साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तान् बैतडी हान् छडी

काँप्छन् हात छ अश्रुवृष्टि गहमा आक्रोश दुत्कारमा मारूँ खै कसरी म आज थपडी आमा-बलात्कारमा आमाको ममता छ पूर्ण मुटुमा सम्पूर्णभन्दा बढी हात्तीमा पनि बक्सियोस् हतकडी तान् बैतडी हान् छडी ।

Nepal Telecom ad

हिरा भट्ट :

मानूँ एक मुसो हिरासत पस्यो हात्ती सयौं छन् खुला
टालिन्छन् ललितानिवास यतिमा ओम्नी लुकेका दुला
घुम् घुम् घुम् र घुमा समस्त सुइरा सैपाल सच्चा घडी
हात्तीमा पनि बक्सियोस् हतकडी तान् बैतडी हान् छडी ।
|१|

कस्तो युद्ध लडाकुका शिविरमा क्यान्टोनमेन्टे लडे
कत्रा छन् सुनकाण्ड वाइडबडी कत्रा पजेरा चढे
काली बेच्न कमाल कालिगडका कोसी मुखेन्जी पडी
हात्तीमा पनि बक्सियोस् हतकडी तान् बैतडी हान् छडी ।
|२|

पत्नीको सहकार्यमा गरिबका आँखा निचोर्ने पति
कत्रा छन् धन नक्कली सदनका सम्बन्ध विच्छेद ती
पुग्छन् दैनिक आत्मदाह भिरमा झर्छन् झुरी झोपडी
हात्तीमा पनि बक्सियोस् हतकडी तान् बैतडी हान् छडी ।
|३|

काट्यो यौवन चट्ट चट्ट जसले खै निर्मलाका छुरा
आगो बाल्न दसैं तिहार तिजमा छन् आँसुका दाउरा
कैयौं ओठ कराउँछन् कहरमा चीत्कार खम्बा चढी
हात्तीमा पनि बक्सियोस् हतकडी तान् बैतडी हान् छडी ।
|४|

काँप्छन् हात छ अश्रुवृष्टि गहमा आक्रोश दुत्कारमा
मारूँ खै कसरी म आज थपडी आमा-बलात्कारमा
आमाको ममता छ पूर्ण मुटुमा सम्पूर्णभन्दा बढी
हात्तीमा पनि बक्सियोस् हतकडी तान् बैतडी हान् छडी ।
|५|

ॐ गाण्डीव लिएर अर्जुन चले चुक्ला निसाना कता
कर्के नेत्र गरिस् छ सत्य नमिठो फर्केर हेर् शारदा
लेख्छन् पुस्तक आँसुले गरिब जो जान्छौ कि जान्नौ पढी
हात्तीमा पनि बक्सियोस् हतकडी तान् बैतडी हान् छडी ।
|६|

०००
कैलाली

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

पढ्नेलाई दिएर यही किसिमका काव्य कला हर घडी
जित्दै जा मन लोकको सर्जक हे क्या खुब छस बैतडी

Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x