कृष्ण शर्मा सुमुहामी त्यो जमानाको मान्छे
दूध के ले दिन्छ भन्दा भैयाले भन्ने चलन थिएन । दूध के ले दिन्छ भन्दा गाईले भन्ने चलन थियो । आज जस्तो प्लास्टिकमा पोको पारेर आएको शुद्ध दूध थिएन, हाम्रो समयमा अर्गानिक दूध थियो ।

कृष्ण शर्मा सुमु :
साँच्चै हामी त्यो जमानाको मान्छे । उत्तर आधुनिक युगदेखि टाइटैनिक बस समेत देखेको मान्छे । कागजको हेलिकप्टरदेखि कागजको नौका समेत देखेको मान्छे । हामी सभ्यता चरमसिमा हुँदा ट्रेनको चक्कामा हावा भर्ने काम पाउँछ अरे मुम्बई, दिल्लीमा भन्दा पत्ताउने मान्छे । हामीले रस्तेको पत्थरदेखि बाङ्गो कोशिशसम्म देखेको मान्छे ।
साँच्चै आज आधुनिक टेक्नोलोजीले चरा जस्तो हावा जहाज उडाउँदा तीन छक्क परेर आकाशमा शिरको टोपी झर्ने बेलासम्म हेर्ने मान्छे ।
हाम्रो लुगा दशैँमा मात्रै एकजोड पाउने मान्छे । त्यो पनि दशैँ अनि तिहारमा लगाइसके पछि स्कुलमा त्यही लुगा लगाउनु पर्ने हामीलाई नयाँ लुगाको नाममा स्कुल ड्रेस मात्रै पाउने समयको मान्छे । त्यही लुगा पनि लगाउँदा लगाउँदै पछाडिपट्टिबाट दुईवटा आँखा हुने समय सम्म लगाउनु पर्ने मान्छे ।
टाइटैनिक बस चढ्नु पनि शनिबार र आइतबार मजदुरी गरेर आफ्नो पढाइ खर्च आफैँ निकाल्नु पर्ने दिनको मान्छे । साँच्चै त्यो सरकारी बसको खलासी जस्तो उदार हृदय कसैको थिएन रहेछ । आज दुनियाँ लड्दै गर्दा एक देशले अर्को देशलाई बम फाल्दै गर्दा त्यो भीडमा पनि मिलेर बस्नु भन्ने त्यो खलासीले पढाइ कम गरेको होला तर मानिसलाई मिलेर बस्ने सन्देश दिएको उदाहरण आज कतै छैन । साँच्चै हामीले मिलेर बस्न त त्यही बसबाट नै सिकेर आएका हौँ । हामीले समाजलाई कहिले फुटाउन जानेको छैन र त टाइटैनिक बसमा जस्तो मिलेर बस्न जानेका छौँ ।
आजको दुनियाँ आजको समाज आजको परिवेश निहाल्नु भएको छ र ? हाम्रो समयमा मिलेर बस्ने सन्देश थियो । आजको समाज लड्नमा आतुर छन् । लड्ने त लड्ने भए छेउमा बसेर रमिता हेर्ने पनि लडाइ शान्त गर्ने परिवेशमा छैनन् । आज दुनियाँको नजर भिडियो बनाउनुमा अडेको छ । हाम्रो समयमा हातेमालो थियो।पर्म अर्म थियो अहिंचो पहिचो थियो । समाजिक परिवेशले भुटुन पहिचो मागेर चलने चलन थियो । खासै पैसाको लेनादेना थिएन बाटर स्टम्प थियो भन्दा हुन्छ सजिलो थियो ।
रेडियोमा बजेको गीत सुनेर गाउनु पर्ने थियो । खासै गीत आफ्नै लोकल भोकलमा थियो । शहरीकरणको आक्रमण भएको थिएन खुल्ला आँगनमा चर्चा परिचर्चा हुन्थ्यो । पर्खाल बनाएर सिमाना छुटाएर घरभित्र खुम्चिएर बसेर मानसिक बिमारी जस्तो घातक रोगको सिकार भएको थाहा छैन ।
बाटो घाटो सफा सफाइ गर्नु देशको प्रधानमन्त्रीले झाडु समाएर सिकाउनु परेको थिएन । खाना कम्ती थियो तर सफाइ भन्ने कुरा धेरै थियोे । घर मजबुत थिएन, खर वा सिरुको छानो थियो।तर आजको आर्टलिन्टक भवन भन्दा मजबुत सम्बन्ध थियो । गाउँमा एकजनालाई आपत आए एक एक मुठ्ठी दिएर सहयोग गर्ने चलन कहाँ पुग्यो होला ।
होडबाजीको यो युगमा बाटो हगाउने कुकुर पाल्ने चलन थिएन । गाई गोरु, बाख्रा ,सुँगुर जस्तो प्राणी पालेर घरमा आपत्त पर्दा बेचेर आर्थिक मजबुतको पाखुरा थियो । आफूलाई सभ्य समाजको प्रतीक मानिनुको लागि कुकुर पालेर अर्काको घर छेउको बाटोमा दिशा गराउने मान्छे पनि के सभ्य भन्नू र ?
बाठो मानिस थिएन । गाउँ बुढापाखाले भनेको कुरा संविधान भन्दा कठोर थियो । यसरी गल्ली पछि ढाट्ने नेता पनि थिएन । बजेट पोको पारेर हिँडने दलाल थिएन । त्यस समय ठेकेदार पनि इमानदार थियो । आज सम्म भत्कन नसकेको पुल हेरेर अन्दाज लगाउनु सकिन्छ । आज त घुरेन पछि नै नेता जन्मेर होला काम गर्ने एकजना हुन्छ ठेकेदार सात जना हुन्छ । त्यससम्म ठेकेदार कम काम गर्ने धेरै थिए । ललिपपमा भुलाउने चलन थिएन । बाटो अप्ठ्यारो थियो तर विचार खुल्ला थियो ।
आज जस्तो आधुनिककरण थिएन । चिठ्ठीमा भर परे पनि मैसेन्जर, च्याट जस्तो ठग्ने चलन थिएन । फोटो हेरेर विवाह गर्ने चलन थियो । आज जस्तो छानीछानी फेसबुकमा फोटो कोटाउने चलन थिएन ।
आज जस्तो छोरी मान्छेलाई हेर्ने नजर थिएन । जङ्गल भएता पनि मानिस जङ्गली थिएन । मानिसको मन सरलता, उदारता, मानव कल्याणका भावना थियो । कुनै छोरीलाई बलात्कार जस्तो घिन लाग्दो डर थिएन । सद्भावनाको सरल पाठ घरबाट दिने चलन थियो । शिक्षकले मुत आउने गरि पिट्दा अझै पिट्नु भनेर शिक्षकको शरणमा पार्ने अभिभावक थिए, तब त अनुशासनको पाठ थियोे । आज त जोडले गाली गरे शिक्षक नै निलम्बित पारिदिने अभिभावक छन् । आज त शिक्षकलाई पनि कठघरामा उभाउने विद्यार्थी छन् । शिक्षक देख्दा बाटो छोडने हामी, आज त शिक्षकले बाटो छोड्नु परेको छ । च्याउ जस्तो स्कुल पलाएको थिएन, फेल हुँदा त्यही स्कुल पापी विद्यार्थी भएर पढ्नु पर्ने बाध्यता थियो ।
प्लास्टिक पोको पारेर वा शंखत्र(भोग्टे)को फुटबल खेल्ने चलनको हामी आजको जस्तो मोबाइल गेम थिएन । आज जस्तो तकनीकी अविष्कार थिएन ।
दूध के ले दिन्छ भन्दा भैयाले भन्ने चलन थिएन । दूध के ले दिन्छ भन्दा गाईले भन्ने चलन थियो । आज जस्तो प्लास्टिकमा पोको पारेर आएको शुद्ध दूध थिएन, हाम्रो समयमा अर्गानिक दूध थियो । चामल पनि प्लास्टिकको थिएन, चामल धानको नै थियो । यसरी बुझेर आउँदा हाम्रोमा पढाइ गर्ने कम भए पनि बुद्धि लगाउने धेरै भएर होला जति पनि आविष्कार भए साधारण चीजबीजबाट नै भए नभए दूधबाट घिउ हुन्छ भनेर कुनै विश्वविद्यालयले त्यस समय सिकाएको थिएन ।
यसो सोचेर आउँदा आजको विश्व बजार अनि होडबाजीको युग भन्दा हामी जमानाको मान्छे ठिक थियो ।
०००
मिलन मोड, सिलिगुडी ।
Subscribe
Login
0 Comments
Oldest







































