साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि देवकोटाको स्मृतिमा कल्पतरु पुरस्कार समर्पण

प्रतिष्ठानले राजधानीमा कार्यक्रम आयोजना गरी वरिष्ठ कवि एवं गीतकार कन्चन पुडासैनी र शिक्षाविद् एवं साहित्यकार कृष्णप्रसाद नेपाललाई पुरस्कार अर्पण गरेको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८२ कात्तिक ३ । कल्पतरु प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा स्थापित पुरस्कारहरु दुई मूर्धन्य स्रष्टालाई सोमवार प्रदान गरेको छ ।

१ सय १७ औं देवकोटा जयन्तीको अवसरमा प्रतिष्ठानले राजधानीमा कार्यक्रम आयोजना गरी वरिष्ठ कवि एवं गीतकार कन्चन पुडासैनी र शिक्षाविद् एवं साहित्यकार कृष्णप्रसाद नेपाललाई पुरस्कार अर्पण गरेको हो ।

वरिष्ठ कवि एवं गीतकार पुडासैनीलाई रु. २५ हजार राशी सहितको महाकवि देवकोटा कल्पतरु प्रज्ञा पुरस्कार प्रदान गरियो । शिक्षाविद् एवं साहित्यकार कृष्णप्रसाद नेपाललाई रु ५ हजार सहितको महाकवि देवकोटा कल्पतरु पुरस्कार प्रदान गरियो । वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ कल्पतरु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार नवराज पुडासैनी ‘ज्योत्सना’ लगायतले पुरस्कार एवं सम्मान पत्र अर्पण गर्नु भएको थियो ।

सोही अवसरमा महाकवि देवकोटा कल्पतरु प्रज्ञा पुरस्कारको अक्षयकोषमा सहयोग गर्नुहुने दाताहरूलाई सम्मन पत्र प्रदान गरिएको थियो । वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले नेपाली साहित्यका विराट प्रतिभा देवकोटाका कारण नेपाली साहित्यले अन्तराष्ट्रिय पहिचान पाउन सकेको बताउनुभयो ।

पुरस्कृत स्रष्टाहरू कन्चन पुडासैनी, कृष्णप्रसाद नेपाल लगायतले देवकोटाको चर्चा विना नेपाली साहित्यको गाथा अपूरो हुने धारणा राख्नुभयो ।

कार्यक्रममा साहित्यकारहरू डाक्टर विदुला घिमिरे, राजन पुडासैनी लगायतले देवकोटाको साहित्य शिल्पको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको प्रारम्भमा गत वर्ष दिवंगत साहित्यकारहरू सहित जेन्जी आन्दोलनमा सहादत प्राप्त गर्नुहुनेहरूको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो ।

यसअघि बाजागाजा सहितको र्यालीले नयाँवस्ती युवा क्लबको प्रांगणमा रहेको महाकवि देवकोटाको पूर्ण कदको शालिगमा माल्र्यापण गरेको थियो । प्रतिष्ठानका उपाध्यक्ष विमल प्रसाद अर्यालको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।

०००
निर्मल अर्यालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x