युगमञ्जरी र कृष्णराज लामिछाने सुपुत्रका रुपमा केशवराज पिँडालीको जन्म वि.सं. १९७१ साल माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा भएको हो । पुर्ख्याैली थलो धादिङको गजुरी पिँडा भएकाले केशवराजले आफ्नो नामका पछाडि पिँडाली लेख्ने गरेका हुन् । स्कूले शिक्षामात्र उत्तीर्ण गरेका पिँडालीको साहित्ययात्रा १९९३ सालमा शारदामा ‘गुण्टे र चरी’ शीर्षकको कथा प्रकाशनसँगै भएको देखिन्छ । आरम्भमै ‘यो हो चन्द्रज्योति’ जस्तो हास्यव्यङ्ग्य निबन्ध लेखेर यो फेटमा प्रवेश गरेका पिँडालीका ‘खै खै (२०१६’, ‘प्रशन्न हुनुहोस्’ (२०....), ‘फेरि उल्टै मिल्यो’ (२०३२), ‘व्यङ्ग्यै व्यङ्ग्य’ (२०४५) हास्यव्यङ्ग्य कृति प्रकाशित छन् । त्रिभुवन प्रज्ञापुरस्कार, बासुदेव लुइँटेल पुरस्कार, बालचन्द्र पुरस्कार, वेदनिधि पुरस्कार, भैरव पुरस्कार र रत्नश्री स्वर्ण पदक प्राप्त पिँडालीको २०५५ साल जेठ २६ गते काठमाडौंमा निधन भएकाे हाे ।
प्रभुजी ! कवि बनाइदिनोस्
हे प्रजातन्त्र रेडियो हे नेपाल रेडियो । हे रेडियो नेपाल । तपाईं मेरो नमस्कार लिनोस् ।
पुरा पढ्नुहाेस्चिठी पुगोस् भानुभक्तकहाँ
आचार्यज्यू, नमस्कार ! सोचेको थिएँ असार २९ गते तपाईंको तस्बिरलाई बग्गीमा ठड्याएर ब्यान्डबाजाका साथ सहर परिक्रमा
पुरा पढ्नुहाेस्खै–खै
कसले सुनिदेला यो गुनासो ? बाबुले हप्काई–हप्काई आमाले फकाई–फकाई कति भने– केटाकेटीमा ‘चुरोट नखानू’ भनेर, कानमा
पुरा पढ्नुहाेस्पिँडालीका तीन पट्याँस
१. बजारभाउ दिन दुगुना रात चौगुनाका दरले बढ्नेबढेपछि फेरि घट्दै नघट्नेसदा उन्मुख, सदा माथिमाथि नै चढ्ने
पुरा पढ्नुहाेस्हे विजुली मैयाँ….
हे बिजुली मैयाँ । हे विद्युत शक्ति । हे म्याडम इलेक्ट्रिसिटी पहिले हजुर मेरो नमस्कार लिनोस्
पुरा पढ्नुहाेस्

keshabraj pidali


























