साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डङ्कुटी डङ्… डङ्कुटी डङ्… (२)

बरु निगार चलाउँदा के हुन्छ होला हिङ नभए नि हिङको टालोले नै चलाउनर्ला गमसफुल : हरियो भाले जति सबै जङ्गल पसिसके कोही हिलाको दलदलमा फँसिसके कोही काँचुली फेर्न ओथ्रा पसिसके लट्ठीपट्ठी कसी कोई उठीवास लागिसके ।

Nepal Telecom ad
कृष्ण प्रधान  :
(प्रस्थान हुन अघि धधङ्बे बड़ाले कुकुरजस्तो अभिनयमा सबैलाई हेर्छ । एकक्षणपछि धधङ्बे बड़ा कुकुरजस्तो भुक्न थाल्छ… एकक्षणमा रुन थाल्छ…. टोकुँलाजस्तो गरेर…. ङ्यार कि ङ्यार गर्छ… सबै छक्कै पर्छन् । जुरुक्कै उठेर चार हात-पाउ टेक्दै कुकुर स्टाइलमा पर… सोफाको छेउमा हात-पाउमध्ये एउटा खुट्टा उचालेर कुकुरले तुर्क्याएकोजस्तो गर्छ । तुर्क्याइजस्तो गरिसकेपछि कुइँ…. कुइँ गर्दै गमसफुललाई सुँघ्न जान्छ । धधङ्बे बड़ाको कुकुर स्वाभाव देखेर गमसफुल कहालिँदै पलङमाथि चढ्छिन्…. सबै छक्क पर्छन् । धधङ्बे बड़ा चार हात पाउ टेकी जिब्रो निकालेर स्वाँ… स्वाँ गरिबसे पनि तर सहायक धोम्बेलाई भने कुनै असर वा प्रभाव परेको देखिँदैन ।)
भम्पे : औ…. तिम्रा धोम्बे धधङ्बे बड़ालाई कुकुर भूतले भेटेको छ कि चुँड़ेल्नी कुकुरले भेटेको छ । आम्बो… बूढ़ोले ती कुकुरले तर्क्याएको ता डिट्टो पो गरे ता हौ ।
धोम्बे : (गम्भीर मुद्रामा) त्यस्तो कुनै भूतले भेटेको होइन ।
डुकुलण्ठक : (आतङ्कित मुद्रामा) अनि…
धोम्बे  : हैन एकपल्ट नागाल्याण्डमा चिन्ता बस्न गएका थियो । त्यहाँ एउटा घरमा कुकुरको मासुको मोमो दिएछ… त्यो मोमो खाएपछि… बूढ़ालाई यस्तो भएको हो । नागाल्याण्डबाट फर्किँदा बाटोमा ट्रेनमा कुकुर भएर जीआरपीले सात दिनसम्म कुकुरको खोरमा थुनेर कम्ति ता बिजोग पारेको होइन अनि ।
गमसफुल  : (डराउँदै जिज्ञासु भएर) अन्त सधैँ भेटछ कुकुर हुने बेथाले ?
धोम्बे : सधैं ता हुँदैन… खोई कुने बेला के हुन्छ… अन्त कुकुर हुनथाल्छ ।
भम्पे  : अहिले पनि कुकुर नै छ है….
धोम्बे : यसको दबाई मसित छ नि….
गमसफुल  : अऩ्त दवाई दि हाल न धोम्पे नानी ।
धोम्बे ; लु हेर्नोस् ल अब मेरो दबाई । बच्चा…. बच्चा…. बच्चा….. च्चः… च्चः… च्चः… बच्चा… बाच्चा… (कुकुरजस्तो निकैबेर चुइँकिएपछि धधङ्बे बड़ा सद्दे मानिसको रुपमा परिवर्तन हुन्छ) ।
धधङ्बे बड़ा : (आफ्नो सेमे सरजाम टिप्दै) लु… धोम्बे…. जुम्…. (गमसफुललाई पलङको कुनामा डरसरि भएर उभिएकी देखेर) हन गमसफुल नानी ता पलङमाथि पो छिन्… तर पलङमाथि उभिँदा हाम्री गमसफुल नानालाई ब्यूटी देख्दोरहेछ है…. (धोम्बेलाई) लु चलो भैया…. (दुवै प्रस्थान) ।
ध्वनि सहित दृश्य परिवर्तन
गमसफुल र डुकुलण्छठकको आँगन । चिन्ताको निम्ति थान बनाइएको छ । झाँक्री धधम्बे बड़ा सेतो जामा, घण्टी, शिरमा फेटा बाँधी प्वाँखहरु सिउरेका छन् । गाउँका युवा-युवती ल्याम्टे, तिखुले, चाउरे, रिट्ठे, गट्ठे, लट्टे, म्याउँची, थुप्री, हामपोक्ची, हाँसुली, प्याकुलीहरू चारैतिर बसेका छन् । रोगी लठिबज्रेलाई एउटा आसनमा राखिएको छ ।े
धधम्बे बड़ा : (काम्दै आफै ढ्याङरो बजेको आवाज बक्न थाल्छ)
डङ्कुटी डङ्….डङ्कुटी डङ्….
डङ्कुटी-डङ्कुटी डङ्कुटी डङ्…..
(नाच्न थाल्छ । नाच्दा घण्टी बजेको सुनिन्छ ।)
धोम्बे : सैसै ला बोन्बो सैसै हो
यहाँको खेल नै यस्तै हो……
(डङ्कुटी डङ्….डङ्कुटी डङ्…)
भम्पे : ल है परमेश्वरा… खेल के हो बताउनुपऱ्यो…… (डङ्कुटी डङ्…. डङ्कुटी डङ्…)
धधङ्गे बड़ा : (कम्पनमा) हँ… हेर् मलाई किन बोलाएस्…सुनपातिको धूप दियेस…. (फिष्टे अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. भनिरहन्छ भने धोम्बे काँसाको थाल बजाउन थाल्छ)
फिष्टे : दूधको दूध… पानीको पानी …… (डङ्कुटी डङ्…. डङ्कुटी डङ्…)
धोधोम्बे बड़ा : (झड़केर कम्पन स्वरमा) हँ… हँ… हेर् मनुवा….दूध नभनेस्… नभनेस्… नभनेस् । ृअविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छे ।
डुकुलण्ठक : के भन्नु ता परमेश्वरा… दूधको दूध पानीको पानी नभनेर । पिता पूर्खाले यही कुरा भन्दै आएका छन् । ृअविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छे ।
धधङ्गे बड़ा : (झड़्किँदै) दूध नभनेस्….दूधमा…हँ दूधमा…हँ पानी हँ पानी हँ मिसेको हुन्छ… हँ हेर् मलाई किन बोलाई ल्याइस् ?  अविराम डङ्कुटी डङ्….डङ्कुटी डङ्….को आवाज र काँसाको थाल बजिरहन्छे ।
डुकुलण्ठक : (झाँक्री बड़ाको कानैमा मुख पुऱ्याएर) भोडकाको भोडका….ह्विस्कीको ह्विस्की परमेश्वरा ।
धधङ्गे बड़ा : (खुशी भावमा) हँ… हेर्… हँ हेर्….यू आर राइट… भोडकाको भोडका… ह्विस्कीको ह्विस्की…. सिञ्चेल देवी…आम्बोटे देवी । चारैतिर लबी नै लबी । हँ… हेर्… हेँ  हेर्… हेर् …. मनुखे… हँ हेर्… हँ… हँ… खै…खै… मेरो हँ मेरो… हँ ढ्याङरो दे….ढ्याङरो दे…  (धोम्बेले हतार… हतार ढ्याङरो उस्तादको हातमा थमाइदिन्छ । (ढ्याङरो बजाउँदै नाच्नुसम्म नाच्नु थाल्छ ।) मधौरोलाई यहाँ ले… यहाँ ले…. (घरकाहरूले बलजफ्ती मधौरो लठिबज्रेलाई ल्याएर थपक्क राख्छ । धधङ्दै बड़ा फ्लाक्दै मधौरो लठिबज्रेका शीरमा ढ्याङरो राख्छ) ।
अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छे ।
(काम्दै)
बनझाँक्रीको चेला म मशान मशान नाचिहिFड़्ने
भूतप्रेतलाई काबुमा ल्याउने बोक्सी डाइनी तह लाउने
मलाई किन बोलाई ल्याएस् भन्…हँ…भन्…भन्
मलाई किन बोलाई ल्याएस् भन्…हँ…भन्…भन्…
भम्पे   ः परमेश्वरा भोडकाको भोडका…ह्विस्कीको ह्विस्की…
अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छे ।
छतछती भनिदिनुपऱ्यो…
मधौरोको जोखाना जसरी भए नि खोट्याई दिनुपऱ्यो ।
धधङ्गे बड़ा : (काम्दै) हँ…. हेर्…. हँ…. हेर्….
लकडाउन अटेर गर्दा लाठी वर्षन्छ
झर्के थाल बजाए मात्र जोखाना खुट्टिन्छ
अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छे ।
धोम्बे : झर्के थाल बजाउँदा बेस्सरी
छेँड़ परेको छ परमेश्वरा लाजैपर्ने गरी
अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छे ।
गमसफुल ः ठोक्नु पनि गजब ठोक्यो होला
आदेश र जोशमा होश हराएपछि
धधङ्गे बड़ा : (काम्दै) हँ…. हेर्…. हँ…. हेर्….
आकाश बाँधुँ पाताल बाँधु हे मनुखेनी
साह्रै खराब अर्काको होहोरीमा लाग्ने बानी
डुकुलण्ठक  : परमेश्वरा… भोडकाको भोडका… ह्विस्कीको ह्निस्की…
होहोरीमा लाग्ने देशानले भेट्या छ सकी नसकी
अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छे ।
धधङ्गे बड़ा : (काम्दै) हँ…. हेर्…. हँ…. हेर्….
अर्काकै होहोरीमा थाल फुटायौ
अरुकै लहलहैमा जाति गुमायौ
भित्ता टाली अरुको आफ्नो घर भ्वाङ्ङै पाऱ्यौ
नदुःखेको कपाल चोयाले बाँधी दुःखाउनुसम्म दुःखायौ
हँ…हेर्…मूर्खहरू अब चेतेस होहोरीमा नपरेस्
हो कि होइन भन्… भन्… हो कि होइन भन्….
अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छे ।
गमसफुल : हो परमेश्वरा हो… हणड्रेड करेक्ट
वाह ! कति अन्तरयामी परमेश्वरा परफेक्ट
धधङ्गे बड़ा : (काम्दै) हँ…. हेर्…. हँ…. हेर्….
झर्के थाल बजा…बजा…मुडमा म आइसकेँ
भरमग्दूर प्रयास गर्नेछु जोखाना खुट्याउने
गमसफुल : परमेश्वरा…. भोडकाको भोडका…. ह्विस्कीको ह्विस्की
भम्पे  : डङ्कुटी डङ्…डङ्कुटी डङ्….
डङ्कुटी डङ्कुटी डङ्कुटी डङ् नो एनी रङ्… नो एनी रङ्…
डुकुलण्ठक : परमेश्वरा छतछती भनिदिनु…
धधङ्गे बड़ा : (काम्दै) हँ… .हेर्…. हँ…. हेर्…. (लठिबज्रेलाई देखाउँदै)
कोरोनाको लागो लकडाउनको उखरमाउलोले
सातो यसको गएको छ पुलिस लाठी प्रहारले
हो कि होइन भन् भन् हो कि होइन भन् भन्
हो भने ’यस’ भन् होइन भने ’नो’ भन् ।
अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छे ।
गमसफुल : हो परमेश्वरा हो… हो… कति सत्य बक्नु भो
‘यस’ परमेश्वरा ’यस’ ’नो’ छतछती भन्नुभो
यसको निम्ति के गर्नुपर्ने हो परमेश्वरा
पीरले म ता भइसकेँ अधमरा
अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छ ।
धधङ्गे बड़ा : (काम्दै) हँ…. हेर्…. हँ…. हेर्….
एउटा निखुर हरियो भाले ल्याएस्
साथमा दुइ बोतल सुरा पनि ल्याएस्
भम्पे  : डङ्कुटी डङ्… डङ्कुटी डङ्….
डङ्कुटी डङ्कुटी डङ्कुटी डङ्
हे परमेश्वरा….
लकडाउनको महामारीमा के को सुरा
बरु निगार चलाउँदा के हुन्छ होला
हिङ नभए नि हिङको टालोले नै चलाउनर्ला
गमसफुल : हरियो भाले जति सबै जङ्गल पसिसके
कोही हिलाको दलदलमा फँसिसके
कोही काँचुली फेर्न ओथ्रा पसिसके
लट्ठीपट्ठी कसी कोई उठीवास लागिसके
अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छ ।
डुकुलण्ठक : कोई धोबीको रङमा चोबलिसकेर
रङ्गी बिरङ्गी भइसके
धोम्बे  : डङ्कुटी डङ्… डङ्कुटी डङ्….
डङ्कुटी डङ्कुटी डङ्कुटी डङ् ….
  रातको निकै समय बितिसकेको हुन्छ । यतिकैमा अनेपाली एसारपीएफका अफिसर सिपाहीहरू आइपुग्छ्न् ।े
धधङ्गे बड़ा : (काम्दै) हँ…. हेर्…. हँ…. हेर्….
अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छ ।
अफिसर  : बन्द करो… यहाँ कहाँ हो रहा है… मालुम नहीँ है तुम लोगों को…. क्या तमासा हो रहाँ है इधर… अभी सब को फायर कर दुँगा श्श्श्शाले…. अविराम डङ्कुटी डङ्…. डङ्कुटी डङ्…. को आवाज र काँसाको थाल बजिरहन्छे…. बन्द करो… स्टप‘ स्टप…
धोम्बे : (डरसरि भएर) साप… तमासा नहीँ है… चिन्ता करता है..
अफिसर : (कड़केर) चिन्ता ? फिर क्या चिन्ता कर रहा है तुम लोग हँ  ? (धोधोम्बे झाँक्री काम्दै ढ्याङरो ठोक्दै फलाक्न थालन्छ)
अफिसर  : (लट्ठी उज्याउँदै) एई… चूप…. ए क्यो कम्पन कर रहाँ है ? क्या इस नै भी अपना शरीरको भाइब्रेसन मुड में रखा है क्या ? एई बन्द कर् तेरा भाइब्रेसन मुड ।
डुकुलण्ठक : होइन कि साप चिन्ता बस्दा नही कामने से जोखाना नहीँ खुटटेता है ।
अफिसर  : अभी पुलिस का लाठी बर्सेगा न… तब मालुम परेगा । (झाँक्रीलाई हेर्दै) एई चूप… तेरा नाम क्या है  ?
धधङ्गे बड़ा  : (काम्नु छोड़ी डराउनुका साथै जम्ले हात गर्दै) धोधोम्बे साप…
अफिसर : क्या बोला ? ठिक से बोलो…
धोधोम्बे : धोधोम्बे ।
अफिसर : (वाक्कै भएर) उफ… इस घर का मालिक कौन है ?
डुकुलण्ठक : (जम्ले हात गर्दै) डुकुलण्ठक…
अफिसर : तुम लोगों का नाम भी अजब और गजब का होता है… । ये नाम याद करने में एक महिना में भी याद नही कर सकेका । किसी का नाम बमबहादुर किसी का नाम तोपकुमार । ये सब बम ओर तोप बनानेवाला श्श्श्श्शाला…..
भम्पे : (पुलिसले नसुन्ने गरी ) आम्बो… यो डिङ्गर हाम्री कुन दिदीको भेना पऱ्यो हौ… शाला पो भन्छ ता हँ…
अफिसर : (झड़ेकर) क्या बोला… क्या बोला … फिर बोलो तो… क्या बोला
गमसफुल : हाम्रो भेना कसरी पर्‍यो भनेको साप ।
(समाप्त)
०००
सिलिगुडी, भारत
कार्टुन : निरज खाम्बेन, सिङबुली चियाबारी, मिरिक
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x