साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मसानको एक टुक्रा हाड

नेपाली हास्यव्यङ्ग्यका विराट प्रतिभा भैरव अर्यालको ८७ औँ जन्मजयन्ती आज । चालिस वर्षको उमेरमा २०३३ सालमा दुखद मृत्यु वरण गरेका अर्यालप्रति हार्दिक शब्दश्रद्धा ! धेरैको नजर नपरेको उनको यही कविता सहित फित्कौली शब्दपुष्प अर्पण गर्दछ ।

Nepal Telecom ad

भैरव अर्याल :

नेपाली हास्यव्यङ्ग्यका विराट प्रतिभा भैरव अर्यालको ८७ औँ जन्मजयन्ती आज । चालिस वर्षको उमेरमा २०३३ सालमा दुखद मृत्यु वरण गरेका अर्यालप्रति हार्दिक शब्दश्रद्धा ! धेरैको नजर नपरेको उनको यही कविता सहित फित्कौली शब्दपुष्प अर्पण गर्दछ ।

कैले कैले निद्रामा
त्यसै देखिएको सपना जस्तो
कैले कैले तन्द्रामा
अनायासै सुनिएको घटना जस्ता
कस्तो कस्तो एक सम्भावनात्मक सम्झनाले
दिमागको सानो तन्तु हल्लाइदिन्छ
ऊ थियो ।

व्यतीतको कहाली लाग्दो महासागरमा
मानवमावनको युगौंदेखिको महासागरमा, महासमरमा
को कहाँ नेर कती खेर के गर्दै थियो ?
सम्झिरहने कसको तागत !
खोजीनिति गर्ने कस्को फुर्सद ?
राइपनी मसानमा मिल्किएको यो एक टुक्रा हाडले
कल्पनाको एक मूर्ति आकृति गर्छ
ऊ थियो ।

ईंट ईंटको अन्तरमा उम्रिएर
पँहेलिएको बुटो जस्तो
या धान कुट्ने कल वरिपरि बतासिएको
ढूटो जस्तो,
या उम्रने बित्तिकै छातीमै निदाएको
कैलो कैलो जोश जस्तो,
चाहे जस्तो सुकै या
या कुट्ता कुट्तै त्यसै भुस जस्तो
चाहे जस्तोसुकै मामूली होस्
भएकोलाई भन्नैपर्छ ।
ऊ थियो ।

कुरुक्षेत्रका अठार अक्षौहिणीको नामावली खोइ ?
प्रथम र दृतिय विश्वयुद्धमा होमिने
लाखौंंको वंशावली खोइ ?
सिंहदरबार र ताजमहल,
पिरामिड र चिनिया पर्खाल बनाउँदा
थिच्चिने मिच्चिने, थिच्चिनेमिच्चिने
र त्यस्तै मिच्चिनेहरूको सूचिपत्र खोइ ?

यी कुरा परै जाउन्
पैले ईश्वर भन्न जान्ने ज्ञानी को थियो ?
पैले संयोग गर्न जान्ने ज्यामी को थियो ?
पैले कुटो बनाउने विज्ञानी को थियो ?
यी सबैको त नामोनिमेसी थाह छैन भने
उसको त कसलाई के चासो, के खाँचो !
खाली यति भन्न सकिन्छ
ऊ थियो ।

प्रप्ती होइन-
शायद आशै आशको धोको थियो
तृप्ति होइन-
शायद प्यासै प्यासको पोको थियो
त्यसैले कर्मा र धर्मको समन्वयस्वरुप
खुशी होइन-
खुशी हुने एउटा रहर थियो
बँचाई होइन, बाँच्ने एउटा तर्खर थियो
ऊ थियो ।

यदि ऊ एउटा विजेता हुँदो हो –
डरले पनि प्रशंसा चढाउनु पर्थ्यो,
यदी ऊ पनि एउटा नेता हुँदो हो
करले पनि महिमा बढाउनै पर्थ्यो
तर सस्तो खाना निस्तो हुन्छ
जो पायो सोहीको बारेमा
कस्ले के लेख्छ र ?
त्यसैले एउटा रसहीन कविता जस्तो
एउटा प्लट नमिलेको कथा जस्तो
त्यो मिल्किएको हाडले भनिरहे झैं लाग्छ ।

जो थियो, जस्तो थियो,
एउटा कोही थियो
ऊ थियो ।

०००
यो कविता भैरव अर्यालले २०२० सालमा औषधी गर्न दिल्ली गएका बेला जमुना किनारमा बसेर लेखेको हो ।
(स्रोत : होम सुबेदीद्वारा सम्पादित पुस्तक ‘भैरव भन्छन्’ बाट सभार)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x