साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखकलाई पढ्‌नु नै राम्रो…

उनी यो सोचेर पूरै रात टेलिफोन सेटसँगै बसिरहे कि उनको नाममा नोबल पुरस्कार घोषणा हुँदै छ । रातभर चिन्तामा रहेपछि बिहान ६ बजे उनलाई फोनबाट खबर आयो नोबेल पुरस्कार त कुनै अरू कविले पो पाए।

Nepal Telecom ad

विनाेद भट्ट :

व्यङ्ग्यानुवाद :: आर.सी. रिजाल

प्रिय भाइ ।

तपाईंको पत्र पाएँ । तपाईंले लेख्नु भएको रहेछ- टिभीमा मलाई देखेर तपाई साई निराश हुनुभएछ । मैले तपाईंलाई अरू नै किसिमको कल्पना गरे । तपाईं त मेरो कल्पनाको ठीक उल्टो एकदम गम्भीर लाग्यो । म त तपाईं हास्यलेखक भएको हँदा अनुहार हँसिलो र मिजासिलो सम्झन्थें । तर मेरो कल्पनाले मलाई नै धोका दियो

भाइ, म तपाईंको कल्पनाअनुसार नभएको कारणले तपाईं जति दुःखी हुनुहुन्छ त्यतिकै दुःखको अनुभव म पनि गर्दै छु । धन्न तपाईं मेरो सामुन्ने आउनुभएन, नत्र योभन्दा बढी दुःखी हुनुहुन्थ्यो …। त्यसैले हे साथी । तपाईंलाई म मित्रभावले भन्दै छ- यदि कुनै लेखकप्रति सम्मान जनाउन चाहनुहुन्छ भने उसका पुस्तकमात्र पढ्नु, ऊसँग भेटेर उसको विषयमा बुझ्ने बेकारको दुःख नगर्नू ।

रिर्चड बेकले यही कुरालाई अनुभवी तरिकाले भनेका छन्- “कुनै पनि लेखक बारे बुन्ने उत्तम तरिका हो, उसको कृति पढ्ने, ऊसँग कहिले पनि नभेट्‌ने ।”

म अनुमान गर्दै छ- तपाईं साहित्यिक सम्मेलन आदिमा जानु हुन्न । जाँदा पनि नजानु होला । यदि सुखी रहन चाहनुहुन्छ र लेखकप्रति आदरभाव राख्ने हो भने उसको कार्यक्रममा कदापि उपस्थित नहुन् । नत्र लेखकको प्रतिष्ठामा धक्का लाग्छ । मेरै कुरा गरौं- लेखकको धेरै मानसम्मान हुन्छ, त्यसैले म लेखक बनें। अझ साँच्चै भन्ने हो भने मेरै विषयमा, मलाई देखेर तपाईं रिसाउनुभयो, मैले पनि नराम्रो मानें। लेखकले स्वयम् जानीनजानी आफूलाई महामानव मान्नुपर्छ । मलाई थाहा छ जुनबेला पन्नालाल पटेल कुनै अर्को सहरमा बस्थे । एकदिन उनी आफ्नो कामले अहमदाबाद आए । मेरो कान्छो भाइको साथीको घरमा बसे । मेरो भाइ उनलाई भेट्न गयो । ‘मलेला जीव’ र ‘मानवीनी सवाई’ पुस्तक पढ्न हामी भुतुक्कै हुन्थ्यौं । यस्ता कलमका धनीलाई आँखाले देख्ने सौभाग्य पाए मज्जा आउँथ्यो । तर यो सौभाग्य मेरो बदला भाइले पायो । उनलाई भेटेर नफर्किएसम्म म ननिदाई भाइलाई पर्खिरहें। राती निकै अबेर फर्कियो । ऊ घरभित्र पस्नुअगाडि नै मैले प्रश्न गरें-

पन्नालालसँग भेट भो ?
अँ भेट भयो ।
कस्तो लाग्यो ?
एकदम राम्रो …। खुसीसाथ उसले भन्यो ।

हेर्नुमात्र भएन, उनले “कस्तो छौ ? भनेर सोधे पनि ।

कान्छो भाइको कुरा सुनेर लाग्यो, काम भयो। मैले पहिलोपटक यही पन्नालाललाई हाम्रो अफिसमा पितानीसँग चुरोट तान्दै गरेको देख्दा म खिन्न र सत्ध भएको थिएँ । यही नै हो पन्नालाल ? ऊ सिधासाधा मान्छेजस्तै चुरोटको धुवाँ गोलाकार बनाउँदै हावामा छाड्‌दै थियो । सर्जकलाई सिधासाधा मान्छे भन्न मन मानिरहेको थिएन ।

पछि मेरा प्रिय लेखक, कविहरू देखेर उनीहरूसँग भेट्दा मेरा धेरै भ्रमहरू चुरचुर भए । केही दुःख पनि लाग्यो । अर्को सहरमा मेरो चिरपरिचित एक कवि थिए । उनी सपत्नी हाम्रो सहरमा आउँदै थिए । म उनलाई लिन स्टेसन गएँ । ट्रेन स्टेसनमा रोकिनु केही अगाडि नै कवि महोदय ओर्लिए । हामी उनको सामान उठाउन लाग्यौं । यत्तिकैमा उनवी श्रीमती आएर-“तपाईंहरू कस्तो मान्छेको सम्मान गर्दै हुनुहुन्छ ?” भन्दै आफ्नो श्रीमान्‌लाई छाता दिँदै- “ल यो बिर्सेर आउनुभएछ, फेरि मलाई केले पिट्नुहुन्छ ?” भनिन् । यस्तो दृश्य देखेर हामी सङ्कोचमा पन्यौँ ।

भाइ । आज त केही विचित्र कवि लेखकका बारेमा कुरा गर्नु छ । एउटा अर्का कवि थिए, जसलाई पूरा भ्रम थियो कि कसैले उनको कविता चोरेर आफ्नो नाममा छपाई अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्ला । त्यसैले उनी कविता लेख्दै एउटा पोत्रोयोत्रो बाकसमा राख्दै गर्थे । पछि उनलाई यस्तो लाग्न थाल्यो कि उनको काव्य प्रतिभाको ईर्ष्या गरेर कसैले उनको हत्या गर्ला । त्यसैले उनी हरेक मान्छेलाई श‌ङ्काको दृष्टिले हेर्थे । एकदिन उनीसँग मिर्जापुर रोडमा भेट भयो । उनको श‌ङ्कालु बानी पहिला मलाई थाहा थिएन । त्यसैले मैले चिया पिउन प्रस्ताव राखें । मलाई केहीबेर हेरेपछि उनले भने- “तँ के सम्झन्छस्, के म मर्न डराउँछु ? हिँड् । तैले जे पिऊँ भन्छस् त्यही पिइदिन्छु ।” उसले नजिकैको एउटा होटलमा लग्यो । जाडोको दिन थियो, त्यसैले चिया पसलेले टाढैबाट बाबरीको पात देखाएर सोध्यो- “हाल्दिऊँ ?”

मैले “हुन्छ” भन्नुभन्दा अगाडि नै कविश्रीले रातोरातो आँखा पार्दै मसँग सोधे- ‘साँचो
भन्, तैंले चियामा के हाल्न भनेको ?”
“बाबरी” मैले उत्तर दिएँ ।
“मिस्टर विनोद, कसलाई उल्लु बनाउँछस् ?” भन्दै दाह्रा किटेर मलाई आँखा तर्दै भने-‘मलाई थाहा छ, तैले आँखाको इसाराबाट चियामा केही हाल्नको लागि भन्या छस् ।”

मैले उनलाई सम्झाउँदै भनें “चिसो छ, त्यसैले बाबरीको पात मिसाउनको लागि भनेको ।”

“तँ यो कुरा नसम्झी कि म महामूर्ख हूँ। मलाई मार्ने योजना छ तेरो…?”

यो सुनेर म डराएँ । आफूलाई सम्हालेर मैले भनें- “यदि त्यस्तो लाग्छ भने तपाईं चिया नपिउनुहोस् अरू कुनै चिज पिउनुहोस् ।”

“हो अवश्य पिउँछु, कसैको बाबुको डर लाग्दैन मलाई ।”

भन्नुहोस् के पिउनुहुन्छ ?” उनलाई चुनौती दिँदै मैले सोधें ।

उनले पूर्ण विश्वासका साथ भने- “म सोडा पिउँछ । मैले वेटरलाई सोडा ल्याउन आदेश दिएँ । सोडाको बोत्तलसँगै बेटरले नुनको सिसी पनि राखेर गयो । कविजी ममाथि फेरि खन्निए- ‘तैले मलाई मार्न कति षड्यन्त्र रचेको ? उनले सोडा पनि पिएनन् र उल्टै मलाई पुलिसलाई समात्न लगाउने धम्की दिएर हिँडे ।

यस्ता असङ्ख्य मामला साहित्यिक संसारमा देखिन्छ । ‘वार एण्ड पिस’का रचनाकार लियो टोलस्टाय निश्चितरूपमा चरा जसरी उड्न सक्छु भन्ने मान्दथे । एकपटक उनी ८० फिट अग्लो घरबाट उड्नको लागि हामफाले । तै बगैंचामा फूलको रासमाथि परेर उनी बाँचे । पछि उनले ‘यस्तो के सोचें ?’ भन्ने शीर्षकमा एउटा किताब लेखे । कवि वाइरनलाई निद्रामा भयङ्कर दुःखदायी सपनाले सताउँथ्यो र उनी हरेक रात दुवै हातमा बन्दुक राखेर सुत्ने गर्छ । त्यसकारण उनका साथीहरू राती अबेर भेट्न जाँदैनथे । यसै प्रकारले फ्रान्सका महाकवि ‘फ्रान्सवा’ चार सौ बीसी र चोरीचकारीबाट आफ्नो जीवन गुजार्थे । एकपटक हत्याको मामलामा उनी समातिए । यसपछि के भयो उनी बाँचे कि मरे यसको कुनै खबर छैन ।

भनाइको मतलब केवल यति हो भाइ, कुनै पनि कवि पूर्णकालीन कवि हुँदैनन् । कविता पाठ गर्ने समयमा मात्र ऊ पूरा कवि हुन्छ। बाँकी समय त ऊ साधारण मानिस नै हुन्छ । कवि माधव रामानुज पसलमा गहुँ बेच्थे । रमेश पोरख रिसले कसैको पनि कठालो समात्न पुग्थे । यस्तै गरी उमाशङ्कर चारचार, आठआठ आनाको लागि रिक्सावालासँग किचकिच गर्ने समयमा उनी बिर्सन्चे- म कवि हूँ। त्यसरी नै हामीले पनि बिर्सनुपर्छ ।

‘लेडी चटर्लिज लभर’ का लेखक डि एच लरेन्स शरीरका सारा कपडा खोलेर फ्याँकिदिन्थे अर्थात् भगवान्‌ले पृथ्वीमा पठाएको सुरुको रूपमा रुखमा चढेर मज्जासँग सुत्थे । तर यो कुरा किन विचित्र लाग्नुपर्यो ? मोपासालाई कहिलेकाहीँ कोठामा एक्लै छु मैं लाग्यो र डरले उनी पसिनापसिना हुन्थे ।

पाठकका रौं ठाडो पारिदिने जासुसी कथाकी लेखिका ‘आगाया क्रिस्टी’ माउसुलीदेखि डराएर भाग्थिन् । जुन कोठामा माउसुली हुन्थ्यो, उनी त्यहाँ बस्न सक्तिनथिन् । यी सबै मानव सुलभ दुर्बलता हुन् । आम मान्छेमा जुन ग्रन्थि हुन्छ त्यो लेखकमा पनि हुन्छ । कवि ‘रिल्के’ का बारेमा भनिन्छ- उनी यो सोचेर पूरै रात टेलिफोन सेटसँगै बसिरहे कि उनको नाममा नोबल पुरस्कार घोषणा हुँदै छ । रातभर चिन्तामा रहेपछि बिहान ६ बजे उनलाई फोनबाट खबर आयो नोबेल पुरस्कार त कुनै अरू कविले पो पाए। यो सुनेर उनले रिसाएर रिसिभर उठाई भुइँमा पछारेर दुई टुक्रा पारिदिए ।

सङ्क्षिप्तमा यस्तोमा त यस्तै हुन्छ मित्र । आशा गर्छु तपाईं सकुशल हुनुहोला ।

-सप्रेम
विनोद भट्ट

०००
भाेलारामकाे आत्मा (२०६६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x