साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैठग

अब बडाऋषि र ऋषिहरु यहाँ हामेरको बैठग सुरु हुँदैछ । नारद सन्तति तपाईँहरुले हामेरको सोजो मात्रै गर्नु बाङ्गो गरेमा सोज्याउँनु पर्ला नि । ऋषिहरु  : पालि पररर ताली ।

Nepal Telecom ad

हेम अधिकारी :

ऐलान थियो बैठग बस्ने । “सबै समयमै कम्मर कसेर, मुटु दरो र बोली खरो पारेर तेतीबजे खुरुक्क आउनू ।”
सबैका कानेगुजी फततत खसेकै थिए । भित्रैसम्म उर्दी पुग्यो ।

सबै तोकेका समयभन्दा अलिअलि छिटो आए । आखिर युरोपतिरका चिल्ला राम्रा गाडी न परे हररर ल्याइहाले । चिटिक्क परेका झिँगा बस्ता पुर्लुक्कै लड्ने लुगा धडेका, जतिसुकै बेला जुत्तामै ऐना हेर्नमिल्ने जुत्ताले सजेका र अनुहारमा के के को तिर्खाले हुरुक्कै भएका झल्काउने महानुभावको बैठग जम्ने नै भयो भनेर लिखुरे र तिखुरे पनि चाउरी परेका गाला र मैला दाँत देखाउँदै काखीमा हात च्यापेर सपना देख्न थाले ।

सबै सबै ऋषि,ऋषिनी आ–आफ्ना तोकिएका कुर्सीमा बसेर मुखामुख गरेर मस्कामस्की गरे । मस्कामस्की पनि झस्काझस्की हुने नै थियो । अनि मुबाइल झिकेर हेर्न थाले । घाँटी फतक्कै गल्ने बेला भएपछि छाती फुलाएर हात हल्लाउँदै मुस्कानसाथ महर्षि उपस्थित भए । अरु बडाऋषिहरु पनि गड्गडाहट गर्दै भित्रिए ।

कसको बैठग भनेर नारदकुल पनि बिलखबन्दै थिए बल्ल थाहा पाए ऋषिमुनिको बैठग । अनि क्यामेरा मुबाइल तेर्स्याउँदै तम्तयार भए । कसका फुटा कसरी मिलाउने र कसका भनाइ कसरी सोज्याउने कि बङ्ग्याउने भनेर जिब्रो रसाउँदै, तनमन बसाउँदै तयार भए ।

महर्षि : अब बडाऋषि र ऋषिहरु यहाँ हामेरको बैठग सुरु हुँदैछ । नारद सन्तति तपाईँहरुले हामेरको सोजो मात्रै गर्नु बाङ्गो गरेमा सोज्याउँनु पर्ला नि ।
ऋषिहरु  : पालि पररर ताली ।

महर्षि : अब यहाँ मैले भनेको मान्ने निर्लय गर्नु पर्च नत्र नपर्ने ठाउँमा पर्नुपर्च ।
परररररररररर ।

एक बडाऋषि : मेरो नि ठाउँ हुन पर्च । अस्तिदेखुन् मजैले सघाको छु । मेरा चेलाचपेटाले जे गरे नि कार्बाईमा चैँ पर्नु हुन्न । भाग पनि मिलाउनु पर्च । नत्र……
पररररररर (केहीले)

अर्का बडाऋषि : मेरा भक्कु बिरोधीका धक्कु ठेगान लाउनु पर्च नत्र म फेरि के के गर्चु भन्ने कुरा बुझिहाल्नु पर्च ।
परररररर (केहीले)

केही ऋषिहरु : (उठेर जम्लाहात गर्दै) हुजुर हाम्रा नि केही कुरा छन् । भन्न पाम् ।

महर्षि : अब टाइम अफ, कामकुरो साफ, उसो गरे हुँदैन माफ, यसो गरे सयखत राफसाफ ।

बैठग खतम उता मिल्के रेष्टुरेन्टमा गएर इच्छा हजम । चाहिएको बेला फेरि बैठग बोलाम् ।
लक्ष्मीदेव्यै नमः

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x