साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली ( काव्य शृङ्खला- ३४)

डाेरी बाट्न प्रयोग नित्य गरिने ताेस्राे बुबाको थियो ।। बट्म्याैटाे पनि बुझ्न सक्छ कसले आकार कस्तो थियो ?।। छन् हाम्रा तनया वधू अझ सबै शिक्षार्थमा झन् धनी । गुन्द्री बन्न परेन बिर्सिनगए, के हाे हतासाे भनी ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

पुराना सामानकाे खाेजी

जाेत्ने खेत हलाे जुटाउन सदा चाहिन्छ के के कुरा ।
बुझ्लान् खै कसले भरे अब उता अञ्जान हुन्छन् भुरा।।
फाली त्याे करुवा अनाै हरिस या पाटी र ठेडी, भर ।
जाेताराे अझ साेइलासित जुवा सम्झन्छ काे हल्लुण ?।।१८३।।

भुल्दै छाैँ अहिले समस्तजनले यस्ता पुराना चिज।
थाल्याैँ हेर्न अगाडि मात्र जहिल्यै हूँ झैँ गरी दिग्गज।।
ठेकी टाेलुङ गाेठकाे न त रह्यो हर्पे मधानी भयाे ।
नेती चट्ट छिनेछ बाट्छ कसले घुर्राे कता अल्पियाे।।१८४।।

आरी फाम रहेन खै त, घरमा माेही मिठाे बन्दथ्याे ।
सारा सिल्बर पात्रले घर भरे काठे दुधेराे सुक्याे ।।
राख्ने तेल सदा मुमा हजुरकाे चाैँठाे हरायो गयाे ।
माली कस्मलमा परेछ, गरियो सङ्घारमा थन्कियाे।।१८५।।

काेठे बाकस चाँपका अघि थिए हुन्थ्यो त्यहीँ बिस्तरा।।
टिक्ने त्याे सयवर्षसम्म घरमा भन्थिन् मुमाले बरा ।।
साना कन्तुरकाे थिएन गणना छन् सम्झनामा तर ।
हाेलान् यी सरजाम आजतक नै, खाेज्दा कसैका घर ।।१८६।।

डाेरी बाट्न प्रयोग नित्य गरिने ताेस्राे बुबाको थियो ।।
बट्म्याैटाे पनि बुझ्न सक्छ कसले आकार कस्तो थियो ?।।
छन् हाम्रा तनया वधू अझ सबै शिक्षार्थमा झन् धनी ।
गुन्द्री बन्न परेन बिर्सिनगए, के हाे हतासाे भनी ।।१८७।।

बाक्ला भड्डु तथा समस्त घरमा उम्दा कसाैँडी थिए ।
आँटाे चामल पाक्दथ्याे, गजबले सारा यिनी थन्किए ।।
हे देवी उपभाेग्य वस्तु अघिका गर्दै सदा सञ्चित ।
जे जे छन् पछि संग्रहालय लगी राख्नू सुरक्षासित ?।।१८८।।

(क्रमशः)

०००
हाल: काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x