साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पखाला चल्नेहरू आन्दोलनमा जानु हुँदैन

लक्ष्यबिनाको भीडले नीति मात्रै होइन, नैतिकता पनि बिर्सिन्छ । नैतिकतामा पत्थरी लागेको, ऐँजेरू पलाएको, फुटेको-फाटेको, पीप जम्मा भएको अशोभनीय हुन्छ ।

Nepal Telecom ad

संप्रस पौडेल :

आन्दोलनको परिभाषा र कर्मीहरू आयात जनमानसलाई उत्तेजित गर्ने परिस्थिति आन्दोलन हो । यो कसैको रमाइलो गर्ने जात्रामात्रा होइन । फ्री फायरमा गोलीबारूद बर्साउनु अघि नै झोलामा गुलेली र गुच्चा बोकेर जाने आन्दोलनहरू हामीले फटाइसकेका छौँ ।

नेपालमा जनआन्दोलन १, २, ३ का उडानले अवतरण गरिसक्दा युवाहरू विदेशिने क्रम झनै बढेको छ । देशले दाल चामल मात्रै नभइ भविष्यका आन्दोलनमा विदेशीहरूलाई भाडामा आयात गर्न पनि अनुदान माग्नुपर्ने अवस्था हुन लागिसके । शान्ति मिसनका आयातित कर्मीहरूका ठेकेदारलाई ठेक्का लगाएर करोड बुझाउँदा केही लाख दिएर चरम श्रम शोषण भएपछि उनीहरूबाटै अर्को आन्दोलन हुनेतर्फ शङ्का बाँकी नै रहने हुन्छ । यसर्थ आन्दोलन सबैका लागि कष्टकर हुन्छ ।

फेसबुकमा स्टाटस लेखेजस्तो हुँदैनः
फेसबुकमा स्टाटस लेख्ने तर विगतको कुनै आन्दोलन नदेख्नेहरू आन्दोलनमा जानु हुँदैन । आन्दोलन टिकटक बनाउने मेला होइन । आन्दोलनमा पानीको फोहरा देख्दैमा ‘बादल बर्षा बिजुली’ गाउँदै मोबाइल बोकेर जानु त झनै हुँदैन । किनकी सुरक्षाकर्मीले लाइक र कमेन्ट गरेर बस्दैनन् । भीडले लभ रियाक्ट गरेर इमोजी पठाउँदैन । आन्दोलन भ्लग बनाउने ट्रेकिङ नभएर क्र्याकिङ हुनसक्ने भेला हो भनेर बुझ्नु अत्यावश्यक छ ।

आन्दोलन डेटिङको मौका होइनः
झडप हुँदा ज्यान जोगाउन जोसुकैको पनि हात समाउँदै भाग्नुपर्ने हुनसक्छ । यसैले आन्दोलन मास्क र काला चस्मा लगाएर डेटिङ जाने अवसर त झनै हुँदै होइन । आन्दोलन स्थानीय जात्रामा भारतीयले राखेको ‘पैसा सोहोर्ने खेला’ होइन । आन्दोलन कुनै म्याराथन होइन, कबड्डी खेल होइन, मर्निङ र एभनिङ वाक होइन जहाँ बुढाबुढी र केटाकेटी त झनै जानु हुँदैन ।

आन्दोलन पर्यटकीय क्षेत्र होइनः
सहरका घरहरूले च्यापिएर निसास्सिएको एउटा रुखको टुप्पामा ‘ग्रिन प्वाइन्ट’ को लाइट बोर्ड झुन्ड्याएर चराहरूको हनिमुन भताभुङ्ग गर्ने ठाउँ जस्तै हुनजान्छ कहिलेकाहीँ आन्दोलन । मन्दिरका आडैमा ६ फिटको ठुटो राखेर काटिएको पिपलको फेदैमा घैँटो राखेर ‘पण्ड स्पट’ लेख्दैमा पर्यटकको आकर्षणको केन्द्र बन्दैन आन्दोलन । हाम्रा आन्दोलनहरूले पर्यटकलाई जहिल्यै झमेला बनाएका छन् । आन्दोलन अघाएको सिंहले हत्या गरेको माउलाई हेरेर भविष्य अन्यौल ठानेको शिशु हरिणको मनोदशाझैँ हुनु हुन्न । बरू यो त सर्वचासोयुक्त, समयसापेक्ष चर्चायोग्य अनि ’स्मार्ट’ हुनु आवश्यक छ ।

घरमा भातभन्दा बढी गाली खानेहरूः
घरमा साँझमा ढिलो फर्कँदा गाली खाएकाहरू आन्दोलनमा जानु हुँदैन । आन्दोलनबाट त्यही दिन फर्किने सम्भावना कम हुन्छ । त्यसो त कोहीकोही १ हप्ता नफर्किने पनि हुन्छन् भने आन्दोलनमा गएकाहरूमध्ये कहिल्यै नफर्किनेहरू पनि हुन्छन् । लोक सेवाभन्दा बढी विकल्प हुँदाहुँदै सोको अध्ययनबिना आन्दोलनमा होमिँदा भुँडीको बोसो पगाल्न पनि नसकेकाहरूले दिमाग पगालेर आन्दोलनको समीक्षा गर्नु आवश्यक छ ।

सार्वजनिक सम्पत्तिको तहसनहसः
जुनसुकै माग राखिएका हाम्रा आन्दोलनहरू सार्वजनिक सम्पत्ति तोडफोडसँग सम्बन्धित छन् । पछिल्ला पुस्तामा प्रजातन्त्र प्राप्ति त्यही तोडफोडले ल्याएको हो भन्ने भ्रम हट्नु आवश्यक छ । गृहकार्यको बोझले पेलिएको भविष्यका कणर्ाधारहरूले पनि बहुदलीय व्यवस्था अनि गणतन्त्र प्राप्तिसम्मका भएका हिंसात्मक घटनाहरूबाट हिंसाको समर्थनको पाठ नसिकुन् ।

ह्याकिङ सिक्नेले सरकारी वेबसाइटलाई प्रयोगशाला बनाएजस्तो सार्वजनिक सम्पत्ति ढुङ्गामुढा, पुत्ला अनि टायरको मुस्लोको निशाना बन्ने गरेको छ । विगतमा मदन भण्डारीको निधनको शोकमा समेत सार्वजनिक सम्पत्तिले तारो खेप्नुपर्‍यो । राजा वीरेन्द्रको वंशनाशमा काठमाडौँका सयौँ निजी अनि सरकारी भवन, यातायात आदि ध्वस्त बनाइए । ट्याक्सीचालकहरूको आन्दोलनदेखि वैदेशिक रोजगारीका मुद्दाका विवादमा समेत सार्वजनिक सम्पत्तिको तहसनहस भएका छन् । शिक्षकको आन्दोलनले फरक पाठ सिकाए पनि सिक्नुपर्नेहरूले अघिल्लाका नक्कली गृहकार्य मात्रै प्रस्तुत गरिरहे । अभियन्ता ‘इ’ को आन्दोलनबाट मौनताको भाषालाई शक्तिशाली बनाउन सकेनन् । लज्जाजनक कुरा, शासकका कान रन्काउन यस्ता आन्दोलनहरूको कुनै भूमिका भने हुँदैनन् ।

नाकको डाँडी बचाऔँ ।
डाँडी त नाकको मात्रै होइन, विकासका नाममा अन्धाधुन्द पहिरो खेपेका डाँडापाखाहरू पनि बचाउनु आवश्यक छ । डाँडाकाँडा मासिनु दृश्यावलोकन मासिनु हो । अनुहारका बिचमा सगरमाथाझैँ भिन्न देखिने नाक जोगाउनु आजको खाँचो हो । नाकको डाँडी भाँचिनलाई टुँडीखेल छेउछाउका आन्दोलनमा मात्रै होइन, हेटौँडा अनि पोखरातिर पनि आन्दोलनले पनि कर्मकाण्ड पुग्न सक्छ । गुह्य कुरा, नाकलाई बचाइएन भने चस्मा लाउन पाइँदैन । नाक, कान, घाँटी (ENT) को डाक्टरको मर्यादा घट्छ । पूरानो गाविसलाई गाउँपालिका बनाएर १० वर्ष बित्न लागेजस्तो नाकका कारण स्पष्टीकरण दिँदा दिँदा अर्को थुप्रै दशक हैरानी खेप्नुपर्ने हुनसक्छ । खोलाका छेउछाउजस्तो नाकको डाँडीमाथि डोजर नचलाऔँ । घुमीघुमी हान्नेहरूबाट बचौँ ।

स्वास्थ्य अवस्था खराब भएकाहरूलाई सुझावः
ढाड दुख्ने रोग भएकाहरू आन्दोलनमा जानु हुँदैन । सुरक्षाकर्मीले ‘सर/म्याम, तपाईँको ढाड पो दुखेको छ कि’ भनेर अन्तर्वार्ता लिइ लिइ ढाड जोगाएर बजाउने होइनन् । यसैले कक्षामा अर्कोले हुत्याएको कलम पनि समात्न नसक्नेहरू अश्रुग्यासको सामना गर्न जानु हुँदैन । बजारमा आफूले खाएको चकलेटको खोल गोजीमा हाल्न नजानेकाहरूले अरूका पर्खाल भत्काएर १४ रुपैयाँको इँटा धुल्याएर नेताले अर्थतन्त्र बिगारे भन्दै ध्वाँस दिनु हुँदैन । बेपारीका बेच्न पाउने र ग्राहकका किन्न पाउने हकमाथि धावा बोल्दै खुलेका व्यवसाय बन्द गराएर दोष अन्तै तेर्स्याएर राज्यलाई अमाचकारी गाली गर्नु हुँदैन ।

परिवर्तनका लागि गरिने जुनसुकै आन्दोलनलाई दायित्व अनि जिम्मेवारीबोध भएका अनि रचनात्मक क्षमताले भरपुर मानिसहरूले नेतृत्व गर्नुपर्छ । अन्यथा लक्ष्यबिनाको भीडले नीति मात्रै होइन, नैतिकता पनि बिर्सिन्छ । नैतिकतामा पत्थरी लागेको, ऐँजेरू पलाएको, फुटेको-फाटेको, पीप जम्मा भएको अशोभनीय हुन्छ ।

अन्त्यमा,
बाथ रोगले गढेका, घुँडाका हड्डी बढेका अनि मांशपेशी सडेकाहरू आन्दोलनमा जानु हुँदैन किनभने आन्दोलनले कसैको पनि बाथ रोग निको भएको इतिहास छैन ।
अचुक सुझाव,
पखाला चल्नेहरू आन्दोलनमा जानु स्वास्थ्यका लागि सबैभन्दा बढी घातक हुन सक्छ । याद गर्नुहोस् – आन्दोलनमा कसैले पनि अतिरिक्त डायपर बोकेर हिँड्दैनन् । डायपर र नेता मात्रै होइन, आन्दोलनको तरिका पनि फेर्नु आवश्यक भइसकेको छ ।

०००
(लेखक सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध छन् ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x