साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माया

यस कुराले मेरो अबुझ अहङ्कारलाई प्याट्ट हान्यो । म झसङ्ग भएँ । त्यही मौकामा त्यसले सोध्यो- आखिर तँ के चाहन्छेस् ? मैले भनेँ- माया ।

Nepal Telecom ad

स्वस्तिका सिम्खडा :

‘भोकाले भोजन माग्छ; अघाएर पनि म चाहिँ भोजन नै माग्ने अनौठी भिक्षुणी हँु ।’ मैले आफ्नै अर्को मनसँग भनेँ ।
तत्कालै त्यस मनले भन्यो; ‘तेरो मनलाई बुभ्mन हजार शिर भएका शेष नागको पनि पाइन छैन । तसर्थ अल्पज्ञ संसारसँग मिल्ने कुरा गर्; बाझ्ने कुरा नगर् ।’

‘यार, अरूले के भन्छन् भन्दैनन् ? तँ त कुरो बुझिदे ।’ मेरो गुनासो सुन्नासाथ उसले भनिहाल्यो; ‘तँ चेतन छस् । सोचीबिचारी तौलेर बोल्छस् । विवेकले विवेकी बाटो पक्रन्छ । म तेरै अन्धो मन हुँ । मसँग विवेक शून्य छ । मेरो धर्म तेरो अतृप्त चाहनालाई विस्फोट गर्नु हो ।’

म छक्क परेकै बेला त्यसले थप्यो; ‘रमाइला र उन्नतशील विचार र व्यवहार प्रदर्शन गर् । तेरो अतृप्त इच्छा पूरा गर्ने ठेक्का म लिन्छु ।’

यस कुराले मेरो अबुझ अहङ्कारलाई प्याट्ट हान्यो । म झसङ्ग भएँ । त्यही मौकामा त्यसले सोध्यो- आखिर तँ के चाहन्छेस् ?
मैले भनेँ- माया ।
त्यसले भन्यो- लाटी, मागेर पाइन्छ ? गरेर पो पाइन्छ । संसारलाई माया गर्; दोब्बर भएर फिर्ता पाउँछेस् ।’

०००
२०७९.०४.२० बेलका नगरपालिका- २, उदयपुर ।
(यस लघुकथाकी लेखिका स्वस्तिका सिम्खडाकाे निधन २०८०.०४.२० गते भयो । यो सिर्जना उहाँकै पुरानो डायरीबाट साभार गरिएको हो । – लक्ष्मी रिजाल ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनपेक्षित दुलहा

अनपेक्षित दुलहा

लक्ष्मी रिजाल
बोकाराजको इतिवृति

बोकाराजको इतिवृति

लक्ष्मी रिजाल
महिला अधिकार र लड्डु

महिला अधिकार र लड्डु

लक्ष्मी रिजाल
गफ संस्कृति

गफ संस्कृति

लक्ष्मी रिजाल
अतिरिक्त सेवा

अतिरिक्त सेवा

लक्ष्मी रिजाल
नियतिलाई सलाम

नियतिलाई सलाम

लक्ष्मी रिजाल
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x