साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वोच्च बाबुआमा

आफूले कृत पक्रेर, अरूलाई हिँडाउँछन् । संसारभरका ज्येष्ठ, ज्ञान ज्योति फिँजाउँछन् ॥ के हो संसारको सार ?, सङ्लो जीवनपद्धति । सिकाए वृद्धले बाँच्न, पक्रियो ज्ञानले गति ॥

Nepal Telecom ad

दिनानाथ पोखरेल :

धेरै समय लाएर, पाक्दछ्न् पोषिला फल ।
त्यस्तै ज्ञान दिने वृद्ध, नभुलौँ कर्मका बल ॥०१॥

मूलबाट बग्यो पानी, देख्दछन् जन तैपनि ।
जन्मिएको स्वयम् मूल, टोक्दछन् माकुरा बनी ॥०२॥

जगहीन हुँदा गेह, ढलेका देख्दछौँ तर ।
ज्येष्ठ जग नकारेर, घर के बन्छ सुन्दर ?०३॥

साना हामी हुँदा जल्ले, हेरचाह गरे खटी ।
उनैका खुसीमा ध्यान, ज्ञानी दिन्छ सधैँ डटी ॥०४॥

जराले रसको वर्षा, गर्दा वृक्ष बढे उता ।
आफ्नो फेद भगाएर, स्वयम् मूर्ख बनेँ यता ॥०५॥

बुझ्ने या नबुझी लड्ने, साथै छ चेतमा मति ।
बुझी ज्येष्ठ हँसाएमा, सप्रियो घरको गति ॥०६॥

हेला फोहोरको थुप्रो, माया, मान छ सुग्घर ।
वृद्ध हाँसून् सफाइले, बढाऊँ खुसीका दर ॥०७॥

बीजहीन भए केके, फलेका देख्तछौ तिमी ।
उम्रिएको भुले बीज, सत्यको भत्कियो जिमी ॥०८॥

बाबुआमाविना मान्छे, उम्रिएको कहाँ छ र ?
उनैका त्यागले हुर्केँ, सम्झी राखून् सधैँ घर ॥०९॥

वृद्धाश्रम लगी छोडे, पालो फिर्दा स्वयम् तिर ।
सन्तति सिक्दछन् यस्तै, फर्केर घोच्छ यो पिर ॥१०॥

चेतभित्रै छ अज्ञान, ज्ञान यो पनि साथ छ ।
चिनेर ज्ञान रोजेमा, सुयोग्य प्राप्ति हात छ ॥११॥

आमाको ममता पाएँ, बाबाको त्याग उच्च छ ।
सम्मान प्रेमले पाल्नू, आफ्नै दायित्वभित्र छ ॥१२॥

वृद्ध हुन् प्रेमका योग्य, तिरस्कार अयोग्य छ ।
पस्किऊँ मानसम्मान, यो कृत्य पुज्न योग्य छ ॥१३॥

विना ज्येष्ठ हुने वृद्धि, विश्वभित्र कहाँ छ र ?
उद्गम मूल ती हाम्रा, रमे रम्छ सधैँ घर ॥१४॥

आफूले कृत पक्रेर, अरूलाई हिँडाउँछन् ।
संसारभरका ज्येष्ठ, ज्ञान ज्योति फिँजाउँछन् ॥१५॥

के हो संसारको सार ?, सङ्लो जीवनपद्धति ।
सिकाए वृद्धले बाँच्न, पक्रियो ज्ञानले गति ॥१६॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x