सुरेशकुमार पाण्डेजिउँदो लाश !
"साँच्चै भन्नुहुन्छ भने आजको दुनियामा पैसाको लागि जे पनि गर्नेरहेछन् मानिसहरू "- व़किल मिलापले केही फोटा देखाउँदै भन्यो।

सुरेशकुमार पाण्डे :
“अदालतमा पनि गवाह चाहिन्छ। गवाह नभए सहि र गलत पुष्टि गर्नै सकिँदैन।”- व़किल मिलापले आफ्नो पेसेन्टलाइ सम्झायो।
“अब हुँदै नभएका गव़ा कता खोज्ने?” पेमलाल चिन्तामा पर्यो।
“हजुरको घरमा चोरी भएकै हो भने, चैते नै चोर हो भनेर कसरी भन्ने ? उसले चोरेको हजुरसँग के पर्माण छ ?”- व़किल मिलापले प्रश्न गर्यो।
“त्यसो त केही पनि छैन मसँग”- पेमलाल अन्लयाेलमा पर्यो।
“पेमलालजी हजुरले चैतेलाई फसाउँने नै हो भने कुनै प्रमाण चाहिन्छ । यस्तो गवाह जो अदालतलाई मान्य होस् । हजुरसँग छ कि छैन ? यदि छैनभने पनि चिन्ता नगर्नुहोस्। हजुरसँग रूपियाँ त पक्कै छ।”- व़किल मिलाप खिसिक्क हाँस्यो।
“यो लोकतन्त्र हो यहाँ सबै बिक्रि हुन्छन् ।गवाह पनि किनौँला नि”- मिलापले पेमलाललाई आश्वासन दिँदै थप्यो ।
“वकिल साहेब चैतेलाई जसरी पनि फसाउँनु पर्छ । म हजुरले भनेनुसार धनको व्यवस्था गर्छु।”- पेमलाल फुरूक्क पर्दै भन्यो।
“यो व्यक्तिले पैसा दिएपछि कसैलाई पनि सिध्याइदिन्छ । यो व्यक्तिले पैसा दिएपछि दिनलाई रात र रातलाई दिन भन्न तैयार हुन्छ ।
“साँच्चै भन्नुहुन्छ भने आजको दुनियामा पैसाको लागि जे पनि गर्नेरहेछन् मानिसहरू “- व़किल मिलापले केही फोटा देखाउँदै भन्यो।
“हाम्रो समाजमा थुप्रै जिउँदा लाशहरू भेटिन्छन्।सहिलाई सहि भन्न नसक्ने जिउँदो लाश त हो। तसैले यो पुँजिवादी जनतन्त्र भन्दा रहिछन्। “-पेमलाल गवा पाउँने निश्चित भएपछि खुसि हुँदै भन्यो।
“हजुरले आँप खानुहोस् म गुठलीले नै काम चलाउँला”- मिलापले पेमलालसँग हात मिलाउँदै भन्यो।
०००
दाङ घोराही- १८
१२-०१-२०८१
Subscribe
Login
0 Comments
Oldest







































