साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिउँदो लाश !

"साँच्चै भन्नुहुन्छ भने आजको दुनियामा पैसाको लागि जे पनि गर्नेरहेछन् मानिसहरू "- व़किल मिलापले केही फोटा देखाउँदै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“अदालतमा पनि गवाह चाहिन्छ। गवाह नभए सहि र गलत पुष्टि गर्नै सकिँदैन।”- व़किल मिलापले आफ्नो पेसेन्टलाइ सम्झायो।

“अब हुँदै नभएका गव़ा कता खोज्ने?” पेमलाल चिन्तामा पर्यो।

“हजुरको घरमा चोरी भएकै हो भने, चैते नै चोर हो भनेर कसरी भन्ने ? उसले चोरेको हजुरसँग के पर्माण छ ?”- व़किल मिलापले प्रश्न गर्यो।

“त्यसो त केही पनि छैन मसँग”- पेमलाल अन्लयाेलमा पर्यो।

“पेमलालजी हजुरले चैतेलाई फसाउँने नै हो भने कुनै प्रमाण चाहिन्छ । यस्तो गवाह जो अदालतलाई मान्य होस् । हजुरसँग छ कि छैन ? यदि छैनभने पनि चिन्ता नगर्नुहोस्। हजुरसँग रूपियाँ त पक्कै छ।”- व़किल मिलाप खिसिक्क हाँस्यो।

“यो लोकतन्त्र हो यहाँ सबै बिक्रि हुन्छन् ।गवाह पनि किनौँला नि”- मिलापले पेमलाललाई आश्वासन दिँदै थप्यो ।

“वकिल साहेब चैतेलाई जसरी पनि फसाउँनु पर्छ । म हजुरले भनेनुसार धनको व्यवस्था गर्छु।”- पेमलाल फुरूक्क पर्दै भन्यो।

“यो व्यक्तिले पैसा दिएपछि कसैलाई पनि सिध्याइदिन्छ । यो व्यक्तिले पैसा दिएपछि दिनलाई रात र रातलाई दिन भन्न तैयार हुन्छ ।

“साँच्चै भन्नुहुन्छ भने आजको दुनियामा पैसाको लागि जे पनि गर्नेरहेछन् मानिसहरू “- व़किल मिलापले केही फोटा देखाउँदै भन्यो।

“हाम्रो समाजमा थुप्रै जिउँदा लाशहरू भेटिन्छन्।सहिलाई सहि भन्न नसक्ने जिउँदो लाश त हो। तसैले यो पुँजिवादी जनतन्त्र भन्दा रहिछन्। “-पेमलाल गवा पाउँने निश्चित भएपछि खुसि हुँदै भन्यो।
“हजुरले आँप खानुहोस् म गुठलीले नै काम चलाउँला”- मिलापले पेमलालसँग हात मिलाउँदै भन्यो।

०००
दाङ घोराही- १८
१२-०१-२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x