दिप मंग्रातीसमय
"अनि त्यो त तिम्रो गोत्र विरुद्ध भएन र...?" उसको व्यङ्ग्य । "भयो नि, गोत्र हत्यानै भयो नि ।" मेरो निर्धक्कको स्वीकारोक्ति अाज स्पष्ट भन्नु पर्दा मेरो लाजपचानी ।

दिप मंग्राती :
“भोट हालिस् त …? ” मित्रको प्रश्न ।
“हाले नि, आफ्नो मताधिकार कसरी खेर फाल्नु..? ” मेरो गोत्रको बिपरित जवाफ सुनेर ऊ चकित ।
“भने पछि आफ्नो सिद्धान्त सु सु गरेर फालिस् …?”
चुनाव धोका हो, पूजिपति, तागाधारी, साम्राज्यबादिहरुको खेल्ने खाने बहना हो भन्दै हिड्थिस् त । चुनाव बहिस्कार गर्नु पर्छ।अधिकार लडेर, खोसेर लिनु पर्छ भन्थिस्।अनि आज फेरि किन ओछ्यानमै सुसु गरिस् ..?”
“समय कुनै सिद्धान्तको अधिन हुँदैन। बरु सिद्धान्त समयको अधिन हुन्छ। न त पुँजिवाद, न मार्क्सवाद, न माओवाद, कुनै सिद्धान्त कालजयी छैनन् । माओवादले परिस्कृत गरेर साम्यवाद र पुजिवादलाई दुइ हातमा लिएर अघि बढिरहेछ। लेनिनवाद पनि, तेस्तै छ। आज आएर पुँजीवाद पनि परिस्कृत हुने संघारमा छ। तेसैले समय त आफ्नो चक्रमा घुमिरहन्छ। समयचक्रको बाटोमा कुन परिवेश आउछ तेहिअनुरुप, आफूलाई ढाल्न सक्नु,नै अस्तित्व रक्षाको मूल्मन्त्र हो।”
“तिमीले पनि रक्सी खानेलाई, जुवातास खेल्नेलाई, दादागिरी देखाउनेलाई भाँटा हानेका होइनौ ? भाँटा हानेरै दाईं गर्छौं भनेका होइनौ ? आज आफै मत्थु भएर हिँड्छौ, दादागिरि गर्छौ, भने पछि, के बुझ्नु अब…?”
“उसबेला आफूसँग खाने नभएर, अरुले खाएको देखेर आरिस गरेको बुझ्नु, ?”
“आफूसँग कौडी नभएर दाउ नहालेको बुझ्नु ?”
“आफूसँग शक्ति नभएर अरुले दादागिरि गरेको नपचेको बुझ्नु ?”
“खुबै पुँजीवादको बखान गर्थ्याै, के हो तिम्रो पसँजिवादको सार्थकता ..? फर्केर हेर त पश्चिमतिर …? कुन संघारमा उभिएको छ पुँजीवाद… ?”
“तेसैले समय अनुसार आफूलाई ढाल्नु पर्छ।”
“ठिकै छ त भोट चाहिँ कसलाई हाल्याै त ?” भनन ।
“उसैलाइ …. !” किनकि थाहा छ, उसैले जित्छ, हार्नेलाई ठप्पा लगाएर मेरो ठप्पाको अवमूल्यन म आफै किन गर्ने ?”
“अनि त्यो त तिम्रो गोत्र विरुद्ध भएन र…?” उसको व्यङ्ग्य ।
“भयो नि, गोत्र हत्यानै भयो नि ।” मेरो निर्धक्कको स्वीकारोक्ति अाज स्पष्ट भन्नु पर्दा मेरो लाजपचानी ।
“अनि किन त यसरी तिनसय साठी डिग्रीमा घुम्याै त…?”
“किनकि मलाई थाहा छ, मैले नखाए पनि अरुले खाइ हाल्छन्।”
“मर्नु भन्दा बहुलाउन निको ।”
“त्यसैले मैले पनि खाएँ नि.. आची ।”
०००
Subscribe
Login
0 Comments
Oldest






































