साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हवाइबालाहरू

यी सुन्दरी बालाहरू गीत गाएर होइन मुसुक्क मुस्काइदिएरै गाहकीहरूलाई हुरूक्कै र भुतुक्कै पारी आफ्नो सामग्री हावाजहाजभित्रै सक्नेछन् ।

Nepal Telecom ad

हावाजहाजभित्र बसेर उड़्नु मज्जा कि नमज्जा त्यो ता उड़्नेहरूलाई मात्र थाहा छ । कतिवटा हावाजहाजले खानेकुरो सित्थैमा दिँदोरहेछ भने कतिले चाहिँ मनग्गे खानेकुरो दिएर पैसा असुल गर्दोरहेछ । यसपाली यस्तै एउटा हावाजहाजमा उड़्ने मौका जुऱ्यो मलाई । रनवेमा हावाजहाज गुड़्ने बित्तिकै सुन्दरी सुन्दरी हवाइबालाहरूले किसिम किसिमका निर्देश दिएपछि एकक्षणमा भटाभट खानेकुरो बाँड़्ने काम भयो । कतिले खाए कतिले फर्काए ।

एकक्षणपछि एकजना सुन्दरी हवाइबाला आएर सुरिलो स्वरमा भनिन्, ‘तपाईं बस्नुभएको सिटको अघिल्तिरको खोपिल्टामा हाम्रो कम्पनीको एउटा पत्रिका छ… हेर्नुहोस् र हाम्रो कम्पनीद्वारा उत्पादित (विभिन्न सामग्रीको नाम र दाम समेत) सामग्री अहिल्यै नै किन्नुहोस् …अब हामी केही क्षणमै हाम्रो गन्तव्यस्थलमा ओर्लनेछौं । अर्की सुन्दरी हवाइबाला मुस्कुराउँदै भन्न थालिन्, ‘हामीसित यस्तो स्वादिष्ट खानेकुराहरू पनि छन्… जसले लिन चाहनुहुन्छ बटन् थिच्नोस् हामी तपाईंको काखैमा आइपुग्छौं ।’

यसपालीको यो हावाइ यात्रामा हवाइबालाहरूले आफ्नै कम्पनीद्वारा उत्पादित सामग्री जबरजस्ती हवाईयात्रुहरूलाई किनाउने लिँड़ेढिपी गरेका देख्दा रेलमा चढे़र यात्रा गरेजस्तै नै लाग्यो । रेलमा पनि ता स्टेशन स्टेशनमा घुमन्ते पसलेहरू चढ़ेर किसिम सामग्री जबरजस्ती बेच्ने गर्दछन् । हवाइजहाजभित्रका सुन्दरी हवाइबालाहरूको बान्किलो मुहार, सुरिलो बोली, सलक-सलक परेका कोमल आकर्षिला हातहरूले आफू बसेको अघिल्तिर मुस्कुराउँदै उभिदिँदा कुन हरिलट्ठकले उनीहरूले ल्याएका सामग्री फर्काउने आँट गर्लान् । रेलमा सामग्री बिकाउनेजस्तो डिङ्गर काले न काले, कोही लुङ्गी लाउने चाहिँ हावाजहाजभित्र हुँदैन कुरा त्यति मात्रै फरक हो ।

हावाजहाजभित्र सुन्दरीसुन्दरी हवाईबालाहरूले आफ्नो कम्पनीको सामग्री बिकाउने भरमग्दूर प्रयास गरेको देख्दा मलाई कस्तो लाग्यो भने निकट भविष्यमा बादलको थुम्का थुम्कामा हवाइ स्टेशन बनिनेछन् र त्यहाँ पाँच/दश मिनटको निम्ति हावाजहाज रोकिनेछ अनि उक्त हावाजहाज कम्पनीकै सुन्दरीसुन्दरी युवतीहरू हावाजहाजभित्र मुस्कुराउँदै चढ़ेर आफ्ना कम्पनीका सामग्रीहरू बेच्न हवाइयात्रुहरूलाई वाक्कै र दिक्कै लाउनेछन् । पाइलट र सहपाइलट एकक्षण हावाजहाजबाट ओर्लेर कुनै होटल वा रेष्टुराँमा चियापानी गर्नेछन् । रेलभित्र घुमन्ते पसलेहरू गीत गाउँदै, किसिमकिसिमको आवाज निकाल्दै आफ्नो सामग्री बिकाउन लागे झैँ यी सुन्दरी बालाहरू गीत गाएर होइन मुसुक्क मुस्काइदिएरै गाहकीहरूलाई हुरूक्कै र भुतुक्कै पारी आफ्नो सामग्री हावाजहाजभित्रै सक्नेछन् ।

तर एउटा कुरो केमा सञ्चो लागेको छ भने, रेलमा चढ़ी दिल्ली, मुम्बई, बङलोरबाट आउँदा स्टेशनै पिछे भाइ (किन्नर) हरू थपड़ी बजाउँदै ग्वारग्वार्ती रेलमा चढ़ी पैसा मागेजस्तो वा पैसा नदिँदा चिरिक्कै चिमोटेजस्तो कम्तिको पनि हवाइजहाजमा हवाइबालाहरू पनि ग्वारग्वार्ती हवाइजहाजमा चढ़ेर पैसा माग्नु ता परै जावोस् त्यसरी चिरिक चिरिक नचिमोट्लान्। फेरि रेलका यात्रुहरू पनि कति ता त्यस्तै हुन्छन् नि मोराहरू! किन्नरले मज्जाले चिमोटोस् नै भनेर रेलको बर्थमा सुतेको बहना गरी सुतिदिन्छन् । किन्नरको चिमोटाइमा टेसिलो आनन्दनाभूति उपलब्ध हुँदो हो मोराहरूलाई । तर हावाजहाजमा सुत्ने ठाउँ भा’पो सुतेकोजस्तो बहना गर्नु ? तर मेरा विचारमा किन्नरहरूको छिप्पेको औँलीको चिरिक्कै चिमोटाइभन्दा पनि हवाइबालाहरूको मुस्काइ नै काफी छ हवाइयात्रुहरूलाई ।

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x