साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब हामी किन चाहियो र !

पोखरी पुरै खाली छ अब तिमीले जत्ति बाँकटे हाने पनि हुन्छ रङ्गमञ्च पुरै खाली छ अब तिमीले जत्ति नाटक देखाए पनि हुन्छ ।

Nepal Telecom ad

(हेटौँडाको साहित्यिक गतिविधिलाई सम्झेर लेखिएको)

मान्छेको कमी हुँदैन
मालाको कमी हुँदैन
प्रशंसाको कमी हुँदैन
तालीको कमी हुँदैन
खर्चको कमी हुँदैन
अब हामी किन चाहियो र !

मान्छे हामीले जम्मा गरिदिएकै छौँ
फूल हामीले रोपिदिएकै छौँ
दर्शक र श्रोता हामीले खोजिदिएकै छौँ
हातहरू हामीले ठिक्क पारिदिएकै छौँ
बैँक हामीले भरिदिएकै छौँ
अब हामी किन चाहियो र !

कुर्सीमा बस्न नपाएर
पद ओगट्न नपाएर
अबीर दल्न नपाएर
माला लाउन नपाएर
पैसा उडाउन नपाएर
नमस्ते खान नपाएर
तिमीलाई खूब औडाहा भएको थियो
तिमीलाई खूब छटपटी भएको थियो
तिमीलाई खूब डाहा भएको थियो
तिमीलाई खूब ईर्ष्या भएको थियो ।

कुर्सी पनि सप्पै तिम्रै हो
पद पनि सप्पै तिम्रै हो
अबीर पनि सप्पै तिम्रै हो
माला पनि सप्पै तिम्रै हो
पैसा पनि सप्पै तिम्रै हो
नमस्ते पनि सप्पै तिम्रै हो ।

मैदान पुरै खाली छ
अब तिमीले जत्ति लडीबुडी गरे पनि हुन्छ
पोखरी पुरै खाली छ
अब तिमीले जत्ति बाँकटे हाने पनि हुन्छ
रङ्गमञ्च पुरै खाली छ
अब तिमीले जत्ति नाटक देखाए पनि हुन्छ
ब्यानर पुरै खाली छ
अब तिमीले जत्ति ब्रस दौडाए पनि हुन्छ ।

अब हामी किन चाहियो र !
अब हामी किन चाहियो र !!
अब हामी किन चाहियो र !!!

२०७९ वैशाख ६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x