साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपवास

मैले नसके पछि लोभले आफ्नै शरीर सुकाउन थाल्यौ हैन । अहिले त त्यागीले हार्ने र भोगी जित्ने समय हो । खै, कुरा बुझेको ?’

Nepal Telecom ad

‘ए नानी, तिम्री महतारीलाई एउटा कुरा भनिदेऊ त !’ नरबहादुरको बोली सुनेर छोरीले प्याच्चै भनिदिई; ‘जे सुनाउनुछ, आफ्नी प्यारीलाई सुनाउनु क्या ! मलाई माध्यम किन बनाउन खोजेको ?’

आफूले जन्माएकी र उम्रेर दुई पात मात्रै भएकी छोरीको कठोर बोलीले नरेको मनमा च्वास्स घोच्यो । गम खाँदाखाँदै ऊ रिसले धुँवा भयो । छोरीको मुख च्यातिदिने र गालामा स्पष्ट पञ्जा छाप बनाइदिने मन भयो । तर आफूले भर्खरै गरेको प्रतिज्ञा सम्झेर ऊ टक्क अडियो ।

‘कुरा त सुन । त्यसपछि जे गछ्यौ गर ।’ उसले अनुहारमा कृत्रिम हाँसो ल्याउँदै यत्ति भन्यो ।
‘महाभारत र रामायणका तानाबुना नबुनी एकोहोरो सुनाउनुस् । प्रश्न नसोध्नुस् । चुपचाप आफ्नो थान्कामा थन्किनुस् । किनभने मैले हमवर्क गर्नुृछ । नत्र भोलि स्कुलमा हेन बन्नुपर्छ ।’ छोरीले सर्तसहितको फेहरिस्त प्रस्तुत गरिन् ।

‘मैले २०७९ असार महिनामा नौ दिन २४ घण्टे उपवास र आंशिक मौनधारण गर्ने निणर्य लिएको छु । हरेक शुक्रबार र मंगलबार मेरा लागि खाना नपकाउनू । सम्झी राख, असार ३, ५, १०, १२, १७, १९, २४, २६ र ३१ गते ।’ उस्तै फेहरिस्त सुनाएर नरे काममा लाग्यो ।’

बेलुका पत्नीको बोली सुनेर नरेको मुख बन्द भएको अझै खुलेको छैन । बोली थियो; ‘महंगीमा खर्च घटा भन्थ्यौ । मैले नसके पछि लोभले आफ्नै शरीर सुकाउन थाल्यौ हैन । अहिले त त्यागीले हार्ने र भोगी जित्ने समय हो । खै, कुरा बुझेको ?’

२०७९/०३/०२ सिर्जनाकुटी, सिरहा ।

nandalalacharya@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x