साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इतिहासलेखन र अनुसन्धानमा ज्ञानमणि नेपालको याेगदानबारे चर्चा

प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गोष्ठीको समुद्घाटन गर्नुभएको थियो । उहाँले ज्ञानमणि नेपाल इतिहास र वाङ्मय क्षेत्रको प्रामाणिक उत्खनन् गर्ने एक विशिष्ट सर्जकको रूपमा अङ्कित गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ असार २४ । मूर्धन्य इतिहासकार ज्ञानमणि नेपालको स्मृतिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘इतिहास तथा वाड्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदान’ विषयक विचार-गोष्ठीको आयोजना गरियाे ।

उक्त शीर्षकको कार्यपत्र डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत गर्नुभएको थियो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गोष्ठीको समुद्घाटन गर्नुभएको थियो । उहाँले ज्ञानमणि नेपाल इतिहास र वाङ्मय क्षेत्रको प्रामाणिक उत्खनन् गर्ने एक विशिष्ट सर्जकको रूपमा अङ्कित गर्नुभएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमलनिभा’ले इतिहास जो सुकैले लेख्न र बुझ्न कठिन भएको बताउँदै ज्ञानमणि नेपालले इतिहासको सत्यतामा आधारित भएर गहन अनुसन्धान गर्नुभएको बारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको   थियो ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै इतिहासको अध्ययन र अनुसन्धानका क्षेत्रमा एक प्रेरक व्यक्तिको रूपमा ज्ञानमणि नेपालले पुर्याएको योगदान उल्लेखनीय रहेको बताउँदै स्वागत मनतव्य राख्नुभएको थियोे ।

गोष्ठीका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ-परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले इतिहासविद् ज्ञानमणि नेपाललाई खरो र निडर व्यक्तित्वको रूपमा लिन सकिने बताउँदै उहाँले सत्य र तथ्य एवम् इतिहास र वाङ्मयका प्रामाणिक अनुसन्धाता रहेको बताउनु भएको थियो ।

गोष्ठीमा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले इतिहास लेखनमा देखिएका त्रुटिहरूलाई आधिकारिकता पुष्टि हुने खालका अनुसन्धान र प्रामाणिक स्रोतहरूको उत्खनन गर्नमा ऐतिहासिक योगदान ज्ञानमणि नेपालको रहेको बताउनु भएको थियो ।

गोष्ठीमा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्तले इतिहासविद् ज्ञानमणि नेपालले स्वार्थरहित ढङ्गले सत्य र तथ्यपरक इतिहास लेखन र अनुसन्धानमा विशेष योगदान पुर्‍याउनु भएको बताउनुभएको थियो ।

गोष्ठीमा इतिहासविद् तथा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य प्राडा त्रिरत्न मानन्धरले ज्ञानमणि नेपालले इतिहास लेखन र अनुसन्धानमा अतुलनीय योगदान गरेको बताउनु भएको थियो ।

गोष्ठीमा एकमणि नेपालले आफ्ना सहोदर दाजु ज्ञानमणिको इतिहासमा गहिरो अध्ययन रहेको बताउँदै उहाँको व्यक्तित्व र कृतित्वलाई अझै प्रकाशमा ल्याउनुपर्ने बताउनु भएको थियो।

ग‍ोष्ठीमा सहभागीका तर्फबाट कार्यपत्रमाथि डा.गोविन्दमान सिंह कार्की र मेघराज ढकालले आआफ्नो जिज्ञासा राख्नुभएको थियो । उक्त गोष्ठीको सञ्चालन डा.टीपी धमलाले गर्नुभएको थियो ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x