साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिक : अनुभवको संगालो

सम्बद्ध पक्षले अध्ययन विश्लेषण गरी ज्येष्ठ नागरिकहरूको हक अधिकार व्यावहारिक रुपमै कार्यान्वयन गराउनमा सबै पक्ष लाग्नुपर्ने अवस्था छ ।

Nepal Telecom ad

समाजले ज्येष्ठ नागरिकको अनुभवबाट धरै कुरा सिक्न सक्छ तर राज्यले पनि अप्ठ्यारो परेको बेला जेष्ठ नागरिकबाट अनुभव लिएर काम लिन सक्छ । अझ यो त स्थानीय निकायमा अझ धेरै उपयोगी हुन्छ तर यसो गरेको देखिँदैन ।

ज्येष्ठ नागरिक भनेका देशका गहना हुन् । उनीहरूसँग लामो अनुभव हुन्छ त्यस्तो अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गर्न सके त्यसबाट युवाहरूले धेरै कुरा सिक्न सक्छन् । तर हाम्रो परिवारमा नै बुढाबुढी भइसकेपछि आफ्नौ बाबुआमाको कुरा नसुन्ने, केही कुरा भनिहाले भने पनि पुरानो पुस्ताको मान्छेलाई अहिलेको कुरा के थाहा भनेर बेवास्ता गर्ने परम्परा बढ्दै गएको देखिन्छ ।

ज्येष्ठ नागरिकमा भएको ज्ञान सिप र अनुभवको सही तरिकाले सदुपयोग गर्नुपर्छ । हुन त ज्येष्ठ नागरिक भएपछि कमजोरी, एक्लोपना, दिक्दारी, मानसिक विचलन, हिनताबोध लगायतका समस्याहरू आउने गर्दछन् । यस्तो अवस्थामा ज्येष्ठ नागरिकलाई सेवा तथा स्याहारको आवश्यकता पनि पर्दछ जुन नेपालमा कमैमात्रामा गरिन्छ । ज्येष्ठ नागरिक अनुभवको संगालो हुन् । उनीहरूका सर्वाङ्गीण हित, संरक्षण र सामाजिक सुरक्षाको लागि संयुक्त परिवार, बालबालिकाको बीचमा रहने वातावरण, सामाजिक, आर्थिक, नैतिक, बौद्धिक, शारीरिक र मानसिक (मनोवैज्ञानिक) स्वास्थ्यमा ध्यान पुर्‍याउन आवश्यक हुन्छ । नेपालमा ज्येष्ठ नागरिक ऐन, २०६३ छ । यो ऐनको मुख्य उद्येश्य ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने भन्ने हो । दफा २ (क) मा ‘ज्येष्ठ नागरिक’ भन्नाले ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक, (ख) ‘असहाय ज्येष्ठ नागरिक’ भन्नाले देहायको कुनै वा सबै अवस्थाका ज्येष्ठ नागरिक सम्झनुपर्छ । जस्तै- (१) जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको, (२) पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको, (३) परिवारको सदस्य भएपनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नुपरेको व्यक्ति । (ग) मा ‘अशक्त ज्येष्ठ नागरिक’ भन्नाले शारीरिक वा मानसिक रुपले अशक्त ज्येष्ठ नागरिक सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । दफा २ (च) मा ‘पालनपोषण तथा हेरचाह’ भन्नाले ज्येष्ठ नागरिकलाई खाने, लाउने, बस्ने, घुमफिर गर्ने, मनोरञ्जन गर्ने र धार्मिक कार्यमा संलग्न हुने तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाउनेजस्ता कार्य सम्झनुपर्छ भन्ने उल्लेख छ ।

ऐनको दफा २ (छ) मा ‘परिवारको सदस्य’ भन्नाले ज्येष्ठ नागरिकको नातेदार- (१) सगोलको छोरा, बुहारी, छोरी, छोरातर्फको नाति, नातिनी, (२) उपखण्ड (१) बमोजिमका सदस्य नभएमा छुट्टिई भिन्न बसेको छोरा, बुहारी, छोरी, छोरातर्फको नाति, नातिनी, उल्लेख गरिएको छ । (३) उपखण्ड (२) बमोजिमको नातेदारसमेत नभएमा नजिकको अन्य नातेदार र (ज) मा ‘हकवाला’ आदि उल्लेख छ । त्यसैगरी दफा २ (झ) मा “ज्येष्ठ नागरिक क्लव” आदिबारे उल्लेख गरिएको छ । प्रचलित कानूनबमोजिम ज्येष्ठ नागरिक हकहित संरक्षण र कार्यान्वयनका लागि नेपाल सरकारले विभिन्न नीति तथा कार्यक्रमहरू तय गरेको छ । जस्तै- ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता, यातायात, स्वास्थ्य उपचार आदिमा केही छुटको व्यवस्था आदि छन् । तर, नेपाल सरकारद्वारा उपलब्ध गराइएका ज्येष्ठ नागरिकको भत्ता वितरणमा सहजीकरण भएको देखिँदैन ।

अत्यन्त अशक्त व्यक्ति (ज्येष्ठ नागरिक) भत्ताको लागि लाम लागेर सास्ती भोगिरहनुपरेको अवस्था देखिन्छ । कतिपय ज्येष्ठ नागरिकहरू आँखा देख्न नसक्ने, हिँड्न नसक्ने, बिर्सने रोग एवं अशक्त अवस्थामा हुन्छन् । त्यस्ता ज्येष्ठ नागरिक जो नजिकका आफन्त पनि सहयोगीको रुपमा छैनन्, त्यस्ता व्यक्तिलाई स्थानीय सरकारका प्रतिनिधि, कर्मचारी, समाजसेवी एवं बैककै कर्मचारीले समेत व्यवहारिक रुपमा सहजीकरण गर्न आवश्यक छ ।

एकातिर राज्यद्वारा उपलब्ध गराइएका सामाजिक सुरक्षा भत्ता पाउन ज्येष्ठ नागरिकलाई कठिनाई खेपिरहेका छन् भने अर्कोतिर कतिपय ज्येष्ठ नागरिकताबिहीन अवस्थामा छन् । त्यस्तै कतिपय कर्मचारीहरूले नै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता आफैँले गायव गरिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशमा संघीयता लागू भएपछि सबैभन्दा बढी भ्रष्टाचार स्थानीय निकायमा हुने गरेको छ । धेरैजसो हिनामिना सामाजिक सुरक्षा भत्तामा हुने गरेको उल्लेख छ । यतिमात्र होइन सार्वजनिक यातायात आदिमा पनि ज्येष्ठ नागरिकले सिटको सदुपयोग गर्न पाइरहेका छैनन् । उल्लेखित प्रतिनिधिमूलक घटना र अवस्थालाई सम्बद्ध पक्षले अध्ययन विश्लेषण गरी ज्येष्ठ नागरिकहरूको हक अधिकार व्यावहारिक रुपमै कार्यान्वयन गराउनमा सबै पक्ष लाग्नुपर्ने अवस्था छ ।

समाजले जेष्ठ नागरिकको अनुभवबाट धरै कुरा सिक्न सक्छ तर राज्यले पनि अप्ठ्यारो परेको बेला जेष्ठ नागरिकबाट अनुभव लिएर काम लिन सक्छ अझ यो त स्थानीय निकायमा अझ धेरै सान्दर्भिक हुन्छ तर यसो गरेको देखिँदैन ।

कुल जनसंख्याको ८ दशमलव १३ प्रतिशत ज्येष्ठ नागरिक छन् । नेपाल सरकारले ज्येष्ठ नागरिकलाई मासिक रूपमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ तर त्यो पर्याप्त छैन । सरोकारवाला निकायबीच समन्वयका लागि केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समिति र सबै जिल्ला तथा स्थानीय तहमा ज्येष्ठ नागरिक कल्याण समिति गठन भएका छन् । जेष्ठ नागरिकका लागि परिवार, समुदाय र राज्यले विशेष ध्यान दिन सक्नुपर्छ । घर परिवारका सदस्यले यथोचित माया, ममता, प्रेम र समय दिनुपर्छ । स्वास्थ्य सेवामा विशेष सहुलियत, बेसहारा र अशक्त जेष्ठ नागरिकलाई विशेष भत्ताको व्यवस्था, जेष्ठजनको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्य उपचारजन्य विषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, सञ्चार माध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतना कार्यक्रम सञ्चालन हुनुपर्छ ।

(लेखक अधिवक्ता हुनुहुन्छ)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x