साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरबा !

सान्निध्यले तिनै साहित्यकारका कुरा सुनायो । राजेशमानले आफ्नो वृद्धावस्था वृद्धाश्रममा बित्ने देखेर झसङ्ग भयो अनि जुरुक्क उठेर भन्यो- "हिँड् छोरा, हजुरबालाई लिन ।

Nepal Telecom ad

परशुराम पराशर :

“हजुरबा । ए हजुरबा !!” राजेशमानको छोरो सान्निध्य गाडीबाट ओर्लनेबित्तिकै कुदै र एकोहोरो कराउँदै मूलढोकातिर आयो ।

“आमा । हजुरबा खै ?” उसले आँगनमा उभिएकी आमासँग सोध्यो ।

“अहिले तिमीलाई किन चाहियो हजुरबा ? हामीलाई भन न के के भन्नु छ ? के के सुनाउनु छ ?” सन्ध्याले रातो अनुहार पार्दै प्रतिप्रश्न गरिन् ।

सान्निध्य काठमाडौँको प्रख्यात व्यापारी राजेशमानको एक्लो छोरो हो । ऊ सहरको प्रतिष्ठित बोर्डिङ स्कुलमा छ वर्षको हुँदादेखि नै बोर्डस् बसेर पढेको एक वर्ष भइसकेको थियो । ऊ हरेक पटक घर आउँदा उसलाई लिन मूलढोकामा आइपुग्ने हजुरबा नदेखेपछि सोधेको थियो । उसलाई सबैभन्दा बढी माया गर्ने, हजार कुरा सिकाउने, घर आउँदा ऊसँग खेल्ने साथीजस्तै प्यारो हजुरबालाई देखेन । छुट्टीमा घर आउँदा के के ल्याइदिने पनि गरेको थियो उसले ।

“यी मैले मेरो हजुरबालाई के ल्याइदिएको छु । हेर्नुस् त ।” उसले गोजीबाट मिल्कीबार चकलेट देखाउँदै भन्यो ।

“लल चुप लाग, पहिले तिम्रो झोला राख अनि कुरा गरौंला । मेरो छोरालाई मैले मिठो मिठो खानेकुरा ल्याइदिएकी छु, हेर्न भित्र जाऊँ त ।”

सन्ध्याले अल्मल्याउन भित्र बैठक कोठामा लगिन् । उसले चकलेट गोजीमै राख्यो र यताउति हेर्दै आमासँगै गयो ।

“हैन, यसलाई किन चाहियो हजुरबा ? हाम्रो त कुरै गर्दैन । अघि गाडीमा पनि हजुरबाकै कुरा गर्दै थियो ।” राजेशमानले भने ।

“ल, उहाँ त मेरो फेबरेट फ्रेन्ड हो नि त ।” सान्निध्यले बुबाको बोली सकिन नपाउँदै भनिहाल्यो ।

त्यस बेलासम्ममा काम गर्ने केटाले खानेकुरा ल्याइसकेको थियो । सान्निध्यका आमाबुबा खान थाले तर उसले खाएन ।

“किन नखाएको मेरो बाबु ? खाऊ ।” सन्ध्याले टाउको मुसार्दै भनिन् ।

“नाइँ के, खान्नँ । हजुरबा खै ? भन्नु न त ।” सान्निध्यले जिद्धी गर्यो ।

दुवैले फेरि मुखामुख गरे । राजेशमानले लामो सास तानेर भन्यो- “सान्निध्य । तेरो हजुरबा वृद्धाश्रममा बस्न जानुभएको छ । त्यहाँ उहाँलाई राम्रो छ । उस्तैउस्ता बुढाबुढी हुन्छन् त्यहाँ अनि कुरा पनि मिल्छ ।”

सान्निध्यले विद्यालयमा भएको वार्षिक कार्यक्रममा एक जना साहित्यकारले भनेको सम्झियो ।

उनले भनेकी थिइन्- ‘अहिले साना हुँदा बुबाआमाले छोराछोरीलाई आफूसँग नराखेर होस्टेलमा राख्छन् अनि त्यसको बदला उनीहरू पनि वृद्धवृद्धा आमाबुबालाई वृद्धाश्रममा नपठाएर के गर्छन् त । संस्कार नै त्यही सिक्छन् । माया भन्ने कुरा हामीले बुझाउन जानेनौँ भने उनीहरूले पनि हामीलाई माया गर्ने छैनन् ।’

“बाबा ! हजुरबाले तपाईलाई पनि होस्टेलमा राख्नुभएको थियो, हो ?”

“किन सोधेको छोरा, यो तैंले ?”

सान्निध्यले तिनै साहित्यकारका कुरा सुनायो । राजेशमानले आफ्नो वृद्धावस्था वृद्धाश्रममा बित्ने देखेर झसङ्ग भयो अनि जुरुक्क उठेर भन्यो- “हिँड् छोरा, हजुरबालाई लिन । उहाँ अब यहीं बस्नुहुन्छ । अनि तँ पनि अबदेखि घरबाटै स्कुल जाने है । म नै तँलाई पुऱ्याउन जान्छु ।”

बाबुछोरा गाडी लिएर वनकाली वृद्धाश्रमतिर लागे ।

०००
काठमाडाैं
सावधान ! (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
कालो कपाल

कालो कपाल

परशुराम पराजुली
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x