साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शरद प्रधान दाइलाई…

कसरी हुन्छ लबी, जदौ हजूरी, सके खुट्टै समातेर पनि पहुँचको घरेट तयार पार्छन्...बस् उही भोलिदेखि प्रतिष्ठित, सक्रिय, प्रतिभाशाली, महान् साहित्यकार भएर छाती फुलाई हिँड़्नेहरू पनि यहाँ कति छन् कति।

Nepal Telecom ad

नगिता लेप्चा राई :

फेसबुक वालमा लेखिएका कुराहरू प्रायः जति सबै नै पढ़्ने गर्छु। कति कुराहरू बाहियात भए पनि कति कुरा चाहिँ मनमा लाग्ने मात्र होइन मनमै लाग्ने गर्छ। गत अप्रेल २७ अप्रेलमा प्रतिष्ठित पत्रकार, साहित्यकार शरद प्रधान दाइको फेसबुक वालमा लेखिएको निम्न कुराले मलाई निकै घतमा गयो। शरद दाइले आफ्नो वालमा पोष्ट गरेका कुरा पहिले हेरुँ न त…
”नेपालमा साहित्यकार हुन प्रमुख आवश्यकता:
१. पैसा
२. पैसा
३. पैसा
४. झुण्ड
५. नेटवर्क
६. प्रतिभा
७. पद
८.पहुँच

नेपाल बाहिर भारततिरको अवस्था कस्तो छ थाहा छैन….. ” (शरद प्रधान)।

उपरोक्त बुँदाहरूमा नेपालमा साहित्यकार हुनलाई आठ कुराहरूको आवश्यकता रहेको कुरा सार्वजनिक गर्दै भारततिरको अवस्था कस्तो छ भनी सो विषयमा थाहा छैन भन्नुभएको रहेछ।

खै ! के भन्नु दाइ हाम्रो यतातिरको अवस्था। भनुँ भने आफ्नो मान्छे नभनुँ भने गाँड़ु मान्छे भनिन्छ नि त्यस्तै नै छ यहाँको हाल हकिकत। नेपालमा साहित्यकार हुने फर्मुलामध्ये हजूरले सर्वप्रथाम पैसाको उल्लेख गर्नुभएको छ। पहिलो मात्र होइन दोस्रो तेस्रोमा उही पैसा पैसा पैसालाई नै प्राथमिकता दिनुभएको रहेछ। तपाईको कुरा हण्ड्रेड पर्सेण्ट करेक्ट छ। भनिन्छ नि मनि इज हनी नो मनी इज रन्थनी। यहाँ पैसा हुनुपऱ्यो साहित्यकार मात्र होइन कुनै पनि लोकार्पण समारोहमा प्रमुख अतिथिको आसन त उसैलाई ठ्याक्कै। पैसाकै बलमा हामो यता प्रतिभाशाली साहित्यकार भइहाल्छ। चाहे उसको लेख्ने दम होस् कि नहोस्। कुनै पत्र-पत्रिकातिर पैसावाल साहित्यकारको रचनालाई प्राथमिकता दिने दस्तूर छ यहाँ।

यहाँको चौथो बुँदा…झुण्ड। झुण्डलाई लबी भन्दा असल होला कि! हाम्रो यतातिर लबीकै बलमा प्रतिष्ठित साहित्यकार हुने चोरबाटो प्रशस्तै पाइन्छ। कुनै कार्यक्रममा अतिथिको निम्ति निम्तो, कसलाई सम्मान गर्नुपर्ने हो, कसलाई पुरस्कार दिनु पर्ने हो ती सबै लबीले ठिक पार्छ। यसकारण पुरस्कारयोग्य तथा सम्मान योग्यहरू चिचिलामा झर्नुपर्छ। त्यति मात्र कहाँ हो र शरद दाइ, यहाँ लबी गर्नेले अन्य सोझा सिधा साहित्यकारलाई उखुले पेलेको झै पेल्या छन् कि पेल्या छन्। ठूला ठूला कार्यक्रम, सरकारी कार्यक्रममा लबीकै भरमा उनलाई निम्त्याइऩ्छ। लबी नगर्नेहरू बिजुलीको खाँबोजस्तो एकै ठाउँमा।

नेटवर्कको कुरा त के भनुँ ? जसको नेटवर्क तगड़ा छ उसैको जय जय छ यहाँ। नेटवर्ककै भरमा कति प्रतिभाशाली भइसकेका छन्। कति किताबै नपढ़ी समालोचक भइसकेका छन्। त्यसभन्दा पनि बढ़ी यो नेटवर्कको यस्तो ताकत छ…घर बसी नै डाक्टरेट डिग्री हासिल गर्ने पनि छन् हाम्रोतिर। सबजेक्ट गाइडलाई यताबाट किसिम कोसेली पुऱ्याऊ….यता आयो भने राजकीय शानमा परिवार सबैलाई आफ्नै खर्चमा घुमाऊ….ज्याकेट, कोट, शुट उपहारस्वरुप देऊ…बस काम फत्ते। र जसको नेटवर्क तगड़ा छ उसको दसैवाट औँली घिउमा।

प्रतिभा।

प्रतिभा भन्नुहुन्छ? पैसा लबी र नेटवर्क तगड़ा भए प्रतिभा आफै भरमार हुन्छ यहाँ। उपरोक्त तीनैवटा बुँदा पकड़मा हुन सके शून्य प्रतिभाको पछिल्तिर शून्य बेस्मारी थपिँदै जाँदोछ। कुनै पनि सङ्ख्या ९ को पछिल्तिर क्रमश जति मन लाग्छ उति शून्य (०) थप्दै जानुहोस् त…जस्तो ९ सङ्ख्या लिनुहोस्…त्यसमा शून्य थप्दै जानोस्….९००००० । यहाँ ९ को पछिल्तिर थपिएका शून्यलाई यथाक्रमले पैसा, लबी (तपाईको भाषाणा झुण्ड), नेटवर्क, पद र पहुँच।

हाम्रो यतातिर साहित्य क्षेत्रमा जसको पद ठूलो उनलाई साहित्यकारको पदले कदर गर्ने घिनलाग्दो चलन छ। अरु कुरा केही नभनेर, एउटा घटना यहाँ राखेँ। लोकार्पण समारोहमा विषयगत पुस्तकका ज्ञाता, अध्ययनशील साहित्यकारलाई इग्नोर गरी पदले ठूला भएका व्यक्तिहरूलाई लोकार्पणको निम्त मञ्चमा उभ्याउने घिनलाग्दो दस्तुर छ यहाँ । अरे…जसले आजको दिनसम्म एउटै पुस्तक किनेका छैनन्, जसले प्रतिष्ठित साहित्यकारहरूका नामै सुनेका छैनन्…त्यस्तालाई पुस्तक लोकार्पण गराउने चलन पनि देखिन्छ यहाँ।

पहुँचको कुरै नगरे हुन्छ। तातो तातो प्रतिष्ठित सक्रिय साहित्यकार हुनलाई नै आफ्नो पहुँचको घरेट खन्न मरिहत्ते गर्छन्। कसरी हुन्छ लबी, जदौ हजूरी, सके खुट्टै समातेर पनि पहुँचको घरेट तयार पार्छन्…बस् उही भोलिदेखि प्रतिष्ठित, सक्रिय, प्रतिभाशाली, महान् साहित्यकार भएर छाती फुलाई हिँड़्नेहरू पनि यहाँ कति छन् कति।

आदरणीय दाइ तपाईका उपरोक्त बुँदाहरूको पङ्क्तिमा म एउटा बुँदा थप्न चाहन्छु। रिसानी माफ होस्। त्यो बुँदा हो मिलिभगत। मान्नुहोस्, मेरो कुनै एउटा संस्थासित सम्बन्ध छ। सात-आठजना साहित्यकारको झुण्ड बनाई मेरो लबी चल्छ त्यहाँ। मान्नुहोस्, हाम्रो संस्थाले साहित्यिक पुरस्कार प्रदान गर्ने भयो। मेरो लबी झुण्ड, पहुँच लामै भएकोले मलाई मनपर्ने वा मलाई मनपर्ने साहित्यकार लबी साथीको नाम पुरस्कारको निम्ति प्रस्ताव राखेपछि त्यो प्रस्ताव सर्वसम्मतिले स्वीकृत हुन्छ नै। किनभने मेरो लबी पहुँच नेटवर्क कड़ा छ। अनि स्थानीय साहित्यकारहरूलाई बयकट गरी टाढ़ा टाढ़ाका साहित्य्कारको नाम पुरस्कारको निम्ति चयन गर्छु। त्यसको कारण के हो भन्नुहोस् त। केही पनि होइन, मान्नुहोस् मैले मुम्बईको मेरा लबी साहित्यकारलाई पुरस्कार घोषणा गरेँ भने उनले पनि उनको संस्थाद्वारा मलाई पुरस्कारको घोषणा गर्छ। बस यो केही होइन गिभ एण्ट टेक। तिमीलाई म दिलाइदिन्छु…तिमी मलाई दिलाउनु। बस्…ओके…डन….डन…। मिलिभगत कति सजिलो हई शरद दाइ।

सुन्नुँ न शरद दाइ, मैले पनि यता एउटा साहित्यिक संस्था खोल्नलाई लबी गरिरहेछु। साहित्यिक पुरस्कार प्रदान गर्ने एकजना स्पोन्सरलाई पनि झोलामा हालिसकेकी छु। कुरा मिल्यो भने, मिल्यो भने किन भन्नु…मिल्छ नै….पुरस्कार प्रदान गर्ने तिथि मिति ठिक भएपछि प्रथमै हजूरको नाम पुरस्कारको निम्ति प्रस्ताव राख्ने विचार लिएको छु। मेरो लबीले मेरो कुरा काट्ने होइन। तर दाइ..एउटा शर्तमा। तपाईको नाम स्वीकृत भएपछि हजूरले पनि आफ्नो झुण्ड, लबी प्रयोग गरी मेरो नाम पुरस्कारको निम्ति चयन गर्नुभए मात्रै है…. हामी पनि लबी गरुँ न दाइ। हामी पनि नेटवर्क फैलाउँ न…हुन्न र।
मिलिभगत नै सही।

०००
खोलाचन्द फाप्री, सिलगढ़ी (भारत)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Sarad Pradhan
Sarad Pradhan
1 year ago

Sarad

Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
1
0
Would love your thoughts, please comment.x
()
x