मेरा पूर्खा´ लोकार्पित

राजकर्णिकारको यस संस्मरणकृतिमा उनका पुर्खाले गरेका संघर्षका दिन, पिताले स्थापना गरेको कृष्ण पाउरोटीका रोचक र अप्ठेरा समयदेखि वर्तमान स्थितिसम्मलाई प्रस्तुत गरिएको छ ।

Nepal Telecom ad

काठमाडौं । २०८१ वंशाख २४ । नेपाली यात्रा साहित्यका वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ काठमाडौमा लोकार्पित भएको छ ।

उक्त कार्यक्रममा साहित्यकार राजकर्णिकारले यो संस्मरणात्मक कृति आफूले इमानदारीपूर्वक लेख्ने प्रयास गरेको बताए । उनले मानिसले आफ्ना पुर्खालाई बिर्सन नहुने उल्लेख गरे । राजकर्णिकारको यस संस्मरणकृतिमा उनका पुर्खाले गरेका संघर्षका दिन, पिताले स्थापना गरेको कृष्ण पाउरोटीका रोचक र अप्ठेरा समयदेखि वर्तमान स्थितिसम्मलाई प्रस्तुत गरिएको छ ।

कार्यक्रममा समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले राजकर्णिकार परिवारको इतिहास मात्र नभएर औद्योगिक उन्नतिको कथा यस पुस्तकमा समेटिएको बताए ।

अर्का समीक्षक महेश पौड्यालले राजकर्णिकारका पुर्खाहरूको गाथासहित नेपालमा पाउरोटी उद्योगको इतिहास यसले बोलेको उल्लेख गरे ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अहिलेका संस्मरणमा लेखकले आफूलाई सकेसम्म महान बनाउने गरेकोमा साहित्यकार राजकर्णिकारले पाठकसँग इमानदार भएर यो कृति लेखेको बताए ।

नेपाल स्रष्टा समाजले आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ कथाकार पद्मावती सिंह, महासचिव देविका तिमिल्सिना, लेखकका ज्वाईं नील ताम्राकार र रन्जना निरौलाले बोलेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x