साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वागतको विडम्बना

अनि जब केही मानिसहरू सहजताका निम्ति यहाँ आएर बस्छन् तब एक्कासि भाषण ठोक्न थाल्नुस् । जनतालाई त झुक्याएर पो समाउने हो त !’

Nepal Telecom ad

हरिशंकर परसाई :

अनुवाद : : रमेश समर्थन

यो समाचार बैतुलको हो । (सहायक राज्यमन्त्री )उपमन्त्री गुमस्ता साहेब पञ्चायतहरूका पञ्चहरूका सामु भाषण गर्न गए ।

सबै व्यवस्था भएको थियो । सयौंका सङ्ख्यामा पञ्चहरू आउने भएका थिए । तर जब गुमस्ता साहेब त्यहाँ पुगे, त्यहाँ त पाँच छ जना मात्र पञ्च उपस्थित थिए । आउने भनेर पनि आखिरमा पञ्चहरू (सहायक राज्यमन्त्री) उपमन्त्रीको भाषण सुन्न आएनन् ।

तर व्यवस्था मिलाउने अधिकारीहरू निकै चलाख निस्के । उनीहरूले तत्कालै त्यहाँका विद्यालयहरू बन्द गराए अनि त्यहाँका शिक्षकहरूलाई त्यहाँ पुर्‍याए र पञ्चहरूका ठाउँमा बसालिदिए । सबै आसनहरू भरिए । पञ्चायतका पञ्चहरूका ठाउँमा विद्यालयका शिक्षकहरू बसे अनि प्रस्तावहरू एकपछि अर्को गर्दै पारित हुन थाले ।

सबै प्रस्तावहरू सर्वसम्मतिले नै पारित भए । पञ्चहरूको सभामा पञ्चहरूकै अनुपस्थितिमा पञ्चायतसम्बन्धी प्रस्तावहरू पारित भए ।

फेरि एउटा अखबारको समाचार पढेर त झन् मज्जा पो आयो । समाचारमा ती अधिकारीहरूको प्रशंसामा लेखिएको थियो, ‘अधिकारीहरूले पञ्चहरूका ठाउँमा शिक्षकहरूलाई ल्याएर परिस्थितिलाई अनुकूल बनाए । अर्थात् शुद्ध घिउ भनेर वनस्पति घिउ बेच्ने साहूको जस्तो प्रशंसा हुन्छ त्यस्तै प्रशंसा भयो ती अधिकारीहरूको पनि ।

अब भने ती अधिकारीहरूलाई यसको पनि बानी परिसकेको छ । जुन नेताको भाषण कसैले सुन्न चाहँदैन त्यस्तो नेता आउँदा उनीहरू विद्यालयबाट शिक्षक र विद्यार्थीलाई हाँक्दै लैजान्छन् र दर्शकश्रोता बनाएर राखिदिन्छन् । उनीहरू यसो किन पनि गर्दछन् भने उनीहरूलाई थाहा छ, कसरी विद्यालयनिरीक्षणका दिन शिक्षकहरूले शून्य उपस्थितिलाई सयमा परिणत गर्दछन् ।

अचेत भाषण सुन्ने फुर्सद कसैलाई छैन । अनि भाषणयुगमा जन्मेका यी भदौमा आँखा फुटेको गोरुजस्ता नेतालाई भाषण नठोकी पनि हुन्न । यहाँ जबलपुरको तिलकभूमि तलैयामा बिचराहरू दिनभरि ढ्वाङ फुकेर सभाको आयोजना गर्छन् तर त्यहाँ पुग्छन् त्यही पच्चिस जना जति मात्र । त्यसैले त त्यस दिन तरणतारण जयन्तीमा हजारौंको सङ्ख्यामा आएका महिलापुरुषको समूह देखेर नेताहरूको मनमा फेरि हरियाली छाएको थियो नि ! उनीहरूलाई त यस्तो लाग्यो मानौं कुनै भोको मानिसका सामु छपन्न प्रकारको खानेकुरा राखिएको होस् । अनि त के चाहियो र ? त्यस दिन कैयौं नेताहरूले भाषण गर्ने मनको धोको पुरा गरे । त्यस दिन त उनीहरूलाई खुसीकै कारणले निँद पनि परेन होला !

यस्ता नेताहरूको सभामा भन्दा बढी भिड त चोकमा उभिएर सर्प र बिच्छी देखाएर औषधि बेच्नेहरूले जुटाउँछन् ।
तिलकभूमिमा त जुन दिन लाउडस्पिकर लागेको देखिन्छ त्यस दिन त्यहाँका स्थायी निवासी पनि एक दिनका निम्ति अन्तै गइदिन्छन् । एक दिन त के भयो भने दलका मानिसहरू लाउडस्पिकर लगाएर साँझको छ बजेदेखि साढे सात बजेसम्म बसिरहे तर श्रोताको मुख देख्न पाएनन् अर्थात् उनीहरू नदारद ! अनि एउटा नेताले मसँग आएर भने, ‘के भएको हो यी जनतालाई ? किन आउँदैनन् मान्छेहरू ?’

अनि मसँगै बसेका एक जनाले भनिदिए, ‘तपाईंहरू यो लाउडस्पिकरको खोल थुतेर फ्याल्नुस् । यो देखे कि मान्छे बिच्किन्छन् र आउँदैनन् । अनि जब केही मानिसहरू सहजताका निम्ति यहाँ आएर बस्छन् तब एक्कासि भाषण ठोक्न थाल्नुस् । जनतालाई त झुक्याएर पो समाउने हो त !’

०००
‘हरिशंकर परसाईं ग्रन्थावली’ भाग ६ बाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x