साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गन्नेमान्ने !

चण्डालको सम्पत्तिले, सुण्ड-मुण्ड समेत पालियो । आफ्नै घ्याम्पो भर्नलाई, पुस्तौँ-पुस्तादेखिका, सबै गुणहरुलाई तहसनहस पारियो । हो, त्यही दिनदेखि बल्ल आफू, गन्नेमान्नेमा परियो ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

जिजीविषाको मात्र एक अभीष्ट
समाजको गन्नेमान्ने हुने ।
इज्जत र प्रतिष्ठाले,
सगरमाथा छुने ॥
सोझो नैतिकताले
मान्छे समेत गन्न छाडेकाले
मानवीय संहिता घुमाएर,
पशु भन्दा पनि निर्मम बनियो ।
त्यसै दिन देखि बल्ल,
गन्नेमान्नेमा गनियो ॥

आफ्नै दुर्गन्धको नशाले
आफ्नै नाक छोपियो ।
काम नै नगरि,
नाम र दाम कमाउनलाई
ज्यूँदा लाशहरु,
चौबिसै घण्टा बोकियो ॥
जन्मदातालाई बृद्धाश्रममा कोचेर,
भुस्याहा कुकुरहरुलाई
मज्जाले सलाम ठोकियो ।
त्यही दिनदेखि बल्ल,
गन्नेमान्नेमा परियो ॥

चण्डालको सम्पत्तिले,
सुण्ड-मुण्ड समेत पालियो ।
आफ्नै घ्याम्पो भर्नलाई,
पुस्तौँ-पुस्तादेखिका,
सबै गुणहरुलाई तहसनहस पारियो ॥
समय, परिस्थिति र,
आवश्यकता अनुसार
पीडकलाई पुरस्कार र
पीडितलाई सजाय दिलाउनलाई,
अर्थात,
अन्यायको न्याय र
न्यायको अन्याय पाउनलाई
कहिले नुनलाई सुन भनियो,
कहिले सुनलाई नुन भनियो ।
जे होस्-फैसला भन्ने कुरो,
आफ्नै पोल्टामा पारियो ।
हो, त्यही दिनदेखि बल्ल आफू,
गन्नेमान्नेमा परियो ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x