साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लासको मूल्य

नौजना पनि किन भन्या ? एकजना पनि मरेनन् भन्देको भए हुन्थ्यो । जो पत्ता लगाउन जान्थ्यो, उसैलाई मारिदिए कसले थाहा पाउँथ्यो ?

Nepal Telecom ad

अनुवाद : आर.सी. रिजाल

बैलाडिलामा मजदुरमाथि गोली चल्यो । मजदुरहरू दरबन्दी कटौतीको विरोधमा आन्दोलन गरिरहेका थिए । पैंतालीस दिनदेखि उनीहरू शान्तिपूणर् आन्दोलन गरिरहेका थिए । यत्रो दिनसम्मको शान्तिपूणर् आन्दोलन न खानीको अधिकारीहरूलाई राम्रो लागिरहेथ्यो न सरकारलाई, न त प्रहरीलाई नै ।

दुईचार दिनको शान्तिपूणर् आन्दोलन राम्रै हुन्छ । पैंतालीस दिनसम्मको धैर्य गरेर बसिरहन्छ । अब भगवान्को कृपाले गोली चलाउने शुभअवसर मिल्नेछ । आखिर हार खाएर अधिकारीहरूले एकदिन शान्तिपूणर् आन्दोलनलाई अशान्तिपूणर् बनाए ।

बिचराहरू कहिलेसम्म बन्दुक बोकेर पर्खिरहनु ? प्रहरीले आइमाईमाथि लठ्ठी बर्सायो । उनीहरू काँडेतारमा अल्झेर फाटेको साडी, फाटेको चोलो, अर्धनग्न अवस्थामा आफ्नो झुपडीमा लोग्नेको सामुन्ने पुगे । लोग्नेमान्छेले स्वास्नी मान्छेलाई अर्धनग्न देखे ।

जो शान्तिपूर्ण थियो, त्यो अब अशान्तिपूणर् भयो । अफिसरहरूको मनोकामना पूरा भयो । प्रहरीले बन्दुकमा गोली भरे । भगवान्ले सबैको सुन्छन् । भगवान्को राज्यमा ढिलो त हुन्छ तर न्याय हुन्छ ।

मध्यप्रदेशका मुख्यमन्त्रीले यस्तो शान्ति र प्रसन्नताले बयान दिए, मानौं सप्तचण्डी यज्ञको सफलतापछि वक्तव्य दिइरहेछन् । उनी भन्छन्- “जम्मा नौ व्यक्ति प्रहरीको गोलीले मारिए ।”

एकजनाले भने- “नौ हैन, सयौं मरेका छन् ।” मुख्यमन्त्रीले ती मारिएकाहरू काङ्ग्रेसी देखे । अर्कोले भन्यो “मलाई टेलिग्राम आएको छ, पाँच सय मजदुर मारिएका छन् ।”

मुख्यमन्त्रीले चित्र खिचे- अँ, मोतीलाल बोरा हुन्, यी काङ्ग्रेस आईका हुन् । तेस्रोले भन्यो- “धेरैको ज्यान गएको छ । तथ्य लुकाइँदै छ ।” मुख्यमन्त्रीलाई लाग्यो हुनत जनता पार्टीका हुन् तर मोरो समाजवादी पाटीको हो ।

त्यही रघु ठाकुरले भड्काएको हो ।

मुख्यमन्त्रीले आफ्ना जनसङ्घी साथीहरूतर्फ हेरे । उनी आँखाको इसाराले भन्दै थिए ए सखलेचा। तेरो बुद्धि के कालो टोपी मै रहिरह्यो । नौजना पनि किन भन्या ? एकजना पनि मरेनन् भन्देको भए हुन्थ्यो । जो पत्ता लगाउन जान्थ्यो, उसैलाई मारिदिए कसले थाहा पाउँथ्यो ? अब मुख्यमन्त्रीले मर्नेहरूको हिसाब गरे, एकदम व्यापारीले जस्तै । हत्याको मूल्य तोकिदिए । हेर भाइ, तिम्रो आलुको यति पैसा भयो, भान्टाको यति र गोलभेंडाको यति । न भूलचुक न लिनुदिनु ।

जो मन्यो उसको परिवारलाईपाँच हजार दिने । जो धेरै घाइते भएर अस्पताल भर्ना भएको छ उसलाई एक हजार दिने । जसलाई सामान्य चोटपटक लागेको छ, उसलाई दुई सय पचास दिने भइगयो हिसाब राफसाफ ।

यता गोलीकाण्डमा परेका परिवारका श्रीमतीहरू यस्तो कुरा गर्छन्- “मेरो त भाग्य नै फुटयो । मेरो लोग्नेलाई मामुली चोटपटक लागेको छ, दुईसय पचासमात्र पाउँछु । तिमी त भाग्यमानी रहिछघौ, तिम्रो लोग्ने मन्यो, तिमीले पाँच हजार पाउँछयौ । मेरो लोग्ने त सुरुदेखि नै बिनाकामको हो । यो चमेलीको श्रीमान् पनि ठीकै छ । उनको लोग्ने अस्पताल भर्ना भएको छ, एक हजार रुपैयाँ त पाउँछिन् । मेरो लोग्नेबाट त यति पनि भएन ।”

सरकारले मर्नेहरूको परिवारको मनोबल कति माथि उठाइदियो । मानिस रोटीको बदला गोली खान तयार छन् । सरकारको लागि पनि रोटीभन्दा गोली सस्तो पर्छ । त्यसैले रोटीको बदला गोली सप्लाई गर्छ ।

सखलेचा भन्छ- “मजदुरलाई भड्काउन बङ्गालबाट मान्छे आएका थिए । सायद ज्योति बसुले पठाएको होला । सब कम्युनिस्टको बदमासी हो । भोका मान्छेलाई यिनै कम्युनिस्टले भोको छस् भन्दिन्छन् । नत्र हाम्रा सिधासाधा मजदुरलाई उनीहरू भोको भएको कुरा के चाहा ।”

करपुरी ठाकुर भन्छन्- चार हरिजन (अछुत मारिए। मुख्य मन्त्रीले भने- “ठीक हो, सरकारले उनीहरूलाई मारेको त हैन नि । जमिनदारले मारे। हामीले त्यसको भुक्तानी किन गर्ने ? होस्, म त उदार मुख्यमन्त्री हुँ । हामी हरेक मरेका परिवारलाई दुई हजार दिन्द्री सरकारले रेट धेरै घटाएको छ ।” सरकार सामानको मूल्य कम गर्न कटिबद्ध छ । हामीले मान्छेको मूल्य धेरै घटाइदियो । जनता सरकारको यो सबभन्दा ठूलो सफलता हो । प्याजको भाउ चाहे बढोस तर हामी मान्छेको मूल्य कुनै हालतमा पनि बढ्न दिँदैनौं ।

चेन्ना रेड्डी भन्छन्- “हैदरावादमा जे भयो त्यो नक्सलवादीले गराएका हुन् । रामनरेश यादव भन्छन्- “काङ्ग्रेस आईले गराएको हो ।”

तीनवटा पर्दा छ- काङ्ग्रेस आई, कम्युनिस्ट, र नक्सलवादी अक्षमता, अपराध, र अकर्मण्यताबाट जब मुख्यमन्त्रीको अनुहार विकृत भएर ब्वाँसोजस्तो हुन्छ, तब ऊ काङ्ग्रेस आई, कम्युनिस्ट या नक्सलवादीको पर्दाभित्र आफ्नो घिनलाग्दो अनुहार लुकाउँछ ।

जनतालाई लाग्यो यो मुख्यमन्त्रीसँग अब काम माग्न सकिन्न, रोटी माग्न सकिन्न, तलब माग्न सकिन्न, न्याय माग्न सकिन्न । योसँग अब एउटै माग मात्रै गर्न सकिन्छ त्यो हो मर्ने मान्छेको मूल्य बढाउने पाँच हजार एकदम कम हुन्छ । सबै चिजको मूल्य बढेको छ, मान्छेको पनि मूल्य बढाइयोस् ।

सात हजार गरिदिनोस् हजुर हामी शुद्ध मान्छे सप्लाई गछौं मिसावट हुँदैन । जति चाहिन्छ त्यति नै सामान सप्लाई गछौँ । तपाईं जति चाहनुहुन्छ त्यति मान्छे मार्नोस् । मुआब्जा बढाउने माग लिएर आन्दोलन होस् । हेरौं गोलीकाण्डपछि एकएक मान्छेको पाँच हजार दिन्छन् कि सात हजार ।

हाम्रो कठोर गृहमन्त्रीलाई मान्छेसँग मतलब नै छैन । उनले मान्छेलाई सङ्ख्यामा गन्त चालेका छन् । हामी भन्छौं- “गोली चलाउनाले मान्छे मरे ।” गृहमन्त्रीको लागि सङ्ख्या मर्छ । हामी सम्झन्छौं- हरिजन (अद्भुत जलाइए । गृहमन्त्री मान्छन्- हरिजन हैन सङ्ख्या जलाइयो ।

गृहमन्त्री हरेक पटक सङ्ख्या जोडेर भन्छन्- “हेर, यो आनन्दमय वसन्त ऋतुमा काङ्ग्रेस आईको पालामा एक सय सतहत्तर मान्छे मारिएका थिए । हाम्रो पालामा यस ऋतुमा एक सय चालीस मान्छे मात्र मारिए। अर्थात् इन्दिरा गान्धीको सिजन फलदायी रह्यो, हाम्रोमा केही कमी नै भयो ।”

म चाहन्छु- गृहमन्त्रीले आफ्नो विभागको मागका साथ संसद्बाट अरू ३७ जना गोलीले मानें मञ्जुरी लियोस् र छिटो सङ्ख्या पूरा गर्नू भनेर राज्य सरकारलाई सर्कुलर पठाओस् । हरिजन जलाउने मामलामा पनि काङ्ग्रेस आईको सिजनभन्दा चरणसिंहको सिजन कम उपलब्धिपूणर् भएको छ । त्यसैले उच्च जात वा भूमिपतिलाई भन्दिनू- “सङ्ख्या पूरा गर ।”

‘भोलारामको आत्मा’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x