साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिरिकमा भानुजयन्ती : स्रष्टा डा. कमला तामाङ सम्मानित

आचार्यको दुई सय बाह्रौँ जन्मजयन्तीको अवसरमा भानुभक्तको काव्यचर्चाका साथ स्रष्टा तामाङको बहुआयामिक साहित्यिक पाटोको उचित मूल्याङ्कन गर्दै तामाङलाई सम्मान गरिएको हो ।

Nepal Telecom ad

मिरिक / १२ जुलाई २०२५ अर्थात् २८ असार २०८२ शनिवारका दिन दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाअन्तर्गत चिमल क्लवको भवनमा आयोजित कार्यक्रममा साहित्यस्ष्टा डा. कमला तामाङलाई सम्मान गरिएको हो ।

नेपाली साहित्यका राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय बाह्रौँ जन्मजयन्तीको अवसरमा भानुभक्तको काव्यचर्चाका साथ स्रष्टा तामाङको बहुआयामिक साहित्यिक पाटोको उचित मूल्याङ्कन गर्दै चिमल क्लब परिवार, थर्बु नौ माइलद्वारा सम्मान गरिएको हो ।

डिगम गोलेको अध्यक्षता, चौविस नं समष्टीका सभासद् मिलेस राईको प्रमुख आतिथ्य , भूतपूर्व सैनिक जेएस घिसिङको विशिष्ट आतिथ्य र पीएल जोशी, एनके तामाङ, विनोद प्रसाईँ र मणिकुमार प्रधानको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । खादार्पण पश्चात् आदिकवि भानुभक्त आचार्यको तस्बिरमा स- सम्मान खादा माला र अबीरद्वारा सम्मान जनाउँदै दीप प्रज्ज्वलनका साथ मञ्चासिन अतिथिवर्गबाट कार्यक्रमको उद्घाटन गरिएको हो ।

मिरिककी शान साहित्यिक व्यक्तित्व नारी हस्ताक्षर – डा• कमला तामाङले करिब दुई दशकदेखि काव्यसिर्जनामा निरन्तरता दिइरहनुभएको कुरा सराहनीय र प्रशंसनीय रहेको र तामाङको नेपाली र हिन्दी दुबै भाषामा समानान्तर लेखन शिल्प रहेको त्यसमा पनि हिन्दी, डोगरी, बोड़ो, मैथिली ,बंगला र अंग्रेजी भाषालाई – नेपाली भाषामा अनुवाद कार्यहरू गरेर उहाँले साहित्यलाई ठुलो सेवा पुर्याएको कर्म आजसम्म अतुलनीय रहेको छ ।

उसरी हेर्दा आजसम्म उहाँको छवटा कृतिहरू प्रकाशित भइसकेका छन् भने प्रतिष्ठित राष्ट्रिय / अन्तर्राष्ट्रिय विभिन्न पत्र-पत्रिकाहरूमा कविता, कथा , गीत , गज़ल, लेख – आलेख , यात्रा संस्मरण , समीक्षा ( नेपाली र हिन्दी ) मा नियमित प्रकाशित भइरहेका छन् । यी र यस्ता किसिमका कर्मका आधारमा अनेकौँ राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्य संस्थाहरूबाट सम्मानित पनि भइसकेकी छिन् ।

यस्तो अवस्थामा डा. कमला तामाङले खुलेरै चिमल क्लब परिवार धर्बुको प्रशंसा गर्नुभयो यो उनको लागि फरक किसिमको र फरक परिवेश र सन्दर्भका हिसाबले पनि आफूभित्रको खुशी छताछुल्ल भएको विचार व्यक्त गर्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान पाउनुको महत्व छुट्टै भएको र त्योभन्दा पनि कैयौँ गुणा महत्वको सम्मान आफैँ खेलेको माटो र परिवेशले दिलाएको छ र यो मेरा जीवनको ऐतिहासिक अविश्मरणीय पल रहनेछ भन्दै आफ्ना विचार व्यक्त गर्नुभयो । जीवनमा ऊर्जा र सद्भावको सम्मानले आफूभित्रको सिर्जना यात्रालाई अझ सशक्त बनाउन प्रेरणा मिलेको जानकारी गराउँदै संस्थालाई असीम आभार तथा धन्यवाद पनि व्यक्त गर्नुभयो ।

वास्तवमा डा. कमला तामाङ मिरिकको मान्र सान हुनुहुन्न उहाँ देशविदेश सम्पूर्ण नेपाली माटो र परिवेशको कणकणमा हुनुहुन्छ हामी सबै नेपाली साहित्य सर्जकहरूको तर्फबाट पनि हार्दिक शुभकामना ।

कार्यक्रम साँस्कृति विभाग सचिव मिसाङ तामाङको स्वागत मन्तव्य र कार्यक्रमको अौचित्यमाथि प्रकाश पारिएको र मणिकुमार योञ्जनको सहजीकरण रहेको कथाकार दीप प्रधानले जानकारी दिए ।

०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x