सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘वृद्धाकाश’ लघुकथा कृतिमा समयबिम्ब

यी कथामा अर्काकी छोरी अथवा बुहारी अलिकति चञ्चल, छुची, दुष्ट हुने छन् भन्ने देखाउँदा अन्याय हुने भएको छ । आजको वस्तुतथ्य त्यस्तै नहोला तर मूलत : वृद्धवृद्धा यी र यस्तै समस्यामा परेको विषय समाजकै तथ्य हो ।

Nepal Telecom ad

प्रा.डा.खेम दाहाल :

१. प्रारम्भ
संयुक्त लघुकथा सङ्ग्रह वृद्धाकाश (२०८१) एजिङ नेपालबाट प्रकाशित कृतिमा साठीभन्दा बढी लघुकथाकारका एक एक कथा प्रकाशनमा आएका छन् । यसका सम्पादक पीपी कोइराला र प्रकाशक प्रमुख कृष्णमुरारि गौतम देखिनु हुन्छ । यस कृतिले पुराना र नयाँ स्रष्टालाई ससम्मान स्थान दिएको छ । लघुकथा हठात् थालिन्छ, बिचमा कुरो मिठो आउँछ र अन्त्यमा नयाँ वा फरक एक वाक्य आएर स्वाद दिन्छ । कसैले राजनीतिको विषयमा कलम चलाएका छन् तर यस कृतिको केन्द्रीय विषय बुढाबुढी र तिनको वर्तमानको तितोमिठो भोगाइ हुन्छ । आज संसार चाहार्ने तिर कति पात्रको सपना प्रज्ज्वलित हुँदा र केही पात्रहरू हेलाको भाग्य भोगिरहँदा जस्तो देखिन्छ, त्यसैको सेरोफेरोमा कथाहरू बुनिबुनाइमा छन् । कति कथामा सत्यसाबित हुने र कतिमा अतिरञ्जना झल्किने वस्तु रहेको यहाँ अनुभव गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित कथाहरू प्रायः सन्तानको विपक्षमा उभिएका ओकिलझैँ लाग्छन् र थोरै ओकिल मात्र वृद्धका विपक्षमा उभिएका छन् । कतै अतिरञ्जना भएका कथा पनि छन् जसलाई पत्याउनु हुँदैन ।

२. विषयप्रवेश
यस संयुक्त लघुकथा सङ्ग्रहमा कथाकारलाई वणर्नुक्रममा स्थान दिने नीति अवलम्बन गरिएको छ । यस नीतिबाट अनु विज्ञाति (सुन्दरहरैँचा, मोरङ) को शुभ नम्बर स्थान एकमा कथा ‘आमाको माया’ परेको छ । आमाभन्दा उत्तम वस्तु संसारमा हुँदैन पनि, आमाले गर्ने मायाको कथाले छोरीसँगको मायामोह आमाबाट प्रकट भएको देखाउँछ । कुरा सामान्य होलाझैँ लागे पनि आमाको मनभित्र सजाइएको मायाको घैला थाहा नहुने गहिराइमा रहेको देखाउने कथामा ममताको परीक्षण भएको छ । अन्जु शर्मा (रातोपुल, काठमाडौँ) को कथा ‘शङ्का’ रतिराग तर्फ आकृष्ट छ, पात्रको नाम छिटी नै सुन्दर छ । कैयाँ काका (एकल बुढा) र एकल नारी छिटी दिदीमा कुनै गुप्त सम्बन्ध देखिँदैन, तथापि हिमचिम भएमा समाजले शङ्काको दृष्टिले हेरिहाल्छ । रहर होइन, शारीरिक आवश्कता हो, चियाको तलतल मेटाउन भनी पसेका पात्रलाई छिटीले एकान्तमा समय नदिने कारण समाज नै हो । समाजको छुद्र आँखामा बच्न छिटीले उम्कने कुरा हतार छ भनेर टारिन् । यस्तो संवाद सुन्ने अर्को पात्रले अफवाह फैलाउने डर पनि छ र अन्त्यमा आएको वाक्य छ । “कैयाँ काका र छिटी दिदीको चाल निको छैन हो ।” शर्माको कथा लेखनमा निरन्तरता देखिन्छ, सञ्जालमा लघुकथा पठाउने गरेको अगाडिको समयदेखिको साधना जस्तै छ ।

छोराछोरीका तिखा वचन, जन्माएको दोष देखाउने सन्तान र तिनको घोचपेचमा छियाछिया पानीपानी मन भएकी वृद्ध एक सोझै मरणसँग संवाद गर्छिन् र ‘मृत्युपुकार’ मा आल्मलिन्छिन् । यो कथा इन्दिरा चापागाई (सूर्यविनायक, भक्तपुर) को रचना हो । यहाँ पति र सन्तानका पीडा, रोगको चाप एक महिलाको स्थिति अस्पतालको एक रोगी ओछ्यान परिवेशमा छन् । मर्ने इच्छा नहुनु पर्ने तर रोगले मर्न मार्न सकेको छैन । यसमा आमा सिकिस्त रोगी देखाइन्छिन् । डा. हरिप्रसाद भण्डारी (भक्तपुर) को ‘छोरो’ कथामा रुख विरुवा भन्दा सन्तान घटिया भएको प्रसङ्ग रहन्छ । यो कथा उत्कृष्ट कथाहरू भित्र पर्दछ ।

अंशमा घाटा लाग्ने डर भरिएका सन्तान, अलपत्र रहेको बुढो, कुनै छिमेकी महिलाले बुढाको सेवा सहयोग गरेको अवस्था, बालाई सहायता गर्ने खाना बनाएर दिने नारी माथि परदेशी पात्रका शङ्का र छेडघोच विधुरमाथि सन्तानले आक्षेप लगाउने विषयको कथा ‘परीक्षा’ इन्दिरा देवकोटाको एक कथा बाका विषयमा लेखिएको छ । विधुर बाहरू यस प्रकारको समस्यामा छन्, धरालो पनि छैन, सन्तान पनि घरमा छैनन् । यो आपत् समयसँग जोडिएर आएको सत्य हो । बुढाबुढीले दामल पाएनन् भने झुटो समेत बोल्छन्, खाना खाए पनि खाएको छैन भन्ने हिम्मत गर्छन् र कुरा गर्ने साथी वा मानव खोज्छन् भन्ने विषयमा उमा सिजापती (बेलवारी, मोरङ) ले बहाना कथा लेखेको भेटिएको छ । यसमा लागेको बानी पनि छोड्न कठिन हुने भन्ने सन्दर्भ जोडिँदा सुर्ती खाने बानीको असर खराब हुने भनिएको छ ।

परदेशतिर मोह बढेका यी सन्तानको विचारमा यहाँको जमिन बेच्ने र समुद्रपारि जाने विषयको केन्द्रमा बाबुछोरा विवादमा छन् । आमा पनि आफ्नै गाउँको मोहमा छिन् तर छोरो जिद्दीमा रहेर परदेशको मोह बक्छ । यसमा फरक के छ भने आमाबाबुप्रति सन्तानको श्रद्धा छैन र बढीमा आफ्नै गाउँप्रति अनुराग बढेका बा-आमा आफ्नो अडान लिन्छन्, यो मातृभूमि शीर्षकको एन्जल निलु (राजविराज) को कथाको भाषाबाट बोध भएको स्थिति हो । अन्त्यको रहस्य समाएर लेखिएको वाक्यमा आमाको भनाइ छ “तेरो बाबा पोहोर तिमीहरूको विदेश जाँदा बुहारीले फर्किन मन नलाग्ने गरी मुटुमा बिझ्ने वाण हानिछ नि त” तितो सत्यझैँ यो सन्दर्भले आज पेचिलो मूल्य राख्छ, त्यसमा पनि नेपालकै प्रसिद्ध लेखक समालोचकलाई घरजग्गा बेच्ने विषयमा छोराले प्रस्ताव गर्दा बाबाले नटेरेपछि कुटपिट गरेर अमेरिका भागेको घटना एक दशक भित्रकै तितो सत्य हो । ‘महŒव’ शीर्षकमा कल्याण पन्त (पोखरा) को एक लघुकथा उपस्थित छ जसलाई राजनैतिक स्थितिसँग जोडेर हेर्न सकिन्छ । वृद्ध पात्रको भाग लिने अधिकारलाई खोसेर एक युवकलाई ठूलो ठाउँमा भाग लिन पठाइन्छ, त्यसको परिणाम वृद्धको अनुभवको सही उत्तर यी युवकले दिन जानेनन् भन्ने टिपोट आयोजकले सुनाउँदा भागलिने अग्निराज लज्जित भएका छन् । आज नेपालमा यही क्रम छ, यो नीति चलिरहेको स्थिति हो । सही पात्रले न्याय पाएकै छैन । यसले राजनीतिलाई घोच्छ ।

कुमुदप्रसाद शर्मा प्याकुरेल (वसुन्धरा, काठमाडौं) को कथा ‘बोलिपासो’ मा अस्पताल र दुःखीका विषय बारेमा, बिरामीलाई झन्झट लाग्ने प्रकृतिका वाक्यमा अडिएको छ । धेरै बाठा महिलाहरू आफू अरूको विषयमा बोल्न सिपालु हुन्छन्, आफ्नै परिवारको दुःखीमाथि खास चासो नदिनेहरू अर्काको प्रसङ्गमा ओठ तिखो पार्छन् भन्ने सन्दर्भ समय र स्थितिसँग साथ सहयोगी रहन्छ । यहाँ पछिल्लो वाक्यले स्वाद पार्छ -‘परार साल आफ्नै सासू बिरामी पर्दा बुढ्यौली लागेको’ भन्ने पात्र अर्काकी आमा बिरामी हुँदा टीकाटिप्पणी गर्न सुरिनु यस प्रकारको सामाजिक विकृति हो । ‘इच्छामरण’ डा. कुसुमाकर शर्मा गौतमको कथा हो, इच्छा मरणको कारण रोगबाट हुने असैह्स पीडा नै हो । यसमा सरकारले मर्ने इच्छा पूणर् गर्दा बिरामीको अनुहार धपक्क बलेछ । गीता र जेनिफरको संवादले विषय खुलस्त हुन्छ । अहिले धप्प बलेको अनुहारमा बिरामी जेनिफर मृत्युसित नजिक हुँदै छिन्, वैधानिक मरणको स्विकार हुने नियम पनि रहेछ । पुत्र र पतिको वियोग पुनः आफू घातक रोगमा भासिएको अवस्था छट्पटी-छटपटी भित्र मरणको निवेदन स्विकार, यस्तो कानुन नेपालमा छैन । क्यानडामा यस प्रकारको घटना घटेको बताइन्छ । सोमकुमार सुब्बा (सिक्किम) को ‘उमेर’ कथाले धर्मको खोल ओढेका पाखण्डीको गम्भीर आलोचना गर्छ । यो कथा सबै अङ्गले पूणर् छ ।

कृष्ण बजगाईँ (धरान, सुनसरी, हाल ः बेलायत) को लगाम साहित्यका विविध विधामा रहेको छ । उनको लघुकथा, नियात्रा र कथा सिर्जनामा विशेष रुचि रहन्छ । उनी बेलायतमा बसेर नेपाली साहित्यमा रचना सिर्जना गर्ने स्रष्टाहरूमा पर्छन्, उनका विभिन्न लघुकथा सङ्ग्रह प्रकाशनमा आएका छन् जसमा ‘कागजको मन्त्री’ हालै प्रकाशित कृति रहेको छ । यस सङ्ग्रमा ‘बेरोजगार’ लघुकथा समेटिएको पाइएको छ । यस कथाले वर्तमान समयलाई चिनाउँछ । सेवा निवृत्त कर्मचारीहरू युरोप तथा अमेरिका गएका छोराबुहारीका लागि केही समय दिन पाउँछन् । नानी जन्मिएपछि धरालो हुने सौभाग्य मिल्छ । समयको अन्तरालमा काम नपाउने र समयले छट्पटी दिने पात्र बुढाबुढी नै हुन्छन् भन्ने आशयमा कथाको भाव उपस्थित भएको छ । यहाँ छोरालाई परचक्रीले फोनमार्फत एक सन्देश दिएका छन् र बाआमाको कर्महीन दिनको उकालोतिर सङ्केत समेत गरेका छन् । यो पनि कामचले पछि फालिने ठाँडो छेउको विषय हो ।

खगेन्द्र बस्याल (रूपन्देही) को ‘त्यसपछि’ कथामा आमाबाको माया उँघो बगेको तर छोरा बुहारीको माया उँभो नबगेको घटना पढिन्छ । छोरो कान्छो सानै छ, कुरा बुझ्नमा सानो छ । आमाबाको घर छुट्टै भएको चाहना राख्छ तर बा भने कान्छाका सन्तान नातिनातिनी हुर्काउनै पाइएको छैनको रटानमा छन् । त्यो सम्बन्ध अनौठो लाग्दै जान्छ । समयले यी घटनाहरू समाजमा घटाएकै छ ।

प्रा.डा. खेमराज खनाल (धरान-१४, सुनसरी) को ‘घँस्यानी आमा’ कथामा एक प्रकारले आमाको ठुलो हृदय प्रटकमा आउँछ । छोराले लखेटेकी आमा छोरी र जुवाइँका साथमा हुँदा घाँस काटेर गाईको हेरचाह गरिरहन्छिन् । बेगारी जुवाइँलाई पाल्छिन् र पहाडमा आफूलाई घपाउने छोरो बिरामी भएको कुरामा चिन्ता गर्छिन् । आमा घरती हुन्, सधैँ विशाल प्रकृतिकी हुने भनिएको कथामा मातामा सहानुभूति प्रबल छ ।

खेमराज पोखरेल (सप्तरी) को ‘अदामल’ कथामा हामी मानवलाई खानपिन, बसउठका साथ दामले मित्र, समकालीन साहचरीको जरुरी हुने विषय रहन्छ । वृद्ध वा आश्रम जाने निणर्यमा छन्, छोरो प्रतिवाद गरिरहन्छ । समयको चक्रमा पर्दा धेरै परिवर्तन भए, केहि फुर्सद छैनन् बासित बसेर गफ गर्नेहरू, आश्रममा त्यो कुरा पाउने कुरा गर्दै बुढाले छोरालाई सम्झाएको कथामा समयचेतको समीक्षा भएको छ । शरणकुमार राई (धरान) को ‘रूपान्तरण’ कथा पत्नीवियोगको कथा हो, यसमा दर्शन, धर्म, संस्कार र जीवनको व्याख्या पढिन्छ । आजको नेटले पनि मित्र पाउन सकिने हुन्छ ।

गङ्गा कर्माचार्य पौडेलको ‘चस्मा’ कथामा आमालाई वचन लगाउँदै बुहारी, भव्य भाषामा छल्दै छोरो चस्माको विषय पन्छाएर बाहिरिए, उता आमा अलपत्र, छोरा बुहारी घटनामा, टाउकामा चोट लागेकी बुहारीलाई डाक्टर भन्छन्-“पावरवाला चस्मा लगाउनुपर्छ” । आफैँमा समस्याले ठक्कर खाँदा तितो लाग्दै छ । गङ्गा खड्का (काठमाडौँ) को कथा ‘समय’ पनि बाआमालाई दुःख दिने सन्तानको कथा हो, अति वृद्ध बाआमाको रेखदेख छैन, छोराहरू कोही देश बाहिर छन्, कोही पर बसेर गाडीमा कुकुर डुलाउँछन् । यी बाआमाको लागि त्यो गाडी प्रयोग भएकै छैन ।

ईश्वरको खोजी छविलाल खड्का (बाँके) को कथामा ईश्वर खोज्ने जोखिमभन्दा आफ्ना बाआमाप्रति एक व्यवहार, एक आस्था राखेर तिनलाई भगवान् सम्झने सुझाव दिइन्छ । यहाँ कति पात्र घर व्यवहार अलपत्र पार्छन् र बाबाआमा, छोराछोरी, पत्नी र इष्टलाई पनि भुलिने प्रवृत्ति देखाउँछन्, त्यसैको प्रतिरूप यो एउटा कथामा सबैभन्दा ठुला ईश्वर आफ्नै अगाडि उभिने बाआमा भएको जानकारी दिइन्छ । त्रिपुरा पोखरेल, खरेल (द.सिक्किम) को ‘कालचक्र’ मा रूख-वृक्ष, पुष्प गुलाफ कोपिलाका संवादबाट बुढेसकालको समीक्षा हुन्छ तथा यी यौवनका क्षणहरू मालीले सजाएको एक्लो फूल वा बुढीआमा एकै स्थितिमा हुन्छन् ।

त्रिलोचन ढकाल (स्याङ्जा) को ‘बुढ्यौली’ कथामा पात्र बुढाबुढी, घरबाट निकालिएका जोडी, पछि वृद्धाश्रममा बस्तै गर्दा प्रेमीपे्रमीका भए, पछि वृद्धाश्रमले पनि अवैध नाता भनी निकाले पछिको भिखारी अवस्थाभित्र मर्म मर्ममा प्रवेश गरिन्छ । दीपक लोहनी (काठमाडौँ) को ‘आग्रह’ कथामा सम्पन्न छोराबुहारी र आश्रमप्रति व्यङ्ग्य तेर्सो भएको छ । आश्रममा समय कटाउन नसकेपछि बाले छोरालाई सानी नातिनी र आँगन आश्रममा ल्याऊ भनी मागेका छन् । दीप मङ्ग्राती (मोरङ) को ‘खोस्टा’ कथामा खोस्टो पारेर फालिने समाजको आलोचना पढिन्छ, बुढी गाई र वृद्ध आमाले भोगेको भोगाइको तुलना भएको स्थिति छ । बाँस्कोटा धनञ्जय (झापा)को ‘पुरस्कार’ कथामा बाजेले दिएको सरसल्लाहमा नातिले विजय पाए, तर नातिका बाबुआमाको अनुहार गलेर गएको मनोविज्ञान पठन गरिन्छ । ध्रुवराज थापा (काभे्र) को ‘गम्भीर बा’ कथामा मानिस बुढो उमेरले होइन, विचारले हुन्छ भन्ने बाजे समाज सेवा गरुन्जेले आफू जवान भएको ठान्छन् ।

धीरकुमार श्रेष्ठ (भक्तपुर, ठिमी) को कथा ‘काँढा’ मा अपमानित वृद्धवृद्धाले घरकै विषयमा पनि बोल्न नपाउने स्थितिमाथि चिन्ता प्रकाश गरिएको छ । नन्दलाल आचार्य (सिरहा) को ‘आँखाको भाषा’ कथा सन्ततिको मोहमा फसेका नातिको मरण भएको कारण स्कुलको गाडीको ठक्कर, सधैँ त्यहीँ गएर समयभएसम्म पर्खिने र घर आउने बाजे, कसैले किन यसरी यहाँ भनेर सोधे उनका आँखाभरि पानी भरिने कारुणिक कथामा समवेदनाको पक्ष गहिरो छ । यस्तो कथाले सम्मान पुरस्कार पाउन सक्छ । निर्मला बराल (सानोठिमी, भक्तपुर) को ‘श्रद्धा’ कथामा छात्रा र गुरुको शास्त्रीय युगको संवाद पढिन्छ । साहित्यकार चेली, फकिर गुरु साहित्यिक समारोहमा भेट भएका छन्, चेलीको कृति माथि समीक्षाका शब्द बोल्ने गुरुले कालजयी कृति भनेर दुई शब्द बोले । मञ्च छोडेपछि आँगनमा चेलीले गुरुकै पे्ररणा हो भन्नलाई शास्त्रीय युगको उपज मानिने छ । पीपी कोइरालाको ‘आयु’ कथामा बुढाबुढी भए पनि घरायसी काम, घाँस र दाउरा नगरी मन मान्दैन भन्नेमा एक पटक बारीमा ढलेकी आमा पानी छ्यापेपछि उठिन्, बुढा रिस छोडेर छोराबुहारी माथि तातिरहेको अवस्थाबाट शान्त बन्दै आफैँ गाई बाख्रा कता गए भन्दै निस्कन्छन् । बाआमा प्रति कुनै सन्तानले खटन गर्दैनन्, उनीहरू आफैँ सक्रिय रहने धर्ममा हुन्छन् भन्ने निचोड आउँछ । जति वृद्ध भयो, त्यति व्यस्त हुने ।

डा. पुष्करराज भट्ट (कैलाली) को अज्ञानता कथामा समयको मूल्य खोजिएको छ । समयले मानव अक्षम हुन्छ, नजिकका पात्रलाई दोष लगाउँछ । छोराले बालाई दोषी ठान्दछ । पे्रम पुन मगर (बाग्लुङ) को ‘पीडा’ मा पतिपत्नीका बिचको झगडालु संवाद छ । पतिले सौता हालेपछि रक्सी पिउन थालेकी बुढीको फोक्सो खराब छ, बुढो, डाक्टर र बुढीका कुरा स्वादिला छन् । डाक्टरकै अगाडि बुढा र बुढी स्वादले दोष हालाहाल गर्छन् । भावना कोइराला (झापा) को वंश कथाको अर्थ समयसित आवद्ध छ । समयको चिनारी सन्तान दुव्र्यसनी, लागु पदार्थका व्यापारी र भ्रष्टाचारका भागी बन्दै गएपछि आमाबाबुलाई सरकारले सर्वस्व खोसेको एक घटनाले प्रशस्त गहिराइमा पसेर समयको प्रतिबिम्ब कोर्छ । नेपालमा कामको अवसर प्राप्त छैन, यही कालो धन्धामा परिन्छ र मरिन्छ ।

२.१ उत्तर भागका केही कथा बाआमाको पक्षका रचना
मनीषकुमार शर्मा ‘समित’ (भक्तपुर) को ‘उधारो कात्रो’ आमाले गर्ने असीम माया सन्तानतिर झुकेको देखाउने कथा हो । कात्रोको मूल्य साहुँसँग उधारै छोडेर अरू बैगुनी सन्तान सबैका लागि कपडा किन्ने आमा नै हुन्छन् । यहाँ सन्तानले मात्र होइन, संस्कारले समेत हेपी काम गरेका कथा छन् जसमा प्रा.डा. मुकेश चालिसेको ‘ग्वाङ्गे्र दाइ’ पर्छ । रञ्जु खनाल (कोटेश्वर, काठमाडौँ) को ‘दान’ कथामा कान्छा बाको अनुभव र आफ्नै सन्तानले छोडेपछि पलाएको वितृष्णा झल्कन्छ । महानमाताको कथा ‘तितो सत्य’ रचना शर्माबाट लेखिएको छ । रमेश सुवेदी (ललितपुर)को कथा ‘बा र बाको बा’ मा वृद्धको माया सन्तान प्रति झुकेको देखाइन्छ । वृद्धको सोच, विचार र बुद्धिको परीक्षा भएको कथा ‘जिज्ञासा’ डा. रवीन्द्र समीरबाट लेखिएछ । बाले वृद्ध एकल महिलासँग गरेको कामको स्मरणमा राजु क्षेत्रीको कथा ‘जीवनयात्रा’ रुमलिन्छ । सन्तानले लखेटेका मातापिता भिखारी बनेका छन् एक करोडको चिट्ठा परेको खबर सुनाउन पनि नपाई अनेक विपरीत संवाद सुनेका माता पिताले रुद्र अधिकारी (इटहरी) को कथा ‘चिट्ठा’ मा त्यो चिट्ठाको रकम पाल्नलाने अर्कै परचक्री कलावतीलाई दिने निणर्य लिन्छन् ।

बाको आभास जनाउने कथा ‘धर्म’ रोशन पराजुली (धरान) ले लेखेका छन् । अनुभवी पात्र बा छन्, अनुभवले काम गर्छ । बाको माया घरका कोठाकोठामा अल्झिएको छ । कथा आदर्शवादतिर झुक्छ । स्वर्गवासी आत्माले ती कोठाचोटा छोएका छन्, यो कुरा लता के.सी. (काठमाडौं) को ‘स्पर्श’ कथामा अनुभव गरिएको छ । बाको अनुभूतिको कथामा लक्ष्मण ज्ञवाली (रूपन्देही) को ‘स्वप्नभङ्ग’ कथा सजीव बन्दै जान्छ, एकल जीवनका विधुर प्रोफेसरले अतीतको स्मरण गर्दाको परिवेशले भित्रैसम्म छुन्छ । बाको पक्षको अर्को कथा बन्दना घिमिरे (भक्तपुर) को ‘गुरुबा’ लाई हेर्दा बुढा भएपछिको विपन्न स्थिति अवलोकनमा आउँछ । डा. विदुर चालिसेको ‘स्वर्गको राप’ कथा मातापिताकै उमेरका वृद्धका विषयमा उभिन्छ, छिमेकी विधवा र अर्को छिमेकी विधुरले मिलेर पिङ खेल्छन् ।

विश्वराज अधिकारी (चावहिल) को कथा ‘फिर्ता’ स्वदेशप्रेम, नेपालतिरको मोहमा आवद्ध कथा हो, अमेरिका भन्दा नेपाल सुन्दर छ । ‘औँठा छाप’ विष्णुप्रसाद उप्रेती (भक्तपुर) को कथामा वृद्धको अवमूल्यन भएको सन्दर्भ भेटिन्छ । बुढाहरू हेपिन्छन् र सही गर्न नजान्ने ठानिन्छन् । माध्यमिक विद्यालय तहमा अङ्ग्रेजी पढाउने गुरुजीको जवाफ भव्य छ । शारदा दाहाल (भण्डारी) (मोरङ) को कथा धर्ममा बृद्ध पात्रले समाजलाई बचाएर बोलेकी हुन् । व्यस्त भएर आफूलाई समय दिन नभ्याएको भन्ने भाव प्रकट गरेको कथा वृद्धतर्फ झुक्छ । आमा बाको आलोचना भएको श्रीप्रसाद पोख्रेल (सुनसरी)को ‘खटन’ कथाले बाहरूको आलोचना गर्न सक्छ । सीता रेग्मी (मोरङ)को कथा ‘व्यस्तता’ मा वृद्धहरू सन्तोषी भएको सन्दर्भ सुन्दर देखिन्छ । यस्तै कथाहरू आजको समय चिन्ने चिनाउने सूत्र हुन्छन् ।

२.१.२ सन्तानको समीक्षातर्फ झुकेका कथाहरू
मनोहर पोखरेल (राजविराज, सप्तरी) को ‘युग’ कथाले आफ्नै कमजोरीको सम्झना गर्छ । पहिले बाले भोेगेका दुःख आफैँले भोग्न थालिन्छ । अधिवक्ता मञ्जु कुमारी पौडेलको ‘कोख’ मा सन्तानले औषधि खर्च नजुटाएर मरेका ससुराका जवान बुहारीमाथि आलोचनाको झम्टा झम्टन्छ । सन्तानको आलोचनामा ममता मृदुलबाट ‘बरगाछी’ कथा लेखिएको छ । मिसु श्रेष्ठको ‘अतृप्त प्यास’ सन्तानले पर छाडेका बाआमाको कथा हो । सन्तानले ऋण बोकाएका बाबुआमाको दुःखको कथा म्यामराज राईले ‘नखाएको ऋण’ लेखेका छन् । सन्तान असल र विवेकी हुन्छन् भन्ने कुरामा टुङ्गो लागेको ‘थुक’ कथा रमेन्द्र कोइरालाले लेखेको पाइएको छ ।

रमेश मोहन अधिकारी (हेटौडा) को कथामा सन्तानले बाआमालाई मान गरेको विषय ‘आँसु’ भित्र पढिन्छ । अपराधी, पापी, कालोबजारीमा डुबेका सन्तानको कथा रचना शर्मा (चितवन) ले तितो सत्य शीर्षकमा लेखेकी छन् । लता के.सी.को ‘स्पर्श’ कथामा बाको गृहपे्रमलाई भव्यताका साथ उघारिन्छ । आफ्नी पत्नीको वियोगपछि उनै स्वर्गवासी पत्नीले छोएका कोठा, आँगन प्रिय लाग्न थाल्दछन् । छोराको समीक्षा भएको ‘उपहार’ कथा लक्ष्मण अर्याल (चितवन) बाट रचना हुन्छ जसमा छोराको उन्नति पछि बाआमा आश्रम धपाइन्छन् ।

शान्ता तिम्सिना (भक्तपुर) को ‘आर्शीवाद’ कथामा नयाँ पुस्ता आलोचित छ, एउटा भाइ बाको आर्शीवाद पाएर धनाढ्य हुन्छ , अर्को पापले गलेको छ । शुक्रराज कुँवर (सुनसरी) को अनमोल उपहार कथा सन्तानतर्फ झुकेको छ, सहयोगी नोकर पनि पात्र रहेको कथामा उमेरले मागेको वस्तु प्रदान गरिएको छ । सन्तानकै आलोचनार्थ लेखिएको शेखर अर्यालको ‘पश्चात्ताप’ कथामा बाको सम्मान कुनै पात्रले गर्ने र कुनैले कडा काम दिने अवस्थामा आबद्ध छ । डा. शेखरकुमार श्रेष्ठ (काठमाडौं) को ‘परियोजना कार्य’ कथामा नातिनातिनीको विवेकको सम्मान भएको छ । श्रीओम श्रेष्ठ ‘रोदन’ (ललितपुर) को कथा ‘छोरा’ मा सन्तानको कमजोरी देखाइन्छ, बाहिर गएको छोरो आमाबा बिरामी भएपनि, मरेपनि भावहीन बनेको प्रसङ्गबाट समय चिनाइन्छ । सन्तानको आलोचनार्थ लेखिएको सत्या अधिकारी (ललितपुर) को कथा धरातलले आलाकाँचा सन्ततिको व्याख्या लहराबाट गर्छ । सन्तानले वृद्धको सम्मान गरेको सुनीता निरौला पौडेल (राधेराधे) को कथा ‘आँसु’ आशावादी छ ।

३. निष्कर्ष
वृद्धाकाश प्रकाशक चट्याङ मास्टरको प्रकाशनमा आएको कथा सङ्ग्रहका सम्पादक पीपी कोइराला छन् । यी कथाहरू आमाबाबाका विषयतर्फ आकृष्ट हुने भन्ने भनाइ लिइन्छ र यी कथाका पात्रहरू बुढाबुढी र छोराबुहारी धेरै छन् । यी कथामा अर्काकी छोरी अथवा बुहारी अलिकति चञ्चल, छुची, दुष्ट हुने छन् भन्ने देखाउँदा अन्याय हुने भएको छ । आजको वस्तुतथ्य त्यस्तै नहोला तर मूलत : वृद्धवृद्धा यी र यस्तै समस्यामा परेको विषय समाजकै तथ्य हो ।

०००
मिति : २०८१।०८।२५

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिबे-नकटोलाई कन्याउँदा

चिबे-नकटोलाई कन्याउँदा

डा. खेमनाथ दाहाल
परिचय पत्र

परिचय पत्र

मन्दिरा मधुश्री
तागत…

तागत…

आर.सी. रिजाल
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
0
Would love your thoughts, please comment.x
()
x