साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुज फादर ह्वाट क्यान डु ?

नेपाली प्रोफेसरलाई त आफ्नो भाषाको माया छैन भने अरुलाई हुनुपर्ने किन ? ब्रेनमा कुरा प्ले गराउँदै फर्कँदै थिएँ । ऊ अर्को भट्टीमा छिरेर फेरि ट्वाँक लाउँदै थियो ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

बग्रेल्ती नेपाली शब्द हुँदाहुँदै पनि हामी अङ्ग्रेजी शब्द जोडेर बोलिदिन्छौँ । अब त मलाई नेपाली भाषा भन्न पनि मन लाग्दैन । बरु नेपाङ्ग्रेजी वा इङ्लिली भन्न सुहाउला । हुन त यसरी बिचबिचमा अङ्ग्रेजी घुसाएर बोल्ने चलन आजदेखिको होइन । बाजे बराजुका पालादेखिकै हो भन्दा कसैले झुटा कुरा गर्यो भन्न मिल्दैन । नत्र मैनाली बाजेले लेखेको कथाका पात्र श्रीधरले आधा अङ्ग्रेजी, चौथाइँ संस्कृत र चौथाइँ नेपाली मिसाएर बोल्थे भनेर किन लेख्थे र ? देवकोटा बाजेले पनि हाइ हाइ अङ्ग्रेजी भनेर निबन्ध नै ठोकिदिएका छन् । उनका पालामा हाइ हाइ भएको अङ्ग्रेजी झन् आज आएर किन लो लो होस् त नि !

मलाई पनि झोकै चलेर आयो र यो टुरिष्ट भाषाको किन प्रयोग नगरुँ भन्ने लाग्यो । टुरिस्ट भाषामा लेख्न खोजेको यो पाङ न पुच्छरको लेखाइ आफैले नबुझ्ने बने पनि मलाई केही छैन । फेरि आजकल नबुझिनुलाई नै ठुलो मानिँदो रहेछ । उहिले सृष्टिकर्ता ब्रह्माले त खै कुन्नि के बनाउँछु भन्दा ऊँट बन्न पुगेको हो रे ! अब हामी जस्ता विनाशकर्ताले जे बनाए पनि कसैले केही गर्नेवाला छैन ।

रातीको नाइट ड्युटी सकेर बिहानै रोड बाटोमा मोर्निङ वाक हिँडिरहेका बेला एउटा ड्रिङ्क गरेको जँड्याहा भेटिन्छ र भन्छ– ‘हेलो सर गुड मोर्निङ नमस्ते ! मैले के भन्ने । हेर्नुस् सर ! हुज फादर ह्वाट् क्यान डु ? मैले एका बिहानै जाँड खाएँ त खाएँ कसले के गर्न सक्छ ? दिनभरी जति काम गरे पनि त्यस्तै हो इटिङ गेटिङ नथिङ वेयरिङ ल्यादर क्याप ! साँझ उही माउथ प्रोब्लम छँदै छ क्यार्नुन्छ । वाइफको डेथ भैसक्यो, एउटा छोरो ह्याङ्गिङ गर्यो, अर्को फरेन कन्ट्री हानियो, डटर हज्ब्यान्डका घर गई मैले के गर्ने ?’

टुथपेस्ट सकिएर ब्रस गर्न पनि नपाएका टिथ ङिच्च देखाउँदै म पनि आफ्नो बाटो लागेँ । मनमनै थिङ्क गर्न थालेँ । बिहानै मन्दिरमा घन्ट हल्लाएर पूजा भट्याउने पण्डित बाजे त साँझ भट्टी छिरेपछि अङ्ग्रेजी बोल्न थाल्छन् अब यो जँड्याहाको के कुरा ! तै पनि उसले गरेको एउटा कुरा भने एकदमै राइट लाग्यो मलाई । बिच बिचमा इङ्लिस वड घुसाएर बोल्नुभन्दा त सेन्टेन्स नै इङ्लिस बनाएर टक गर्नु धेरै ठिक । कसका बाबुले के गर्न सक्छ ? भन्ने कुरालाई उसले त्यसरी मिलाएको देख्दा मलाई उसले वेल नै गर्यो भन्ने लाग्छ । मसरुम एफ एमका आर जेहरूले बोल्ने ठुटे नेपाङ्ग्रेजी भन्दा त कैयौँ गुना राम्रो उसको यो इङ्लिली ल्याङ्ग्वेज !

अनि मैले पनि यो स्माल आटिकलमा बिचबिचमा इङ्लिस वड घुसाएर लेखे पनि त हुज फादर ह्वाट क्यान डु ? मलाई यस्तै लाग्यो । एउटा टि पि डि ट्रेनिङमा जाँदा कलेजका नेपाली पढाउने लेक्चरले नै भनिदिएका हुन् , ‘यो ग्लोबलाइजेसनले गराएको कुरा हो, हामीले रोकेर रोकिन्न ।‘ नेपाली प्रोफेसरलाई त आफ्नो भाषाको माया छैन भने अरुलाई हुनुपर्ने किन ? ब्रेनमा कुरा प्ले गराउँदै फर्कँदै थिएँ । ऊ अर्को भट्टीमा छिरेर फेरि ट्वाँक लाउँदै थियो । भट्टीवाल्नी साहुनीले सोध्दै थिई तपाईंको नाम के हो त दाइ ? उसले भन्यो, एनिमल हज्ब्यान्ड ब्रेभ आइ डु । के भन्नुभयो रे ? बुझिनँ । मेरो घर इटिङ भिलेज बुझ्नुभो ?

मेरो यो लेखलाई जस्ट जोकिङ नठान्नुहोला । अबको हाम्रो पुस्ताले बोल्दै गरेको बेस्ट ल्याङ्ग्वेजमा लेखेको हुँ मैले । नियर फ्युचरमा आफ्ना सन डटरहरूलाई ब्रिटेन अमेरिका पठाउने भएपछि योभन्दा बढि के गर्न सकिन्छ र ? बाह्र किलास पढाएर के गर्नु ? जापानिज अर कोरियन सिक्न थाल्नुपर्छ स्टुडेन्टले हुज फादर ह्वाट क्यान डु ?

शिक्षाविदहरू सेमिनारमा टिल्ल ! हामी जस्ता सिप नभएका सिप (भेँडा) जनता यसै जिल्ल !! युलाई चित्त अन्ड्रस्ट्यान्ड भएन भने माइ फादरको पनि केही लाग्दैन । ह्वाट् क्यान आइ डु ??

०००
२०८१ पुस २
गुल्मी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Suman Gyawali
Suman Gyawali
1 year ago

नेपाङ्ग्रेजी सिक्न कहिले आउँ त गुरुफादर😝

Nepal Telecom ad
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
राजधानी गनायाे

राजधानी गनायाे

काशीनाथ मिश्रित
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
धन्नै गएनन् माझघर बा

धन्नै गएनन् माझघर बा

सुरेशकुमार भट्ट
हत्याराको छनोट

हत्याराको छनोट

शरच्चन्द्र वस्ती
भैरव अर्याल र उनको ‘जयभुँडी’

भैरव अर्याल र उनको...

प्रा. कपिल अज्ञात
1
0
Would love your thoughts, please comment.x
()
x