साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ६४)

आएँ धरामा कुन कर्मसाथमा लिएर जाने चिज के छ हातमा न साेच आयो दिलमा निरन्तर याे देह पारूँ अब विष्णु मन्दिर।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

निराशले मानव पस्छ खाडल
अठाेटमा मिल्छ विशेषता, फल
सङ्कीर्णका बीज सबै हटून् पर
याे देह पारूँ अब विष्णु मन्दिर।।४०७।।

संसारका साेच थिए भयङ्कर
अपूर्णमै पूर्णविराम छन् पर
तथापि लाग्दैन कुनै ठुलाे डर
याे देह पारूँ अब विष्णु मन्दिर।।४०८।।

पसेर हिँड्दै परिवार कुञ्जमा
रमाउँदै झन् धनधान्य पुञ्जमा
जे हात पारेँ फल ठान्छु सुन्दर
याे देह पारूँ अब विष्णु मन्दिर।।४०९।।

जम्मा गरेँ अर्थ अनेक भाैतिक
भएन याे जीवन खै अलाैकिक
सँघारमा छन् असरल्ल जन्जिर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१०।।

भाेगेँ अनेकौँ सुखसार,सङ्कट
खाली छ मेराे दिलदारकाे घट
हटाउँदै मानसका सबै पिर
याे देह पारूँ अब विष्णु मन्दिर।।४११।।

अपूर्णकी अस्थिर कामनासित
पूर्णेन्दुमा पुग्छु मिलाउँदै हित
भनेर लागेँ अझ झाँगियाे पिर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१२।।

पछ्याउँदै छिन् अझ कामना तर
भरङ्ग पार्छिन् दिल चञ्चले छ र।
बनाउँदै नित्य म चित्त सुस्थिर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१३।।

आएँ धरामा कुन कर्मसाथमा
लिएर जाने चिज के छ हातमा
न साेच आयो दिलमा निरन्तर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१४।।

( क्रमशः)

०००
२०८१/४/१७

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x