साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मण – रेखा

पुरातन सोचको घेराबाट जब उम्कन खोज्दै थिएँ। सामाजिक मर्यादापालकहरूले मलाई टीका- माला लगाएर दोसल्ला ओढाएर, गुण सुनाएर त्यस निश्चित घेराको बनाइदिएको छ प्रधान नाइके ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

हो मैले नै रुचाएर- मैले नै
आफ्नो चारैतिर खिंचेको
“लक्ष्मण-रेखा”ले
बाँधेको छ मलाई,
एक निश्चित घेरा भित्र।

कस्तो दोधारमा फसेको चरित्र ,
कस्तो अचम्मको विचित्र?
कस्तो यो मेरो विशिष्ट गुण?
भएको छ निकृष्ट अवगुण।
मनमा उठ्छ प्रश्न,कहाँ के छ युक्ति?
यो घेराबाट पाउन मुक्ति ।

सबै हुन खोज्छन् स्वतन्त्र
तर अचम्भ म स्वतः आफूलाई
पारेको छु परतन्त्र।
कहिले भनेर धर्म संस्कृति,
कहिले ठानेर समर्पणको स्वीकृति।
आफ्नै क्षुद्र प्रवृतिको घेराभित्र
सीमित हुन पुगेको छु म।

यो मेरो बाध्यताको
पुरातन सोचको घेराबाट
जब उम्कन खोज्दै थिएँ।
सामाजिक मर्यादापालकहरूले
मलाई टीका- माला लगाएर
दोसल्ला ओढाएर, गुण सुनाएर
त्यस निश्चित घेराको
बनाइदिएको छ प्रधान नाइके ।

अब म लाज पचाएर, मख्ख परेर
आफ्नै सिर्जित घेरामा जोतिएर
आँखामा पट्टि बाँधिएको
-तेल पेल्ने कोलको गोरु भएर…
घुम्दैछु गोल-गोल-
अर्थात सबै भद्रगोल- धत्….।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x